बाढी,पहिरोले उमाकुण्ड पूर्ण रुपमा प्रभावित : ठाउँ-ठाउँमा पहिरोको जोखिम, सडक र संचार अबरुद्ध

फाइल फोटो : पहिरो

साउन ०५ जनता भ्वाइस संवादाता

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका वर्षाका कारण पूर्ण रुपमा प्रभावित भएको छ । केही दिन देखि निरन्तर परि रहेको वर्षाका कारण गाउँपालिका पुर्ण रुपमा प्रभावित भएको छ । पालिकाका विभिन्न वडाहरुमा वर्षा संगै आएको बाढी र पहिरोको कारण धेरै बस्तिहरु पहिरोको उच्च जोखिममा परेका छन् ।

सडकहरु  अबरुद्ध भएका छन् । भने सरकारी तथा गैरसरकारी भवन तथा सांस्कृतिक सम्पदाहरुमा समेत बाढी पहिरोको कारण उच्च जोखिममा परेको पालिकाले आफ्नो आधिकारीक फेस्बुक पेज मार्फत जनाकारी दिएको छ ।

त्याहाँ संचारको पहुँच पनि टुटेको छ । त्यस्तै बाढी पहिरोबाट पालिकाको वडा नं १ गुम्देलको लिखु खोला किनाराको बस्तिहरु, वडा नं २ बाम्तिको रोशी, ठाडो क्षेत्रका बस्तीहरु वडा नं ७ गौशवाराको भुजिको ठिन्केपु, वडा नं ३ कुबुकाँस्थलिका केही बस्तिहरु र पालिकाको केन्द्र प्रितीका बस्तिहरु र गुप्तेस्वरको बस्तिहरु पहिरोको उच्च जोखिममा परेकाले सतर्कता अपनाइएको जानकारी दिएको छ । अबरुद्ध बाटो, सडक खुलाउने काम भैरहेको पालिकाले जनाएको छ ।