रामेछाप प्रहरीले गरेका २ सय ३ कार्यक्रममा साँढे १८ हजार बढी नागरिकहरु सहभागी भएको तथ्याङ्क सार्वजनिक

साउन ८ । जनता भ्वाइस संवाददाता, रामेछाप ।
जिल्ला प्रहरी कार्यालय, रामेछापले गत आर्थिक वर्ष अर्थात् २०७६–०७७ मा आफूहरुले गरेका समुदाय प्रहरी साझेदारी कार्यक्रमहरुको प्रगति विवरण सार्वजनिक गरेको छ । रामेछाप जिल्लाभर संचालन गरेका समुदाय प्रहरी साझेदरी रुपमा जम्मा ७ प्रकारका कार्यक्रम हरु भएका थिए । जसमा विद्यालयका विद्यार्थी प्रशिक्षण कार्यक्रम ८४ वटा भए भने उक्त कार्यक्रममा विभिन्न विद्यालयका ८ हजार ४ सय ८० जना विद्यार्थीहरुले सहभागिता जनाए ।


त्यस्तै प्रहरीसँग १ दिन कार्यक्रम ११ वटा संचालन भएकोमा साँढे ५ सय जनाको सहभागिता रहेको, सार्वजनिक सुनुवाई कार्यक्रम ६ वटा भएको जसमा ४ सय ४ जनाको सहभागिता रहको, विभिन्न कार्यक्रमहरुको र्याली ६ वटा भएको र जसमा १ हजार ६ सय ६० जनाको सहभागिता रहेको जनाएको छ ।


सामुदायिक अन्तक्र्रिया, सरसफाई र सामुदायिक बैठकहरु पनि जिल्ला प्रहरी कार्यालयले संचालन गरको जनाएको छ । जसमा सामुदायिक अन्तक्र्रिया कार्यक्रम ७३ वटा भएकोमा सो अन्तक्र्रियामा सहभागी सर्वाधिक बढी संख्या ५ हजार ७ सय ५८ जनाले सहभागिता जनाएका थिए । सरसफाई कार्यक्रम ५ वटा भएको जसमा ८ सय ८० जनाको सहभागिता रहेको र सामुदायिक बैठकहरुमा ८ सय ३५ जनाको सहभागिता रहेको थियो जुन १८ वटा बैठकको आँकडा हो ।


एक आर्थिक वर्षमा कूल २ सय ३ वटा कार्यक्रम गरिएकोमा १८ हजार ५ सय ६७ जनाको सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय, रामेछापले उपलब्ध गराएको तथ्याङ्कमा जनाइएको छ ।