लिखुले सम्झियो बिपि

६ साउन , लक्षमण खड्का ।
रामेछाप ।३८ औ बि पि स्मृति दिवसको अवसरमा लिखु तामाकोसी गाउँपालिकामा बिपि बिचार समाजले बिचार गोष्ठी एवं बृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ ।समाजका उपाध्यक्ष हिमाल महतको सभापतित्व, कांग्रेस नेता रामकुमार खड्काको प्रमुख आतिथ्यता तथा बिपि अध्ययन प्रतिष्ठान वाग्मती प्रदेश सदस्य निरोज खड्काको विशिष्ट आतिथ्यतामा भव्य कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा नेपाली कांग्रेसका विभिन्न तहका नेता कार्यकर्ताको उल्लेख उपस्थित रहेको थियो ।

कार्यक्रममा बोल्दै कांग्रेस नेता रामकुमार खड्काले सम्पुर्ण मूलूकक बिपिको बिचारमा चलेको भए पनि पछिल्लो पुस्ता बीपीको बिचारबाट च्युत हुँदै गएको गुनासो पोखे ।बिपि अध्ययन प्रतिष्ठान बाग्मती प्रदेश सदस्य निरोज खड्काले राजनीति, राष्ट्रियता, समाजवाद, लोकतन्त्र, कला साहित्य लगायतका क्षेत्रमा बिपिको अतुलनीय योगदानको चर्चा गर्दै बिपि कोइरालानै मुलुकमा २००७ सालमा प्रजातन्त्र स्थापना भए पश्चातको सबैभन्दा अग्रणी ब्यक्तित्व रहेको धारणा राखे। बीपीको सिद्धान्त, बिचार र राजनीतिक मार्ग नै सिंगो लोकतन्त्र र लोकतान्त्रिक संविधान समेतको आत्मा भएको जिकिर गर्दै खड्काले भने नेपाली कांग्रेसभित्र बिचार कमजोर र बाहुबल बलियो हुँदै गएको छ यो सबै लोकतन्त्रवादीहरुका लागि राम्रो संकेत होइन ।

कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सदस्य साजन तामाङ, लिखुतामाकोसी गाउँपालिका सभापति योगेश्वर तिमिल्सिना, वडा नं २ का वडाध्यक्ष पदम तामाङ, दुरागाँउका इकाई सभापति कमलप्रकाश सुनुवार, शिक्षक दीर्घबहादुर खड्का, बिध्यार्थी नेता प्रचण्ड सुनुवार लगायतले बीपी कोइरालाको योगदानको चर्चा गरेका थिए । बिचार गोष्ठी संगै कार्यक्रममा सहभागीहरुले बृक्षारोपण समेत गरेका थिए । प्रतिकुल समयका बाबजुद छोटो तयारीमै भब्य कार्यक्रम आयोजना गर्न सफल भएको भन्दै कार्यक्रमका सभापति हिमाल महतले कार्यक्रमले आफुहरुमा थप उर्जा र हौसला थपेको धारणा राखे !