बन्दाबन्दी पछिको समयमा अर्थतन्त्र सुधारको लागि अवसर र चुनौती

कोभिड– १९ कोरोरा भाइरसले विश्वलाई नै आप्mनो अधिनमा राख्न सफल भएको छ । जसको कारण विश्व अर्थतन्त्रलाई डामाडोल बनाइदिएको छ । त्यसको अछुतोको रुपमा नेपाल कहाँ रहन सक्थ्यो र । वि.सं. २०७६ चैत ११ गतेदेखि सुरु भएको बन्दाबन्दी २०७७ साउन ७ गतेदेखि समाप्त भएको छ तर कोरोना भाइरस नियन्त्रणमा आइसकेको छैन । दिनानुदिन संक्रमितको सङ्ख्या बढिरहेको छ । निर्वाध रुपमा सबै संघसंस्थाहरु खुल्न सकेका छैनन् । खोल्ने अवस्था पनि छैन । सार्वजनिक यातायात, शैक्षिक संघसंस्था, उद्योगधन्दा, करकारखाना, होटल व्यवसाय, बैंक तथा वित्तिय संघसंस्थाहरु पहिलेको अवस्थामा पुग्न सकेको छैन । लामो समयसम्म बन्दाबन्दीले गरिखानेहरुलाई निकै अप्ठेरो भएको छ ।

ऋण लिएर विभिन्न व्यवसाय गर्नेहरुको त जहाज नै डुब्ने स्थितिमा पुगेको छ । आर्थिक विचलनका कारण आत्महत्या गर्नेको संख्या बढ्दो क्रममा देखिन्छ ।
कोरोना भाइरसका कारण कयौँले वर्षौ वर्षदेखि गर्दै आएको रोजगारबाट हात धुनु परेको छ । राज्यको चौथो अंगको रुपमा परिचित पत्रकारहरुको वर्तमान अवस्था साह्रै दयनीय बनेको छ । मिडिया हाउसले पत्रकारहरुलाई अवकाश पत्र हातमा थमाउँदैछन् । यसरी सर्वत्र नै असर पु¥याएको छ । भोलिको दिनमा स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले दीगो योजनासहित अगाडि नबढ्ने हो भने भोलिको नेपाल कता जाने हो सोच्नै पर्ने हुन्छ ।

मुलुकका युवा जनशक्ति रोजगारको शिलशिलामा विदेशिए पछि कहाँबाट हुनु देशको विकास ? आश्रित जनसंख्यामा नेपालका बसोवास भएपछि कहाँबाट हुनु देशको उन्नति तथा प्रगति ?


देशका यूवा जनशक्ति देशको रोजगार नपाएर रोजगारको लागि विदेशिने गरेका छन् । राष्ट्रिय योजना आयोगको तथ्याङ्क हेर्ने हो भने सन् २०१३÷१४ मा श्रम स्वीकृति लिने यूवाको संख्या ५ लाख १९ हजार ६ सय ३८ देखिन्छ । यति ठूलो संख्यामा एक वर्षमा विदेश जाने गर्दछन् । ती सबै यूवाहरु रहरले विदेश गएका होइनन् । देशमा रोजगार केही नपाएपछि विवशताले रोजगारको शिलशिलामा विदेश जाने गर्दछन् । यसरी हेर्ने हो भने सन २०१४÷१५ मा ४ लाख ९९ हजार १ सय २ जना, सन् २०१५÷१६ मा ४ लाख ३ हजार ६ सय ९३ जना, देखिन्छ । पछिल्लो वर्ष सन् २०१८÷१९ मा २ लाख ३६ हजार २ सय ८ जनाले बैदेशिक श्रम स्वीकृति लिएको देखिन्छ । विश्वका १०९ मुलुकमा बैदेशिक रोजगारको लागि नेपाल सरकारले श्रम स्वीकृति प्रदान गर्दछ । मुलुकका युवा जनशक्ति रोजगारको शिलशिलामा विदेशिए पछि कहाँबाट हुनु देशको विकास ? आश्रित जनसंख्यामा नेपालका बसोवास भएपछि कहाँबाट हुनु देशको उन्नति तथा प्रगति ?


बैदेशिक रोजगार सुरक्षित छैन । दिनमा १०÷१२ जनाको लास वाकसमा प्याक भएर नेपालमा आउँछ । उच्च जोखिमका काम गर्नु परेपनि श्रम स्वीकृति लिएर विदेश जानेको संख्या घटेको छैन । पछिल्लो समयमा आएर पुरुष मात्र होइन महिला पनि रोजगारको शिलशिलामा विदेश जानेको संख्या क्रमश बढ्दै गएको देखिन्छ । लैङ्गिक रुपमा हेर्ने हो भने सन् २०१५÷१६ मा ३ लाख ८५ हजार २ सय २७ पुरुषले श्रम स्वीकृति लिएको देखिन्छ भने १८ हजार ४ सय ६७ जना अर्थात ४.५७% महिलाले श्रम स्वीकृति लिएको देखिन्छ । त्यसैगरी सन् २०१६÷१७ मा ३ लाख ६२ हजार ७ सय ६६ जना पुरुष र २० हजार १ सय ५ जनाले बैदेशिक रोजगारको लागि श्रम स्वीकृति लिएको देखिन्छ । जसमा ५.२५% महिला देखिन्छ । अधिल्लो वर्षको तुलनामा महिला विदेश जाने बढेको देखिन्छ । त्यसैगरी सन् २०१८÷१९ मा २ लाख १५ हजार ६ सय ३० जना पुरुष र २० हजार ५ सय ७८ जना महिला रहेका छन् । महिला ८.७१% देखिन्छ ।

त्यसैगरी अर्को गन्तव्य भनेको कतार हो जहाँ १८% रहेको छ । अन्य मुलुकहरुमा साउदी अरब, कुवेत, साइप्रस, जोर्डन, माल्टा, माल्दिभ्स्, टर्की, बहराइन आदि देश रहेका छन् ।


महिलालाई झन् बैदेशिक रोजगारको लागि सुरक्षित गन्तव्य छैन । घरेलु हिंसा, श्रम शोषण, यौन शोषणमा परेका समाचार बाक्लै आइरहदा पनि उच्च जोखिम मोल्दै महिलाहरु बैदेशिक रोजगारको लागि जानेको संख्या दिनदिनै बढ्दै गएको देखिन्छ । महिलाहरुको बैदेशिक रोजगारको मुख्य गन्तव्य भनेको संयुक्त अरब इमिरेट्स रहेको छ । रोजगारीको लागि विदेश जाने महिला मध्ये जहाँ ३५.६ प्रतिशत छन् । त्यसैगरी अर्को गन्तव्य भनेको कतार हो जहाँ १८% रहेको छ । अन्य मुलुकहरुमा साउदी अरब, कुवेत, साइप्रस, जोर्डन, माल्टा, माल्दिभ्स्, टर्की, बहराइन आदि देश रहेका छन् ।


रामेछाप जिल्लाको मात्र तथ्याङ्क केलाउने हो भने सन् २०१७÷१८ मा २ हजार १ सय १७ जना पुरुष र ५ सय ९६ जना महिला रहेका छन् । त्यसैगरी सन् २०१८÷१९ मा १ हजार ६ सय ९४ जना पुरुष र ४ सय ८३ जना महिला रहेको छ ।
नेपाल सरकार यूवाहरुलाई रोजगारीको विश्वका १०९ राष्ट्रमा पठाउन पाएको गर्व गर्दछ । वर्षेनि खर्वौँ रकम रेमिट्यान्सको रुपमा भित्र्याउन पाउँदा मुलुकमा समृद्धि आएको ठान्दछ । प्रतिव्यक्ति नेपालीको टाउकोमा लगभग ४४ हजार ऋणको भार थोपर्न पाउँदा संसार नै जितेको आभास गर्दछ । नेपालीहरु जन्मदै राज्यको ऋणको भारले थिचिएर जन्मनु पर्दछ । गत आर्थिक वर्षमा मात्र नेपालमा बैदेशिक रोजगारबाट ७ खर्व ५५ अर्व रेमिट्यान्स भित्रिएको छ । रेमिट्यान्सले धानेको छ मुलुकको अर्थतन्त्र । कतिन्जेल ऋण लिएर र रेमिट्यान्सले मुलुकको अर्थतन्त्र चलाउने हो ? उखानले देश चल्दैन । ठट्टा मजाकले मुलुकमा समृद्धि आउँदैन । बहुमतको दम्भले मुलुकमा विकासले छलाङ मार्न सक्दैन । दुईतिहाइको जोडघटाउले रामराज्य बन्ने छैन देश ।

पालमा वडाअध्यक्ष भएको ३ वर्ष पुरा हुँदा नहुँदै राजधानीका महत्वपूर्ण स्थानमा आलिशान महल ठड्याउन सक्छन् । राजतीतिकका महत्वपूर्ण पदमा पद धारण गरेपछि आफूलाइ त छदैछ । आफन्तजनलाई पनि सात पुस्तालाई पुग्नेगरी आर्थिक रुपमा छलाङ मार्छन् । के जादु होला खै ।


अमेरिकाको राष्ट्रपति भएको महामहिमहरु राष्ट्रपतिबाट हटेको भोलिपल्टदेखि अब के खानेहोला भनेर पिरोन्छिन् र रोजगारीको लागि पुनः कुनै काम गर्न लागि पर्दछन् । नेपालमा वडाअध्यक्ष भएको ३ वर्ष पुरा हुँदा नहुँदै राजधानीका महत्वपूर्ण स्थानमा आलिशान महल ठड्याउन सक्छन् । राजतीतिकका महत्वपूर्ण पदमा पद धारण गरेपछि आपूmलाइ त छदैछ । आफन्तजनलाई पनि सात पुस्तालाई पुग्नेगरी आर्थिक रुपमा छलाङ मार्छन् । के जादु होला खै ।


विकासको नाममा आर्थिक दाउपेचमा लागेका जनप्रतिनिधिहरुले कसरी गर्लान् र आप्mना क्षेत्रका विकास ? पुरानो परम्परालाई निरन्तरता दिएको पाइन्छ । “दिनभरि सुति विताइ रातपरेपछि विस्कुन सुकाई ।” भने झै ११ महिना सुतेर विताउँछन् । अन्तिम महिनामा असारको चटारो हुन्छ । जव वर्षात सुरु हुन्छ अनि विकास निर्माणका कार्यहरु धमाधम हुन सुरु हुन्छ । दिनभरि बनायो रातभरि बगाउँछ । मुख्यगरी सडक निर्माण कार्य तपाई हाम्रो आँखा अगाडि नै देखिएको छ । आज पिच ग¥यो भोलि रोटी फर्किए झै पिच फर्किन्छ । प्राविधिकले योजना पास गर्न पाउँदा नपाउदै पुनः मर्मत गर्नुपर्ने स्थितिमा पुग्दछ । राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको पछिल्लो घटना लिन सकिन्छ । परीक्षणको लागि छोडिएको पानीले बीचैमा फुटेर त्यहाँ कार्यरत इन्जिनियर तथा अन्य कर्मचारीलाई बगायो । यदि योजना बमोजिम काम सम्पन्न भएको भए त्यस्तो हालत पक्कै पनि हुने थिएन होला ।


कोरोना भाइरस र बन्दाबन्दीको कारण बैदेशिक रोजगारमा गएका यूवाहरुको मानसिकतामा परिवर्तन आएको छ । अर्काको देशमा गएका बन्दाबन्दीमा परेर बस्दाको पीडा, त्यहाँका सरकारले अन्य देशका जनताप्रति गर्ने व्यवहार, आर्थिक मन्दी आदि विभिन्न कारणले स्वदेशमा नै फर्केर केही गर्ने सोचमा उनीहरु छन् भने बैदेशिक रोजगारमा जाने भने जुर्मुराएर बसेकाहरु पनि अव विदेश नजाने बरु आप्mनै गाउँमा फर्कने, केही न केही आर्थिक उन्नति हुने खालको व्यवसाय सञ्चालन गर्ने सोचमा बसेका छन् । उनीहरुको विचारलाई उच्च सम्मान गर्दै रोजगारीको अवसर गाउँ गाउँमा खुलाउनु पर्ने समय आएको छ ।

पर्यटकीय स्थलको पहिचान गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गरी पर्यटन व्यवसाय सञ्चालन गर्न सकिन्छ । त्यसैगरी शिक्षा, स्वास्थ्य, रोजगार, सडक यातायातको स्तरबृद्धि, सञ्चार, विद्युत् जस्ता विकासका पूर्वाधारको रुपमा परिचित विकासका कार्यहरु तीब्र रुपमा विस्तार गर्नु पर्दछ ।


प्रत्येक स्थानीय तहले ठाउँ विशेष कुन किसिमको उद्योगधन्दा तथा कलकारखाना चलाउन सकिन्छ । कुन स्तरका जनशक्तिको आवश्यकता पर्दछ । गाउँमा भएका युवा पुस्तालाई कसरी गाउँमा नै स्थायी रुपमा बस्ने तथा रोगजागीको अवसर प्रदान गर्ने खालका दीर्घकालीन योजनाहरु बनाएर लगानी गर्नु पर्ने समय आएको छ । कृषि पकेट क्षेत्र घोषणा गरेर स्थान विशेषका कृषि उत्पादन गर्न लगाउने, पशुपालन, पोल्टी फार्म, चिया, कफि, अम्रिसो, अदुवा, बेसार, अलैची, आदि मसलाजन्य उत्पादनमा पनि लगानी लगाउन सकिन्छ । पर्यटकीय स्थलको पहिचान गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गरी पर्यटन व्यवसाय सञ्चालन गर्न सकिन्छ । त्यसैगरी शिक्षा, स्वास्थ्य, रोजगार, सडक यातायातको स्तरबृद्धि, सञ्चार, विद्युत् जस्ता विकासका पूर्वाधारको रुपमा परिचित विकासका कार्यहरु तीब्र रुपमा विस्तार गर्नु पर्दछ । जसले शहरमुखी, विदेशमुखी यूवा जगत्को मानसिकतालाई परिवर्तन गर्न सकिन्छ ।


संघ तथा प्रदेशले पनि प्रदेश स्तरमा स्तरीय विश्व विद्यालयको स्थापना गर्न सक्नु पर्दछ । पढ्न चाहाने विभिन्न विषयमा गुणस्तीय शिक्षण संस्थाहरु स्थापना गरिनु पर्दछ । जवकी उच्च अध्ययनको लागि नेपाली यूवा पुस्ता विदेशका विभिन्न विश्वविद्यालयमा धाउन नपरोस् । हरेक वर्ष राज्यको अरर्वौ रकम अध्ययनको क्रममा विदेश जाने गर्दछ । पूर्ण रुपमा नियन्त्रण गर्न नसकिए पनि विदेशी मोहलाई त्याग्ने किसिमको विश्वविद्यालयहरु स्थापना गर्नुपर्ने कुरामा प्रदेश सरकार तथा संघीय सरकार लागि पर्नु पर्दछ ।


तत्काल प्रतिफल आउने किसिमको विकासको लागि लगानी गरेर कमिशनको चक्करमा रुमल्लिनु भएको छ भने त्यस्तो मानसिकता त्यागेर दीर्घकालीन योजना निर्माण गरी अवको १५ वर्षमा वा २० वर्षमा आप्mनो स्थानीय तहभित्र कतिजति युवा हुनेछन् । कुन किसिमको जनशक्ति उत्पादन हुनेछ । ती जनशक्तिलाई कसरी रोगजारमा लगाएर स्थानीय तहलाई विकसित बनाउन सकिन्छ भनेर गुरु योजना निर्माण गरिनु पर्दछ । मेरो स्थानीय तह हो मैलै विकास गर्नु पर्दछ । मेरो सबै भन्दा महत्वपूर्ण जिम्मेवारी भनेको आप्mनो स्थानीय तहको विकास गर्नु हो भन्ने मुल मन्त्र लिएर अगाडि बढेको खण्डमा निश्चयमा पनि प्रत्येक स्थानीय तहमा सम्बृद्धि आउनेछ । प्राकृतिक सम्पदाले भरिपूर्ण भएको देशमा विभिन्न प्रकारका जडिबुटी, जलविद्युत आयोजना आदिको विकास गर्न स्थानीय तह, प्रदेश सरकार तथा संघीय सरकार लागेर विकासमा जुट्नु पर्दछ ।

त्यसैले विकासप्रेमी, समाजसेवी, स्वच्छ छविका जनप्रतिनिधिहरुलाई यो सुवर्ण मौका बन्नेछ । बेलैमा होस पु¥याउ । यो अवसरको सदुपयोग गर्न सकेको खण्डमा स्वर्ण अक्षरले तपाईको नाम इतिहासका पानाहरुमा लेखिनेछन् ।


भ्रष्टाचारमुक्त स्थानीय तह बनाउनु पर्दछ । कमिशनको चक्करमा लागेर, राजनीति खिचातानी नगरी विकास गर्न सकेको खण्डमा विदेश जाने मानसिकता त्यागेका युवाहरुले आप्mनो गाउँ आफै बनाऊ भन्ने नारालाई साकार बनाउने यो सुनौलो अवसर हुन सक्छ । त्यसैले विकासप्रेमी, समाजसेवी, स्वच्छ छविका जनप्रतिनिधिहरुलाई यो सुवर्ण मौका बन्नेछ । बेलैमा होस पु¥याउ । यो अवसरको सदुपयोग गर्न सकेको खण्डमा स्वर्ण अक्षरले तपाईको नाम इतिहासका पानाहरुमा लेखिनेछन् ।