राजनीति प्रतिको पत्रकार विजयकुमारको व्याङ्ग्यात्मक ट्वीट भाइरल बन्दै

साउन १६ । जनता भ्वाइस । प्रशिद्ध संचारकर्मी तथा लेखक विजयकुमारले कोरोना भाइरस कोभिड १९ का कारण देशका सबै अंगहरु धरासायी भएर जीर्ण भएको भएपनि राजनीतिको उद्योग भने मज्जाले फस्टाएको बताएका छन् । सामाजिक संजल ट्वीटर मार्फत उनले आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

आफ्नो ट्वीटमा विजयकुमार लेख्छन्, ‘रेमिट्यान्स पछि नेपालको ठूलो उद्योग राजनीति हो । यसले लाखौं मान्छेलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा काम दिन्छ । कोभिड १९ ले नेपालका अन्य सबै उद्योग, व्यापार सेवा क्षेत्रलाई खत्तम पारे पनि देशको सबैभन्दा ठूलो कारखाना अहोरात्र चालु छ । बधाई !’ विजयकुमारको यस ट्वीटले निकै ठूलो व्याङ्ग्य गरेको देखिन्छ । देश जति दुख्दा पनि राजनीतिमा कुनै असर नपर्ने र यसले फाइदै फाइदा हुने तर्फ उनको व्याङ्ग्य लक्षित छ