रामेछापेली नवगायक श्रेष्ठको पिरतिको गुन्द्री सार्वजनिक [भिडियोसहित]

साउन ०४

रामेछाप । रामेछापेली गायक विष्णु बिरही श्रेष्ठको पिरतिको गुन्द्री बोलको गीत सार्वजनिक भएको छ । रामेछापको खाँडादेवीका गायक श्रेष्ठको रचनामा दीकपराज बिश्वकर्माको संगीतमा गीत बजारमा आएको हो । बिहीबार कार्टुन क्रुज नामक यूट्युब च्यानलमा उक्त गीत रिलिज भएको हो । विरहीको शब्द र दिपकराज विश्वकर्माको संगीत रहेको उक्त गीतमा गायिका बिनी श्रेष्ठ र गायक डेभिड शंकरको युगल स्वर छ । उक्त गीत गायिका बिनी श्रेष्ठको डेब्यु गीत हो ।

युवा पुस्ताका मनको ढुक्कढुकी सरोज अधिकारी र आस्मा बिश्वकर्माको आकर्षक मियुजिक भिडियो र अडियोमा गीत सार्वजनिक भएको हो ।

माया प्रेमका कुरा र भावनाहरुलाई संगीतका शब्दहरुलाई गीतमा समेटीएको छ ।

भिडियो हेर्नुहोस्