विश्वभर कोरोना भाइरस संकमितको संख्या एक करोड ४४ लाख नाघ्यो : ८१ लाख २३ हजारबढी निको भए

फोटो फाइल, कोरोना भाइरसको प्रतिकात्कम

साउन ०५,जनता भ्वाइस संवाददाता

काठमाडौं । विश्वभर कोरोना भाइरस संकमित हुनेको संख्या एक करोड ४४ लाख नाघेको छ। सोमबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर १ करोड ४४ लाख ४८ हजार ७ सय ५१ जना मानिस संक्रमित भएको तथ्यांकमा उल्लेख गरिएको छ ।

त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ६ लाख नाघेको छ। पछिल्लो तथ्यांक अनुसार ६ लाख ५ हजार १ सय १६ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।

त्यस्तै विश्वभर ८१ लाख २३ हजार ३ सय ५८ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।

नेपालमा १७ हजार ६ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ११ हजार ६ सय ९५ जना संक्रमणमुक्त भएका छन् भने ४० जनाको मृत्यु भएको छ।