भदौ १ बाट हवाई उठान सुचारु हुने, उच्च सावधानीसाथ हवाई संचालन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

६ साउन, काठमाडौं ।
कोरोना भाइरस कोभिड १९ का कारण रोकिएको अवाई सेवा आगामी भदौ १ गते देखि हवाई उडान सुचारु हुने भएको छ ।
लामो समय देखि नियमित उडान बन्द हुँदा विदेश जाने र आउने यात्रुको सहजीकरणका लागि आन्तरिक तथा वाह्य उडान सुचारु गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक जागेश्वर गौमले जानकारी दिएका छन् । हवाई माध्यमबाट हुने व्यापारमा परेको असरका कारण पनि हवाई उडान सुरु गर्न लागिएको गौतमले नियमित कोरोना भाइरस राष्ट्रिय अपडेटमा बताएका छन् । साथै हवाई यात्राको दौरानमा सुरक्षाको उपायहरू तोकिएको मापदण्ड अनुसार सम्बन्धित उडान कम्पनीलाई मन्त्रालयले अनुरोध गरेको छ ।