जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

साउन ७  ओखलढुंगा ।
     चार वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको अभियोगमा सुनकोशी गाउँपालिका-९ कटुन्जे बस्ने १३ वर्षीय बालकलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई गत असार ३१ गते घरमा कोही नभएको अवस्थामा कार्कीले घरभित्र लगेर फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।