तीन दिन भारी वर्षाको हुने : तराइमा डुवानको सम्भावना

साउन ०५, जनता भ्वाइस संवादाता

काठमाडौं । आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । अहिले धेरै ठाउँमा वर्षा भैरहेको मौसम विद गंगा नगरकोटीले जनाकारी दिइन् । उनका अनुसार सोमबार, मंगलबार र बुधबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा वर्षा हुने छ । त्यसपछि भने विस्तारै मौसम खुल्दै जाने छ ।

विशेष गरि वाग्मती, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली र सुदुरपश्चिम प्रदेशका धेरै स्थानमा वर्षा हुने छ । तराइका जिल्लाहरुमा अत्याधिक वर्षा हुने भएकाले डुवानको खतरा रहेको उनले बताइन् । देशै भरी भारी वर्षा हुने भएकाले लामो तथा छोटो दुरीका यात्रा गर्दा सावधानी अप्नाउन महाशाखाले अनुरोध गरेको छ ।file Photo