रामेछापमा एक वर्षमा सवारी दुर्घटनामा परि ३ बालबलिका सहित १२ को मृत्यु : ६३ घाइते

फाइल फोटो : दुर्घटना

साउन ०५, जनता भ्वाइस संवाददाता

रामेछाप जिल्लामा एक वर्षमा सवारी दुर्घटनामा परि १२ जनाको मृत्यु भएको छ । गएको आर्थिक वर्ष २०७६/७७ को असार मसान्तसम्ममा जिल्लाका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परि तीन जना बालबालिका सहित १२ जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका ट्रफिक प्रमुख रामेश्वार पाण्डेले जनता भ्वाइसलाई जनाकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा ७ जना २५ देखि ६० वर्षका पुरुष, ३ जना १९ वर्ष मुनिका बालिका र ३६, ४१ वर्षकी दुई महिला रहेका छन् ।

त्यस्तै वर्षभरि भएका सडक दुर्घटनामा परि ६३ जना घाइते भएका छन् त्यसमा २३ जना गम्भीर घाइते भएका छन् । उनीहरु निको भएका छन् । ४३ जना सामान्य घाइते भएका थिए ।

साँघुरो बाटो, यातायातको चाप, तिवृ गतिको सवारी यात्रा, मोटरसाइकलमा असुरक्षित यात्रा, गाडीमा ओभर लोड्, ट्याक्टरमा मानिसहरुको ओसार पसार, चालकको लापरवाही आदिले दैनिक सवारी दुर्घटना बढिरहेको छ ।

जिल्ला ट्राफिक प्रहरीले विभिन्न जनचेतना मुलक कार्यक्रमहरु गरे पनि मानिसले त्यसलाई गम्भिरता पूर्वाक नलिदा समस्या बढेको हो ।

यस्तै विभिन्न नियम उल्लङगन् गरेको आरोपमा जिल्लामा गत असार मसान्तसम्म ७ हजार २ सय ५० सवारी कारवाहीमा परेको छन् । भने कारवाहीबाट प्रहरीले ५२ लाख ५५ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।  

यसअघि समाचारको शिर्षक एक वर्षमा हुनु पर्नेमा अन्यथा भएकोमा सच्चाइएको छ ।