रामको होइन अब हनुमानको कद चाहिँ घट्छ !

त्रेता युगका मर्यादा पुरुषोत्तम श्री रामचन्द्रलाई गत २०७ औं भानु जयन्तीका अवसर पारेर प्राधनमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा अतिथिका रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका भाषणमा एकाएक विवादमा ल्याउने काम गरे । उनले ‘राम भारतका नभएर पर्सा जिल्लास्थित ठोरीमा जन्मेका व्यक्ति हुन् र उनको जन्म भनिएको स्थान अयोध्या चितवनमा रहेको अयोध्यापुरी हो’ भन्ने मौखिक दलिल दिएका छन् । जसका पक्ष विपक्षमा यतिखेर देशैभरि शेरगुल खिलेको छ ।
हरेक महिना वा पन्ध्र दिनमा विवादास्पद भाषण गरेर राष्ट्रिय राजनीतिको माहोललाई नै तरङ्गित पार्ने ओलीले यसअघि कोरोना भाइरसका बारेमा दिएका अभिव्यक्तिहरू पनि विवादमा आएका थिए ।
कोरोना नियन्त्रणका लागि सातवटै प्रदेशका मुख्यमन्त्रीहरूलाई भिडिओमार्फत् दिएको निर्देशनमा उनले ‘कोरोना एक प्रकारको बोसीय र फ्याटीय तत्व भएको निर्जीव वस्तु रहेको र त्यसले हाम्रो शरीरमा प्रवेश गरिसकेपछि मात्र हानी गर्ने’ भनेर अवैज्ञानिक कुरा भनेपछि एकाएक चिकित्सा क्षेत्रका जानकार र विज्ञहरूको आलोचनाका शिकार भएका थिए ।


त्यसैगरी नयाँ बजेटका सन्दर्भमा विपक्षी दलका सांसदहरूबाट उठाइएका प्रश्नहरूका सिलसिलामा दिएको राष्ट्रिय सभाको एक प्रतिउत्तर भाषणमा पनि ‘नेपालमा कोरोनाले ३ जना (त्यति बेलासम्म) मात्र मान्छे मरेका, कोरोनाले मरेका भनिएका मानिसहरू अन्य रोगका कारणले मरेका हुन् । नेपालीहरूमा इम्युनिटी पावर हाई भएका कारण कोरोना लाग्न नसक्ने, लागिहाले पनि त्यसलाई बेसार पानी खाएर र दिनको दुई तीनपटक हाच्छ्यूँ गरेर निको पार्न सकिने’ भन्ने अवैज्ञानिक, मनगढन्ते र कपोलकल्पित अभिव्यक्ति दिएका थिए । सो भाषणपछि पनि उनी सामाजिक सञ्जाल र पत्रपत्रिकाहरूका हेडिङ्मा निकै लामो समय छाइरहे ।


कुरो यत्तिमै सिद्धिएन । फेरि सम्माननीय प्रमले भानु जयन्तीका दिन विवादास्पद अभिव्यक्तिको शृङ्खलालाई अघि बढाउन फायर नै खोले । संघीय समाजवादी पार्टीका नेता तथा लेखक डम्बर खतिवडा प्रमको यस प्रकारको अभिव्यक्ति शृङ्खलालाई ‘विशेष प्रकारको मनोवैज्ञानिक रोग’ को संज्ञा दिन्छन् । उनी अघि भन्छन् ‘मैले जे बोले पनि हुन्छ भन्ने एक प्रकारको अहम्ले प्रममा घर गरेको छ । यस प्रकारको मनोवैज्ञानिक अहम्लाई ‘डेमागग’ पनि भन्ने गरिन्छ’ उनी अघि भन्छन् ।
खासमा प्रधानमन्त्रीले अहिले गर्न खोजेका कुराको भित्री अन्तर्य चाहिँ अलि बेग्लै छ । उनी आफ्ना सल्लाहकारहरूको कार्यशैली, शासन सञ्चालनको रवैया, नेकपा भित्रको शक्ति संघर्षको विवाद र एमसीसी सम्झौता लगायत बिआरआई केसमा पार्टीभित्र नराम्ररी आलोचित भएका छन् । उनलाई सत्तारोहणको शुरूदेखि नै काँग्रेसको निरन्तर प्रहार रहिआएको छ ।


नागरिक समाज र पत्रपत्रिकाहरूले उनले भ्रष्टाचारका सिलसिलामा भन्ने गरेका ‘शून्य सहनशीलता’ र व्यवहारमा देखाएका अकर्मण्यताका साथै निर्मला पन्त हत्या काण्ड, तेत्तीस क्विन्टल सुनको मुद्दा, वाइड बडी काण्ड, ललिता निवासको जग्गा काण्ड, यति होल्डिङ्स, ओम्नी ग्रुपको स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार, सेक्युरिटी प्रेस खरिदमा भएको सञ्चार मन्त्री गोकलु बाँस्कोटाले गरेको ७० करोडको डिल र उनको राजीनामा प्रकरण तथा कोरोना भाइरसका बारेमा बेलाबेलामा बोलेका विवादास्पद र खर्च विवरणको ओठे जवाफमा जनताहरू निकै चिढिएका छन् ।

कहिलेकाहीँ त यस्तो लाग्छ कि यिनी आफ्नो सत्तालाई अकण्टकसँग लम्ब्याउनका लागि नै पनि ‘स्वनिर्मित राजनीतिक फण्डाहरू’ निर्माण गर्न माहिर मानिन्छन् ।


यी सबै कुराहरूबाट देश र जनताको ध्यानलाई मोड्नका लागि यिनी महिना पन्ध्र दिनमा भाषणका यस्ता उछालहरू ल्याइदिन्छन् जसको पुष्टि यिनको दायित्व भित्र पर्दैन । परिणामको ख्याल नराखी बोलिएका कुराहरूलाई प्रमाणित गर्नु पर्ने होमवर्क पनि यिनको काँधमा आउँदैन । देशमा रहेका बुद्धिजीवीहरू दुई कित्तामा विभाजित भएर एकापसमा सामाजिक सञ्जालदेखि लिएर पत्रपत्रिकाहरूमा शब्द युद्ध लड्न थालिहाल्छन् । कहिलेकाहीँ त यस्तो लाग्छ कि यिनी आफ्नो सत्तालाई अकण्टकसँग लम्ब्याउनका लागि नै पनि ‘स्वनिर्मित राजनीतिक फण्डाहरू’ निर्माण गर्न माहिर मानिन्छन् ।


उनले अर्का अध्यक्ष प्रचण्ड सँगको शीतयुद्धलाई मत्थर पार्नका लागि यस्ता फण्डाहरूको उद्भव गर्ने गर्छन् भन्ने कुरा राजनीतिक वृत्तमा समय समयमा आइरहन्छन् । खासमा यसको अन्तर्यमा अर्कै कुरा रहेको छ । अहिलेको विश्वमा जेजस्ता प्रकारका शासकहरूको नियन्त्रणमा शासन रहेको छ । ती शासकहरूलाई जनताले नै चुनेर सत्तामा पठाएका हुन् ।
मतपत्रबाट शासनमा पुगेपछि शासकहरूमा एकाएक अहम् र इगोको भावनाले घर गरे अहिलेको विश्वमा देखिएका केही शासकहरू चुनिदा प्रजातान्त्रिक विधि र पद्दतिबाट चुनिएका तर शासनको आसनमा पुगेपछि भने लगभग जनताको सेन्टिमेन्ट भन्दा विपरीत गएर शासन सञ्चालन गरेको देखिँदैछ । यो विश्वकै सिनेरियोमा देखिएको अवस्था हो । ट्रम्प, पुटिन, मोदी, सि जिन पिङ् र ओलीको भुगोल, राजनीतिक अवस्था र देशको आर्थिक अवस्था फरकफरक भए पनि शासनमा प्रस्तुत हुने ओज एकै प्रकारको रहेको देखियो । यो शैलीलाई जनताले मन पराएनन् ।


पुरानो शैली र पुराना नेताहरूको ट्रिटमेन्टबाट अबका नयाँ शैली, ढप र बान्कीका जनताहरू शासित हुन रुचाउँदैनन् भन्ने कुरा त नेपालमै सरकारले कोरोना परीक्षणमा देखाएको उदासिनता, विदेशबाट नेपाली जनतालाई स्वदेश ल्याउँदा हवाई भाडामा गरेको दलालगिरी, कोरोनाको हिसाबकिताब र राहतमा देखाएको अनुदारवादी शैलीप्रति नयाँ र युवापुस्ताको ‘इनफ इज इनफ’ आन्दोलनको तरिकाले नेपालका सबै पुराना पार्टीहरूले कि त सच्चिने कि त सक्किने दुईमध्ये एक थोक रोज्नु पर्ने दिन आउँदै गरेको छनक देखियो । जनतालाई अहिले कोरोना, सलह र बाढी पहिरोबाट मुक्ति चाहिएको छ न कि राम नेपाली हुन् या भारतीय भन्ने जवाफ ।

राहतमा देखाएको अनुदारवादी शैलीप्रति नयाँ र युवापुस्ताको ‘इनफ इज इनफ’ आन्दोलनको तरिकाले नेपालका सबै पुराना पार्टीहरूले कि त सच्चिने कि त सक्किने दुईमध्ये एक थोक रोज्नु पर्ने दिन आउँदै गरेको छनक देखियो । जनतालाई अहिले कोरोना, सलह र बाढी पहिरोबाट मुक्ति चाहिएको छ न कि राम नेपाली हुन् या भारतीय भन्ने जवाफ ।


‘चुच्चे नक्सा प्रकाशन पूर्व र संसदबाट नक्सालाई एक मतमा पारित गर्दाका अवस्थामा हाइहाई बनेका प्रम ओली एकाएक रामको राष्ट्रियतालाई लिएर बोलिएको बोलीमा भने चिप्लिएका छन् ।’ ओली विरोधी कित्ताका बुद्धिजीवीहरूको मत रहेको छ । अर्काथरी उनका समर्थकहरू भने ‘ओलीले नेपाली राष्ट्रियतालाई पक्रेर बेला बेलामा मोदीले गौतम बुद्ध भारतमा जन्मेका भनेर दिने गरेको विवादास्पद अभिव्यक्तिका लागि काउन्टर अटाक्क गरेकाले ठिक गरेका छन्’ भनेर भन्दैछन् । यी दुवैथरी भनाइहरू अतिवादी हुन् । राम नेपालमै जन्मेका भए किन यसअघि ओलीले भन्नुअघि नेपाली बुद्धिजीवीहरूले बोल्ने साहस नै गरेनन् त ? रामको बारेमा बोलेर कोही पनि बुद्धिजीवी धार्मिक महाभारत निम्त्याउन चाहदैनन् । तर ओलीलाई त्यसको मतलब छैन ।

उनी भारत विरोधी सेन्टीमेन्ट बटुल्नका लागि यस्तै खाले इस्सूहरु खोजीखोजी भारतलाई प्रहार गर्न चाहन्छन् ताकि नेपाली राजनीतिमा उनको छवि भारत विरोधी भनेर उँचो भैरहोस् । जसको फाइदा सके उनले लिउन नसके उनका गुटभित्रका नेता कार्यकर्ताहरूलाई होस् भन्ने चाहना हो । ‘अतः रामका बारेमा ओकलिएको विवादास्पद बोलीमा पनि ‘देखिएको छ केही र भएको छ केही’ भन्ने भनाइ आकर्षित हुन सक्छ ।’ – धार्मिक विषयवस्तुमा मिहीन अध्ययन गर्ने एकजना प्राध्यापक नाम उल्लेख नगर्ने सर्तमा बताउँछन् ।


राजनीति गर्नेहरूले जब धर्मलाई ठिनु बनाएर सामान्य जनताको सेन्टीमेन्टमा खेल्न खोज्छन् अनि तिनीहरूलाई अनपेक्षित रुपले फाइदा भएको देखिन्छ । विश्व र दक्षिण एसियाको राजनीतिमा त्यो देखिएको छ । भारतमै पनि बिजेपीको सरकार धर्म र धर्मका आडमा राजनीति गर्दै यहाँसम्म आएको हो । त्यही कुरालाई वर्तमान प्रम ओलीले कपी गरेर नेपाली राजनीतको पानी छाम्ने काम गरेका हुन् । आफ्नो कार्यकालको समय क्रमिक रुपले घर्किरहेको र आफूले गर्न नसकेका विकासका ठूला काम कुराहरूलाई छोप्ने कवचका रुपमा उनले यतिखेर ‘रामलाई धार्मिक बहसका हतकण्डा बनाए’ । नजाने भविष्यमा अझै सत्तामा रहिरहे भने कति विषयहरू नयाँ निकालेर पुनः विवादास्पद बनाउँदै जाने हुन् ? सन्देहका थुप्रै गुत्थीहरु आउनेक्रम जारी हुनेछन् ।

पार्टी राजनीति जोगाउने सिलसिलामा देशकै अस्तित्व कतै धरापमा नपरोस् ।’ यसपटक पनि परराष्ट्रलाई कम्ति माथापच्ची गर्नु परेन प्रमको बोली सच्याउनकै लागि ।


नयाँ विवादमा ‘नयाँनयाँ हनुमानहरू भने नराम्रोसँग झुक्किएका छन् । नत्र १२ लाख वर्ष अघिको र मिथक भैसकेको यस्तो पुरानो कुरामा बोल्दा राष्ट्रियताकै भाव झल्किने भए पनि देशका बुद्धिजीवी र थिङ्क टेङ्कहरूसँग सल्लाह लिन सकिन्थ्यो । यो यस्तो अवस्थामा आएको देखियो कि गत बजेट अधिवेशन ताकाको संसदमा उनलाई प्रश्न गर्ने सांसदहरूलाई दिएको ओठे जवाफजस्तै देखियो । सस्ता जवाफले तात्कालिक रुपमा जोक गरेर हास्य रस त देला तर दूरगामी असर पारेर देश र राष्ट्रियताकै बर्खिलाप ग¥यो भने त्यसको जिम्मेवारी कसले लिने ? यस्ता सन्दर्भमा प्रमलाई यस्ता कुरा बोल्न औपचारिक र अनौपचारिक रुपमा उक्साउने ‘तलबी सल्लाहकारहरूले’ बुझ्नु पर्छ कि पार्टी राजनीति जोगाउने सिलसिलामा देशकै अस्तित्व कतै धरापमा नपरोस् ।’ यसपटक पनि परराष्ट्रलाई कम्ति माथापच्ची गर्नु परेन प्रमको बोली सच्याउनकै लागि ।
सोच समझ गरेर कूटनीतिक र राजनीतिक अभिव्यक्ति प्रशारण गर्ने पद्दतिको विकास गरौं । नत्र देश भड्खालामा जाकिन बेर लाग्छैन । देश सबैको साझा हो कुनै एक अमुक पार्टी विशेषको बपौती होइन नि । कि कसो ?