मादक पदार्थ सेवन जाँच आजै देखि नियमित रुपमा थालिने

७ साउन, काठमाडौं ।

कोरोना महामारीका कारण रोकिएको मादक पदार्थ सेवन जाँच आजबाट नियमित रुपमा थालिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले बताएका छन् ।

ढकालका अनुसार ‘ मेसिनको प्रयोगलाई भने निरुत्साहित गरिनेछ।’ बरु मेडिकलमा लगेर समेत जाँच गराएर कारबाहीको दायरामा ल्याइन सकिन्छ । यो महामारीमा सचेत भएर चेक गरिनेछ ।

कोरोना भाईरसको महामारीका कारण ट्राफिकले ७ चैतबाट मापसे जाँच रोकेको थियो ।