सावधानी नअप्नाए कोरोना झनै खतरानक रुपमा फैलिन सक्छ- प्रवक्ता गौतम

साउन ०४, रामेछाप, जनता भ्वाइस संवादाता

काठमाडौं । सरकारले नेपालीहरु दैनिक कोेरोनाको उच्च जोखिममा परेको बताएको छ । आइतबारको नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले छिमेकी देशहरुमा दैनिक संक्रमिहरु थपिदै जानु, बिदेशबाट नेपालीको उद्धार जारी रहनु र मानिसहरुको भिडभाड बढ्नुले कोरोना उच्च जोखिममा परेको बताए । मानिसहरुले सरकारले जारी गरेको कोरोना रोकथामको सामन्य मापदण्ड पालना नगर्दा भोलीका दिनहरु झनै खतरनाक रहेको बताएको छ । आतबार गएको शनिबारको तुलनामा संक्रमितहुर दोब्बरले बढेका छन् । आज काठमाडौंमा तीन जना संक्रमितहरु थपिएका छन् ।

नेपालमा दैनिक संक्रमितहरु निको भैरहेको बेला सरकारले भने बाहिरी देश र देशभित्रै सावधानी नअपनाए कोरोना पनः फैलिने खतरा रहेको बताएको हो । हालसम्ममा नेपालमा ६६.२४ प्रतिशन मानिसहरु निकोभएका छन् । file Photo