कोरोनाका डेढसय संक्रमित थपिए,७ जिल्ला कोरोना भाइरस संक्रमणमुक्त

साउन ६, काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ८ सहित पछिल्लो २४ घण्टामा थप १ सय ५० संक्रमित थपिएको मंगलबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । उनले हालसम्म संक्रमित रहनेको संख्या १७ हजार ९ सय ९४ रहेको पनि जानकारी दिए । १२ हजार ४ सय ७७ ले कोरोना जितेसँगै हाल सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ७७ जना रहेको पनि उनले जानकारी दिए । यस्तै हालसम्म ७ जिल्ला कोरोना भाइरस संक्रमणमुक्त रहेको छ । जसमा भोजपुर पाँचथर, संखुवासभा धनकुटा, रसुवा, मनाङ र मुस्ताङ जिल्ला रहेका छन् ।