सीतापाइलामा एक महिलामाथि एसिड प्रहार, अभियुक्तहरुलाई समात्न प्रहरी सफल

साउन ८, काठमाडौं ।
पछिल्लो समय महिलाहरुल प्रति दुव्र्यवहार बढ्दै गएको छ । लकडाउनको समयमा विशेष गरी महिला हरुलाई धेरै दुर्घटनाहरु हुने गरेका थिए । यसै क्रममा काठमाडौंको सीतापाइलामा १ युवतीलाई एसिड प्रहार गर्ने दुईजनालाई प्रहरीले हिजो पक्राउ गरेको छ । उनीहरुका अनुसार ओखलढुङ्गाकी २२ वर्षिय पीडितले अर्कै केटा मन पराएको कारण शौचालय सफा गर्न प्रयोग हुने एसिड प्रहार गरेको अभियुक्तहरुले बयान दिएका छन् । डिएसपी निरञ्जनदत्त भट्टका अनुसार भारतीय नागरिक आलम एक फ्याक्ट्रीका कामदार हुन् ।


अभियुक्तहरुलाई काठमाडौ प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले काठमाडौंकै डल्लुबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुर घर भई हाल काठमाडौंको डल्लुमा डेरागरी बस्ने मोहमद आलम र भारत घर भएर डल्लुमा कालिगढको काम गर्ने आलम मोहम्मद रहेको बताइएको छ । उनीहरुले दही किन्न बजार निस्किएकी पवित्रा कार्कीमाथि एसिड प्रहार गरेका थिए । कार्कीले एसिड प्रहार गर्ने व्यक्तिलाई चिन्न नसकेको बताए पनि सिसिटिभी फुटेजको सहायताबाट प्रहरीले अभियुक्त दुईजनालाई समात्न सफल भएको हो ।