सार्वजनिक सवारी खुलेपनि राजधानी छिर्न पास हुनै पर्ने बाध्यता

साउन ८, काठमाडौं ।
यातायात व्यावसायीहरुले आजबाट सार्वजनिक यातायातका साधन चलाउने भएका छन् । सरकारका प्रतिनिधि र यातायात व्यावसायी राष्ट्रिय महासंघका प्रतिनिधिहरुबिच पटक पटक भएको वार्ताले सहमति जुटाएपछि आजबाट सेवा दिन यातायात व्यावसायीहरु सहमत भएका हुन् ।


काठमाडौं उपत्यका लगायत देशैभर छोटो दुरीमा आजबाट सार्वजनिक सवारी साधान गुइनेछन् । एक जिल्लाबाट अर्को जिल्लामा जान भने पाईने छैन । उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा आवतजावत गर्न रोक लगाईने छैन ।


यसैबीच, सरकारले लकडाउन अन्त्य गरेको बताएपनि काठमाडौं उपत्यका प्रवेश गर्न पास चाहिने नियम कायमै राखेको छ । लामो दुरीका सवारी साधन तत्काल नखुलेकाले पास कायम रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । सरकारले लामो दुरीका सवारी साधनलाई भदौ १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको थियो, इमेज खबरमा जनाइएको छ ।