अब बिरुवा नरोपौं बरू विद्यार्थी पढाऊँ !

अलि पुरानो कुराबाट आजको लेख शुरू गरौं । आजभन्दा करिब ३५ वर्षअघि सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा एकजना लोकप्रिय प्रधानपञ्च थिए । उनको नाम अरविन्दप्रसाद मेहता थियो । यो हामी क्याम्पस पढ्दा ताकाको कुरा हो । उनले इनरुवा नगर पञ्चायतमा लगालग २ कार्यकाल प्रधानपञ्चमा जिते । यो चाहिँ अघिल्लो चुनावको सन्दर्भ हो । राजनीति कसरी राजनीति गर्नुपर्छ भन्ने कुरा मैले उनको यो शैलीबाट मिहीन रूपमा अध्ययन गर्ने मौका पाएँ ।


२०४२ सालको स्थानीय तहको निर्वाचनमा उनी इनरुवा नगरपालिकाको प्रधानपञ्चमा उमेदवारका रूपमा खडा भए । उनी लगायत त्यो बेला ३ जना व्यक्तिहरू प्रधानपञ्चमा उठेका थिए ।
पहिलो नम्बरका उनी काँग्रेसी झुकावका थिए । दोस्रो नम्बरमा कमल श्रेष्ठ पञ्चायतका समर्थक उम्मेदवार भनौं त्यो समयका जिल्ला पञ्चायत सभापति रमेश श्रेष्ठका आफ्ना मान्छे थिए । तेस्रा अर्का पाका उमेदवार चाहिँ खेमराज पोखरेल थिए । उनी आफैँमा यो वा त्यो कित्ताका भन्ने त खुलेनन् तर उनको कार्यशैली र रुझान त्यो बेलाका कृषि सहायक मन्त्री कृष्णकुमार राई (जो पञ्चायतका अन्तिमअन्तिम कार्य कालमा मन्त्री भएका व्यक्ति र पञ्चायतका पिलर मानिन्थे) सँग मिल्थ्यो । त्रिपक्षीय भिडन्त भयो ।


१० वटा वडामा विभाजित थियो – इनरुवा नगर पञ्चायत । तीनवटै उम्मेदवारका बीच रस्साकस्सी भयो । लोकप्रियताका हिसाबले अरविन्द अगाडि थिए । पैसामा कमल श्रेष्ठ दरो मानिन्थे भने पहाडे वस्तीमा लोकप्रिय र निर्णय क्षमतामा खेमराज पोखरेल अघिल्लो पङ्तिमा देखिन्थे ।


चुनाव भयो । आखिरमा अरविन्दप्रसाद मेहताले केही सय मतको अन्तरमा चुनाव जिते । दोस्रोमा पोखरेल र तेस्रो श्रेष्ठ भए । उनी प्रधानपञ्च भएकै बेलामा कार्यकाल नसिद्धिँदै देशमा बहुदल आयो । उनी नेपाली काँग्रेसमा प्रवेश गरे । उनले अर्कोपटक पनि नगर पञ्चायतमा नेतृत्व लिए । खासगरी उनको कार्यशैली गजबको थियो । पढालेखा नभए पनि उनी कसैलाई चिढ्याउँदैन थिए । नेपाली काँग्रेसबाट उनले त्यो बेलामा जिविसमा क्षेत्रीय सदस्य जिते ।

मानिसहरू जुन काम भए पनि त्यसलाई राजनीतिक रंग दिइहाल्थे ।

अलि पछि उनको कामले जब उत्पादन दिन थाल्यो अनि मानिसहरूले सो कार्यको खुलेर प्रशंसा गरे । उनी चलायमान राजनीतिक प्राणी रहेछन् ।


देशमा दुई ठूला पार्टीका कार्यकर्ताहरू विभिन्न राजनीतिक कुरामा चित्त नबुझ्दा एउटा पार्टीबाट अर्को पार्टीमा हुरुरुरुरु जान्थे । तिनीहरूलाई सचेत मतदाता भने कण्डापछाडि जिस्क्याउँदा ‘चैते काँग्रेस’ र ‘कात्तिके एमाले’ भनेर नामकरण गर्दथे । प्रवेशीहरू भित्रभित्रै मुर्मुरिन्थे ।


अर्कोपटक स्थानीय राजनीतिमा चित्त नबुझेर तिनी के कारणले हो एमाले प्रवेश गरे । उनलाई एमालेले जिल्ला सभापतिको टिकट दियो । चुनाव जिते पनि । सभापति हुँदाको कुरा हो । उनले त्यो जिल्लामा रहेका मुसहर, बाँतर र अन्य कथित तल्लो जातिका मेधावी र कमजोर आर्थिक स्थिति भएका र एस्एल्सी पास गरेका युवा विद्यार्थीहरूलाई छानेर धरान स्थित बीपी मेमोरियल अस्पतालमा डाक्टर पढाए ।


उनले पढ्नका लागि ती विद्यार्थीहरूलाई लोन दिएका थिए भने तिनीहरूले सो लोन आफूले पढिसकेर जागिर खाएपछि तिर्ने शर्त राखिएको थियो । अर्को शर्त उनले डाक्टर भएको ५ वर्षसम्म ती डाक्टरहरूले आफ्नो जिल्ला अझ ऊ जुन गाविस वा क्षेत्रको छ सोही क्षेत्रमा रहेर काम गर्नु पर्नेजस्तो बाध्यात्मक कागज गराएर डाक्टर पढ्न हौसला दिए । त्यो बेला सो कामलाई उत्ति सारो मन पराइएन । किनकि मानिसहरू जुन काम भए पनि त्यसलाई राजनीतिक रंग दिइहाल्थे ।
अलि पछि उनको कामले जब उत्पादन दिन थाल्यो अनि मानिसहरूले सो कार्यको खुलेर प्रशंसा गरे । उनी चलायमान राजनीतिक प्राणी रहेछन् ।

केही वर्षअघि उनको शारीरिक बिरामीका कारण देहान्त भयो । उनी ६५ वर्ष पनि बाँचेनन् सायद् तर पनि उनको सुकार्यको सो जिल्लामा गहिरो चर्चा परिचर्चा हुने गर्छ ।

मधेश आन्दोलनमा उनी आफ्ना भोटर र आफ्नो राजनीति सेक्योरका लागि पनि मधेशी जनाधिकार फोरमका नेता भए । त्यसपछि तिनले सांसदमा टिकट त पाए तर जितेनन् । भनेको मतलब मानिसहरूले उनलाई राजनीतिक पार्टी परिवर्तन गरिरहने व्यक्तिका रूपमा पत्याएनन् । रहँदाबस्दा उनको राजनीतिक क्रेज घट्दै गयो ।


केही वर्षअघि उनको शारीरिक बिरामीका कारण देहान्त भयो । उनी ६५ वर्ष पनि बाँचेनन् सायद् तर पनि उनको सुकार्यको सो जिल्लामा गहिरो चर्चा परिचर्चा हुने गर्छ ।


भनेको के भने बाँच्दैमा कुनै पनि मान्छेले गरेको उसको कार्य र मानिसलाई उसका सुकार्य र कीर्तिले समाज तथा राष्ट्रले पछिसम्म सझिरहन्छ । व्यक्तिको व्यक्तित्व जति ठूलो छ त्यति नै उसको नाम चम्कन्छ । हामी क्याम्पस पढ्ने विद्यार्थीहरू नपढेका अरविन्दप्रसाद मेहताको कार्यशैलीबाट छक्क पर्दथ्यौं । पञ्चायत कालमै अर्का मकवानपुरका वामपन्थी नेता थिए –रुपचन्द विष्ट ।

उनले थाहा अभियानको श्रीगणेश गरेका थिए । उनलाई दार्शनिक शैलीका नेतामा लिइन्थ्यो । उनी सादगी, विकासप्रेमी र भुइँ मान्छेका लागि बास्तविक नेता थिए । अहिले मककानपुर जिल्लामा उनको सम्झनामा थाहा नगरपालिका रहेको छ । व्यक्तिले समाजलाई दिएका योगदानका आधारमा समाजले सो व्यक्ति वा व्यक्तित्वलाई पछिसम्म सम्मान गर्ने हो । पञ्चायत कालमा धेरै त्यस्ता नेता थिए । अहिले तिनीहरूको नामोनिशान छैन ।

जन्म तिथिमा दिवंगतहरूका लागि जन्मजयन्ती र मृत्यु भएका दिनका तिथिमा चाहिँ स्मुृति दिवस मनाइनु आफ्ना आफ्ना नेताहरूलाई सम्झने पुण्य दिन हो । यो परम्पराले राजनीतिमा मात्र नभएर समाजका अन्य क्षेत्रहरूमा पनि अहिले स्मृति दिवस मनाउने परम्परा दह्रोसँग बस्दै गएको छ ।


भर्खरैजसो ३८ औं बीपी स्मृति दिवस र ४२ औं पुष्पलाल स्मृति दिवस मनाइएका समाचारहरू पत्रपत्रिकाहरूमा आएका छन् । कतिपयलाई सो स्मृति दिवसले आफ्नो पार्टीका नेता वा कार्यकर्ताहरूसँग नजिकिन, घुलमिल हुन र आफ्ना असन्तुष्टि या विकास निर्माणका कुरा राख्ने अवसर पनि ती स्मृति दिवसहरूले दिए होलान् । जन्म तिथिमा दिवंगतहरूका लागि जन्मजयन्ती र मृत्यु भएका दिनका तिथिमा चाहिँ स्मुृति दिवस मनाइनु आफ्ना आफ्ना नेताहरूलाई सम्झने पुण्य दिन हो । यो परम्पराले राजनीतिमा मात्र नभएर समाजका अन्य क्षेत्रहरूमा पनि अहिले स्मृति दिवस मनाउने परम्परा दह्रोसँग बस्दै गएको छ ।


यही हप्ता रामेछाप बजारमा अवस्थित गौरीशंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक नीरबहादुर कार्कीले बढो शालीन पाराले अघिल्लो दिन ६ गते बीपी स्मृति दिवस र पछिल्लो दिन ७ गते पुष्पलाल स्मृति दिवसका सन्दर्भ पारेर दुवै पार्टीका शीर्षस्थ नेताहरूलाई ‘हार्दिक श्रद्धाञ्जली’ दिँदै सोही व्यहोरा पोष्ट गर्नुभयो ।


सो पोष्टहरूमा दुवै पार्टीका शुभेच्छुक, समर्थक र भोटरजस्ता लाग्ने व्यक्तिहरूले एकपछि अर्को गर्दै समवेदनाका सन्देशहरू भरररअ आआफ्ना शैली र भङ्गीमाका पोष्टहरू थप्ने काम गरे । यसबाट यो पल्टदेखि के देखियो भने नेपाली राजनीति अब गाली गलौजको संस्कारबाट क्रमिक माथि उठेर सिर्जनात्मकतातिर लाग्दै छ ।


यो भोलिका पुस्तका लागि खुसीको कुरा हो । तर यहाँ उठाउन लागिएको कुरा चाहिँ के भने हामीले पञ्चायत कालमा राजारानीका हातबाट, पञ्चायतका ठालुहरूका हातबाट र उच्च पदस्थ कर्मचारीहरूबाट लाखौं करोडौं वृक्षहरू रोपण गर्ने काम ग¥यो । तर जबजब देशमा राजनीतिक उथलपुथल भए ती घटनाहरूमा हाम्रा नेता भनाउँदाहरूका कोपभाजनका शिकार तिनै वनजंगल नै भए । सूर्यबहादुर थापाले बहुदल निर्दलको चुनाव हुँदा जनमत संग्रहमा झापामा भएका विशाल जंगलहरू सफाचट पारेर पञ्चायतलाई टिकाए । तर त्यो पञ्चायत १० वर्ष पनि टिकेन ।

ती दुवै पार्टीहरूबाट हजारौं गरिबका छोराछोरीहरूले विभिन्न नाममा छात्रवृत्ति पाई आफ्नो, आफ्नो परिवारको, जिल्लाको र देशकै मुहार फेर्ने गरी देशसेवा गरिसेका हुन्थे होलान् ।


अहिले पनि यो बहुदल आएको करिब ३० वर्ष बितिसकेको छ । बीपी, पुष्पलाल, मदन भण्डारी, गिरिजा, कृष्णप्रसाद भट्टराई र अन्य शीर्षस्थ नेताका नाममा काँग्रेस र एमाले अहिले त नेकपाका नेता÷कार्यकर्ताहरूले लाखौं प्रजातिका करोडौँ बिरुवाहरू देशैभरि रोपिसकेका छन् । तर के ती बिरुवाहरूको सही संरक्षण भई तिनीहरूले हुर्कने अवसर पाएका छन् त ? खोजी पसेका खण्डमा हामी त्यो देख्दैनौं ।


बालुमा पानी खन्याएँझैँ गरि रोपिएका वृक्षहरू र तिनको बेस्याहार अवस्थालाई हेर्ने हो भने बरू हामी तत्तत् पार्टीमै आस्थाराख्ने भए पनि डाक्टर, इन्जिनियर र गतिलो विषयमा गरिब, परिश्रमी, मेधावी र इमान्दार विद्यार्थीहरू छनोट गरेर छात्रवृत्ति दिई पढाउने संस्कारको जग बसालेको भए अहिलेसम्म नेपालमा काँग्रेस करिब २० वर्ष शासन चलायो होला । त्यसपछिका १० वर्ष कम्युनिष्टहरूले शासन चलाइसकेका छन् । ती दुवै पार्टीहरूबाट हजारौं गरिबका छोराछोरीहरूले विभिन्न नाममा छात्रवृत्ति पाई आफ्नो, आफ्नो परिवारको, जिल्लाको र देशकै मुहार फेर्ने गरी देशसेवा गरिसेका हुन्थे होलान् ।

बरू सत्तामा डाडूपन्यौ भएका बेला इन्डियन् एम्बेसीमा लुसुलुसु नदेखिने गरी धाएर जेएन्यू र इन्डियाका विभिन्न कलेजहरूमा आफ्ना सन्ततीका लागि छात्रवृत्ति पारे । फ्रीमा पढाए । त्यो नेपाली जनजनलाई थाहा छ ।

यस्तो रचनात्मक र सिर्जनात्मक कार्य गर्ने सोच काँग्रेसी र वामपन्थीहरूलाई किन नआएको होला । पुष्पलाल, मनमोहन, मदन भण्डारीका नाममा र बीपी, गणेशमान, सुवर्ण शमशेर र गिरिजाप्रसाद कोइरालाका नाममा आजसम्म हजारौं मेधावी विद्यार्थीहरूले छात्रवृत्ति पाइसकेका हुन्थे । यस्तो बुद्धि कुनै काँग्रेसी वा वामपन्थीका दिमागमा सुझेनन् । बरू सत्तामा डाडूपन्यौ भएका बेला इन्डियन् एम्बेसीमा लुसुलुसु नदेखिने गरी धाएर जेएन्यू र इन्डियाका विभिन्न कलेजहरूमा आफ्ना सन्ततीका लागि छात्रवृत्ति पारे । फ्रीमा पढाए । त्यो नेपाली जनजनलाई थाहा छ ।


नेतामा नाममा रोपिएका वृक्षहरू पनि फल नदिने जातका धेरैजसो रोपिएका पाइएका छन् । सो सम्बन्धमा खोजी त भएको छैन होला तर फल नदिने वृक्ष रोपेर र हेरचाह नगरी हुर्कन्छ भन्ने मानसिकताले त्यसै छाड्ने हो भने त्यो काम गरे पनि नगरेजस्तै हुन्छ । अतः सचेत र युवाहरूले वृक्षरोपणको कार्यलाई रोकेर त्यसका स्थानमा छात्रवृत्तिको संस्कार शुरू गर्न ढिला भैसकेको छ । आगे सोही पार्टीका युवाहरूको विचार । यहाँ त केवल बाटो देखाउने काम मात्र गर्न खोजिएको हो । युगले नयाँ विचारहरूलाई सधैँ सुस्वागतम् गर्नुपर्छ ।