मास्क नलगाई हिँडे ठाउँको ठाउँ जरिवाना

साउन १४, जनता भ्वाईस संवाददाता ।

रामेछाप ।  आज देखि मास्क नलगाई हिड्ने जो कोहिलाई पनि  रू एक सयका दरले जरिवाना गरिने भएको छ । कोरोना भाईरसको संक्रमणबाट बच्न बारम्बार जिल्ला प्रशासन कार्यलयले अनुरोध गर्दा समेत अँटेर भइ मास्क बिनानै मानिसको आवजजावत तथा बजारमा भिडभाड भएको कारणले जरिवाना गर्न लागिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा बताउछिन । जरिवाना रसिद छाप्ने काम सकिईसकेको रामेछाप ट्राफिक प्रहरी प्रमुख रामेश्वर पाण्डेले जानकारी दिए ।

 यो नियम आजै देखि लागु हुनेछ । जरिवाना गर्ने काम भने प्रहरी प्रशासनकै प्रत्यक्ष निगरानीमा हुनेछ ।