सुनको मूल्य तोलामा १३०० रुपैयाँले बढ्यो

७ साउन, रामेछाप। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छ । यो सँगै नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । हिजोको तुलनामा आज सुनको मूल्य तोलामा १३०० रुपैयाँले बढेको हो ।

यस्तैगरी बुधबार तेजावी सुन तोलामा ९३ हजार ५६० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार १०४० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ११३५ रुपैयाँमा कारोबा भएको हो ।