साउन ६ । जनता भ्वाइससंवाददाता, रामेछाप
रामेछाप जिल्लाका २ जना व्यक्तिहरुमा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले जानकारी दिए । आज स्वास्थ्य मन्त्रालयले गरेको कोरोना भाइरस ब्रिफिङ्को क्रममा यस्तो बताइएको हो । धुलिखेल अस्पतालको कोरोना प्रयोगशालामा भएको स्वाव परिक्षणको यस्तो रिपोर्ट सार्वजनिक भएको हो । संक्रमित रामेछाप जिल्लाका कुन स्थानीय तहका नागरिक हुन् भनि स्वास्थ्य मन्त्रालय तथा संवद्ध धुलिखेल अस्पतालले जानकारी दिएको छैन ।