पहिरोले घर पुरिदा स्याङजामा एक जनाको मृत्यु

७ साउन, रामेछाप ।
विहान पहिरोले घर पुरिदा स्याङजामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। जिल्लाको गल्याङ नगरपालिका वडा नम्बर १० मा आमा छोरी बस्दै आएको घर पहिरोले पुरिँदा आमा ५२ बर्षिया माया सारुको मृत्यु भएको र छोरी नारायणी घाईते भएको जिल्ला प्रहरी कार्यलयका डीएसपी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए। घाईते भएकी छोरीको जिल्लामै उपचार भइरहेको अघिकारीको भनाइ छ।