रामेछापमा आजदेखि सार्वजनिक यातायात चले : भोलिदेखि देशभरीका यातायात चल्ने

साउन ०४, रामेछाप, जनता भ्वाइस सम्वादाता

रामेछाप । रामेछापमा अरनिको बस, टाटासुमो, माइक्रोबसलगाएतका सार्वजनिक यातायातले नियमित सेवा सुरु गरेका छन् । आइतबार साघुँटार-सालु-गोठगाउँबाट सदरमुकाम मन्थलीमा सरकारले जारी गरेको यात्रुबहक सवारीसाधन मापडण्ड अनुसार नै यात्रुलिएर बस मन्थली आएको छ । सरकारले सार्वजनिक यातायात संचालनमा अनुमती दिए यता विभिन्न माग राख्दै यातायात नचलाएका सार्वजनिक सवारीचालक धनिले राष्ट्र बैकले जारी गरेको मौद्रिक नीतिमा आफूहरुको माग धेरैजसो सम्बोधन गरेको भन्दै भोलिदेखि एक जिल्लाभित्र सवारी चलाउने बताइरहेका बेला रामेछापमा पनि आजदेखि १३ वटा बसले विभिन्न पालिकाहरुबाट यात्रु लिएर मन्थली आएको जिल्ला ट्राफिक प्रहरी रामेछापका ट्राफिक प्रमुख रामेश्वर पाण्डेले जनता भ्वाइसलाई जानकारी दिए । उनका अनुसार सरकारले सवारी चलाउन अनुमती दिए यतानै केही सवारी साधनले छिट्फुट् सेवा सुरु गरेका थिए । आइतबारदेखि भने १२ वटा बसले यात्रु लिएर आएको हो ।

बसमा आधा यात्रु मात्रै चढाएर ल्याएको उनले बताए । यात्रुहरुलाई पनि बस चढ्नुअघि स्यानिटाइजरले हात सफा गर्ने र मास्क अनिवार्य गरिएको छ । भने दुई सिटमा एक जना मात्रै राखिएको छ । यात्रुहरु पनि सचेत भएकाले यात्रमा सहज भएको उनको दाबी छ ।

रामेछापको सदरमुकाम मन्थलीबाट यसअघि दोलखा, ओखलढुङ्गा, सिन्धुली, सोलुखुम्बु, लगायत रामेछाप जिल्लाकै आठवटा स्थानीय तहहरुमा यातायात संचालन हुदै थियो ।फोटोसामाजिल संजालबाट साभार साघुँटार-सालु-गोठगाउँको बाटोमा बस