साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा

६ साउन, काठमाडौं ।

यातायात व्यवसायीले विभिन्न माग राख्दै यातायात सञ्चालन गर्न आनाकानी गरे पनि साउन ८ गते देखि यातायात सञ्चालन गर्ने भएका छन् ।  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त पत्रकार सम्मेलन गरी साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

सरकारले असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र अन्य ठाउँमा  सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो ।

मंगलबार गरेको पत्रकार सम्मेलनमा महासंघले आफू आवद्ध सबै यातायात कम्पनी, प्रालि, व्यवसायी तथा स्वरोजगार मजदुरलाई यातायात सञ्चालन गर्न आह्वान गरेको बताएको छ ।