मौसम पूर्वानुमान : आज कुन कुन स्थानमा भारी वर्षाको सम्भावना ?

आइतबार दिउँसो दशैभर आँशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानमा उल्लेख छ ।

साथै, प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका र एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।

यस्तै राति, देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै प्रदेश १ र गण्डकी प्रदेश एक(दुई स्थानमा भारी वर्षाको हुनसक्ने पूर्वानुमान गरिएको छ ।