विपिको स्मृतिमा वृक्षारोपण

६ साउन
रामेछाप । रामेछाप नगरपालिका वडा नं. ८ मा आज वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेसका संस्थापक बिश्वेश्वरप्रसाद कोइरालाको ३८ औँ स्मृति दिवसको अवसर पारेर वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । नेपाली कांग्रेस जिल्ला कार्य समितिको आयोजना तथा नेपाली कांग्रेस नगर कार्य समिति रामेछापको सह–आयोजनामा सो कार्यक्रममा भएको थियो ।

कार्यक्रमको विषयमा थप प्रष्ट पार्दै रामेछाप कांग्रेसका सभापति लवश्री न्यौपाने भन्छन्, ‘यो मूलूकमा प्रजातन्त्र स्थापनाका लागि र नेपालीहरुलाई रैतिबाट नागरिक बनाउनका लागि साथै नेपालमा समाजवाद भित्र्याउनकालागि उत्साहका साथ कार्यदिशा अवलम्बन गर्नुभएकोले उहाँको सम्झनास्वरुप वृक्षारोपण कार्यक्रमको आयोजना गरेका हौं । आफ्नो जीवन ब्यतित गर्नु भएकोले उहाँको सम्झनामा वृक्षारोपण कार्यक्रम गरेका हौँ ।


विश्वेश्वरको समान्य जीवनी
विश्वका महान व्यक्तिहरूको जीवन भोगाईलाई हे¥यो भने संघर्षमय नै देखिन्छ । विश्वेश्वर प्रसाद कोईरालको जीवन गाथालाई हेर्दा पनि हामीले संघर्षमय नै पाउँछौं । उहाँको जन्म नै शैल्यक्रियाबाट भएको थियो । वि.सं.१९७१सालको भाद्र महिनामा कृष्णप्रसाद कोइरालाकी कान्छी श्रीमती दिव्या कोइरालाबाट विश्वेश्वर प्रसाद कोइरालाको (शैल्यकृयाबाट) वनारसमा जन्म भयो ।


न्वारन्मा पण्डितले उनको नाम चुडामणी राखेका थिए । यो नाममा कालीदासलाई चित्त बुझेन र उनले बोलाउने नाम विश्वेश्वरप्रसाद कोइराला नामाकरण गरे । यही नाम संसार भरिनै प्रख्यात भयो । विश्वेश्वरको बाल्यकालको बसाई चन्द्रगञ्जमा भयो तर चन्द्रगञ्जको बसाइ पनि लामो हुन सकेन किन कि कृष्णप्रसाद कोइरालाले ढाक्रेको नाजुक अवस्था देखेर उनमा दया आयो ।


देशका जनताको अवस्था कस्तो छ भन्ने जानकारी चन्द्र शम्शेरलाई गराउन ढाक्रेका शरीरका जुम्म्रा भएका कपडाहरू आपूmले लिएर राम्रा कपडाहरू ढाक्रेलाई दिएर पठाए भने जुम्रेलुगाहरू चन्द्रशम्शेर कहाँ पार्सल बनाई पठाए । चन्द्र शम्शेरले यो पार्सल हेरे पछि उनी माथि कस्तो कार्वाही हुन्थ्यो होला कृष्णप्रसाद संकेत पाएर भारत लागि सकेका थिए । उनको सर्वश्व सरकारले हरण भयो । यस बखत कोइराला परिवार सर्बहारा हुनुप¥यो र विश्वेश्वर पनि ११ बर्षको उमेरमा परिवारको साथमा वनारसतिर लाग्नु प¥यो । बालक कालमा विश्वेश्वरको बसाई स्थिर रहन पाएन ।


उनी कहिले वनारस हुन्थ्ये भने कहिले कलकत्ता, कहिले वेतीया, आदि ठाउँमा उनको बाल्यजीवन चक्रमय भयो । खानपीनको पनि समस्या थियो । कहिले चना खाएर दिनरात व्यतित गर्नु पथ्र्यो । एउटा कष्टमय जीवनको यात्रामा रहेका वी.पी.को अध्यन पनि कष्टकर यात्रामा नै रह्यो । जब मानिसमा पेट भर्ने समस्याले सताउँछ । खानु बाहेक के नै रहन्छ र ? भनिन्छ उनको परिवार यति दयनाीय अवस्थामा गुज्रेको थियो कि उनी बिमारी भएर शरीर भरी घाउ खटिरा आउँदा ती घाऊ खटिरालाई काट्ने बेलामा वेहोस बनाउने दवाई क्लेरोफर्मसम्म किन्ने पैसा थिएन ।


विना दवाइ नै उनको अपरेशन गर्नु प¥यो । अपरेशन सफल भएन पुन उनी कलकत्ता जानु प¥यो । कलकत्तामा अपरेशन सफल भए पछि पुन वी.पी. वनारस फर्के । विश्वेश्वरले अध्ययनको वातावरण त्यति पाउन सकेनन् तर पनि उनी साहसी थिए । वनारसमा बस्दा दरिदको भारी बोक्न प¥यो र उनका बाबुले टेढीमा जग्गा किने पछि वी.पी. पनि टेढीमा आउनु प¥यो । आधा किशोर अवस्था वी.पी.को टेढीमा नै वित्यो । वी.पी. वलनारसमा पढ्न चहान्थै तर कृष्णप्रसाद कोइरालाले खर्च पु¥याउन नसक्ने अवस्था थियो ।

कोइराला परिवारको आर्थिक अवस्थालाई हेर्दा सुरुमा सम्पन्नशाली नै थिए जव उनको र चान्द्रशमशेरको बीचमा भएको कटुताले गर्दा उनी विदेशीन प¥यो त्यस अवस्थाबाट जवसम्म चन्द्रशमशेर जीवित रहे तवसम्म कोइराला परिवारको आर्थिक जीवन कष्टमय नै रह्यो । वेतियामा बस्दा सबैले पीठो धोलेर खोले खाएर पनि वाँच्न वाध्य थिए । भनिन्छ हरिहरको मृत्यु हुँदा कात्रो किन्ने पैसा समेत थिएन ।


पेट पाल्नको लागि पत्रिका बेच्नु पथ्र्यो । जव चन्द्र शम्शेरको मृत्यु भयो र भीम शम्शेर मन्त्री भए तब कहृष्णप्रसाद नेपाल फर्के । पुन उनी व्यपारमा लागे र आर्थिक अवस्था सुध्रदै गयो । जस्तो जस्तो विषम परिस्थिति परिवारले व्यहोर्नु प¥यो, त्यस्तै त्यस्तै अवस्थाको प्रभाव वी.पी.मा पर्नु स्वभाविक थियो । उनी बालक कालबाटै साहसी, मातापिताप्रति आदरभाव राख्ने आज्ञाकारी बालक थिए ।