एनआरएनए स्वास्थ्य समितिका अनुसार एक वैवाहिक वर्षगाँठमा सहभागीसहित ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये एक जनाको भने अवस्था गम्भीर छ ।
एनआरएनएका अनुसार जापान, अमेरिका, भारत, रसिया, साउदी अरब, कतारमा लगायत मध्यपूर्वका केही देशमा रहेका नेपालीहरुमा अझै कोरोना भाइरसको संक्रमण रोकिएको छैन । अहिलेसम्म विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन्
यसैबीच नेपालमा पनि कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिएको छ । शनिबारसम्म नेपालमा २० हजार ८६ जनामा कोरोना संक्रमण देखिएको छ भने १४ हजार ४ सय ९२ जना कोरोना मुक्त भएका छन् । कोरोना संक्रमणका कारण नेपालमा ज्यान गुमाउनेहरुको संख्या ५८ जना पुगि सकेको छ ।
गत पौष २८ गते मन्थली नगरपालिकाको आठौं नगर सभामा नगर प्रमुख रमेशकुमार बस्नेतले नगर सभालाई सम्बोधन गर्ने क्रममा आफ्नो सभामा पत्रकारहरु उपस्थित नभएको विषयलाई लिएर सिङ्गो पत्रकारीता जगत र सम्पुर्ण पत्रकारहरुलाई एकमुष्ठमा गाली गलौज गरेको विषयलाई लिएर पत्रकारहरूले आपत्ती व्यक्त गरेका छन् ।
नगर प्रमुख जस्तो गरिमामय पदमा बसेर सार्वजनिक रुपमा व्यक्त भएको अमान्धर्भिक, अनैतिक र अशोभनिय भनाई प्रति पत्रकारहरूले आपत्ती जनाएका हुन्। एउटा उच्च अहोदामा बसेको व्यक्तिले सिमित चरित्र र व्यक्तिका कारण सिगो पत्रकारीता जगत माथि सम्मानित नगरसभामा पत्रकारहरुलाई गाली गर्दै सिंगो पत्रकारीता जगतमाथि नै खलल पुग्ने गरी अभिव्यक्ति दिनु निन्दनीय छ । नगरसभालाई सम्बोधन गर्दै पत्रकारहरुलाई खान र लिन पाउने भए लाइन लागेर आउथे, त्यो व्यवस्था नभए पछि किन आउ थिए भन्दै मगन्ते र भिखारीको संज्ञा दिदै तल्लो स्तरको उपमा दिएको कुराले समग्र पत्रकार र पत्रकारीता पेशा प्रति अपमान गरेर आफूलाई ठूलो ठान्नु दुर्भाग्य हो । यस किसिमको अभिव्यक्ति प्रति पत्रकारहरूको संगठनले खेद प्रकट गरेको छ । पेसागत मर्यादा विपरित र पेशामा नै आँच आउने गरी कुनैपनि पत्रकारहरू खानकै निमित लाइन लागेर मन्थली नगरपालिकामा नगएको कुरा स्पष्ट पारेका छन्। कोहि पत्रकार खान लिनका लागि नगरपालिकामा गएको भए नगरप्रमुख वस्नेतलाई विज्ञप्ति मार्फत नाम सार्वजनिक गर्न चुनौति दिएका छन् । व्यक्तिगत रिसीवीले सिंगो पत्रकार र पत्रकारीता जगतको सार्वजनिक रूपमा बेइजत गर्न खोजिएको उक्त घटना प्रति भर्त्सना समेत गरेका छन् । नगर सभामा उपस्थिका लागि आधिकारिक रूपमा पत्रकारहरुलाई निमन्त्रणा नगर्ने तर नगर सभामा नआएको भन्दै पदिय मर्यादा भुलेर पत्रकार पत्रकारिता पेशा प्रति अपमान गर्ने नगर प्रमुख रमेश कुमार वस्नेतको उक्त अभिव्यक्ति प्रति आपत्तिका साथ विज्ञप्ती निकालिएको हो ।
पत्रकारहरु पेशागत मर्यादा र पत्रकार आचारसंहिता बमोजिम आफ्नो धर्म निर्वाह गर्ने कुरामा सदैब सचेत र सतर्क छन्। पत्रकार पनि परिवर्तनका संवाहक विकासका साधक हुन । राम्रो लाई राम्रो र नराम्रोलाई खबरदारी गर्ने पत्रकारहरुको धर्म र दायित्व पनि हो । पत्रकारले चलाउने कलमको महत्व कति रहन्छ भन्ने कुरामा सबै पत्रकार साथीहरु सजग रहेको कुरा अनुरोध समेत गराएका छन । गलतलाई गलत भन्दा पचाउन नसक्नेहरुले पत्रकारलाई गाली गर्ने काम बन्द गर्नु आवश्यक छ। कसैले व्यक्तिगत चरित्र हत्या गर्छ भने त्यसका लागि कानुनी बाटोहरु खुल्ला रहेको छ । व्यक्तिगत रिसीवी र व्यक्तिले दुख दिएको भए त्यसका लागि कानुनी बाटाहरु खुल्ला रहदा रहदै पत्रकारीताकै धज्जी उडाउनु नगर प्रमुखको कुन हैसियतले दिन्छ ? यो कुरा पुष्टी गर्न सांगठकिन रुपमा चुनौति समेत दिएका छन् । पत्रकारहरु आफ्नो कलममा विश्वास गर्दछन कसैको दयामा नपालिएको कुरा समेत हेक्का रासन अनुरोध गगरेका छन् । पेशागत मर्यादामा रही आचारसंहिता बमोजिम आफ्ना कलम चलाउन पत्रकारहरुले नभुलेको कुरा अवगत गराउदै आफ्नो स्वार्थ पूरा गर्न र आफुलाई सर्वे सर्वा ठानेर बोल्ने र तल्लो स्तरमा झरेर पत्रकारलाई गाली गलौज गर्ने अधिकार कोही जनप्रतिनिधी लगाएत अन्य कसैलाई पनि नरहेको कुरा विज्ञप्ती छ ।
रामेछाप– हिजो देशमा एउटा मात्रै राजा हुँदा विकास भएको थियो, अहिले देशमा धेरै वटा राजाहरु हुँदा विकास नभएको राप्रपा रामेछापका अध्यक्ष रामचन्द्र कंडेलले बताए । अध्यक्ष कंडेलले नेपालमा शान्ति, समृद्धि र स्थायित्व कायम हुन राजा आउन अपरिहार्य रहेको बताए । पृथ्वी नारायण शाहको २९९ औं जन्म जयन्तीको अवसरमा राप्रपा रामेछापले आयोजना गरेको कार्यक्रममा कंडेलले यस्तो बताए ।
राप्रपा निकट महिला संघ रामेछापकी अध्यक्ष शान्ता भुजेलले हिन्दु राष्ट्र कायम हुनुपर्ने बताइन । हिन्दू राष्ट्र कायम गर्नको लागि राजा आउन आवश्यक रहेको उनको भनाई छ । पृथ्वी जन्म जयन्ती पारेर राप्रपा रामेछापले ¥याली निकाल्नुका साथै पृथ्वी नारायण शाहको तस्विरमा माल्र्यापण गरि देवकोटा चोकमा पृथ्वी जयन्ती मनाए । कटहरबोटबाट सुरु भएको ¥याली मन्थली बजार परिक्रमा गरि देवकोटा चोकमा आएर कोण सभामा परिणत भएको थियो । प्लेकार्ड सहित निस्किएको ¥यालीमा सहभागि राप्रपाका नेता कार्यकर्ताहरुले श्री ५ पृथ्वी नारायण शाह–अमर रहुन, राष्ट्रिय एकता– जिन्दावाद जस्ता नाराहरु लगाएका थिए ।
प्रधानमन्त्री के.पी.ओली भर्याङबाट झर्न चाहेको, विधिबाट झर्न चाहदा भर्याङ नै झिकिदिएको कारणले यो सबै भएको हो । केपी ओली बिना यो मूलूक नै नचल्ने भएको कारण नेकपाले यो अभियान चलाएको बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताएका छन् ।
नेकपा ओली पक्षले रामेछापमा हिजो गरेको जिल्ला कमिटि बैठकमा बोल्दै मन्त्री ढुङ्गेलले ‘नेकपा जस्तो राज मार्ग छाडेर गोरेटोमा लागे कुकुरले समेत खेद्ने बताएका छन् । संसद विघटन पश्चात कित्ताकाट हुँदा साथ नदिनेलाई पछि बहिष्कार समेत गरिने उनले थपे ।
साथै नेपाल सरकारले व्यवसायी लक्षित गरि सुरु गरेको सहुलियत व्याजको कर्जा रामेछापमा १ हप्ता भित्रै सुरु हुने उनले बताएका छन् । उनका अनुसार अब कृषि विकास बैंकबाट १ हप्ता भित्र सो ऋण लिन सकिन्छ ।
उपप्रधान मन्त्री ईश्वर पोखरेलले संसद पुनर्स्थापन नहुने र तोकेको समयमा चुनाब हुने उद्घोष गरिरहेको बेला नेपाली कांग्रेसले भने संसद बिघटनको बिरोधमा सक्रियता देखाई रहेको छ । नेकपा रामेछाप ओली पक्षको बैठकमा संबोधन गर्न उपप्रधान मन्त्री पोखरेलले संसद पुनर्स्थापन नहुने र तोकेको समयमा चुनाब हुने बताएका थिए ।
यता नेपाली कांग्रेस रामेछापका सभापती लबश्री न्यौपाने भने नेपालको संविधान भन्दा माथी कोहि छैन र अदालतको फैसला नआई संसद पुनर्स्थापन हुने – नहुने, चुनाब हुने-नहुने कुरा बोली हाल्नु संवैधानिक नभएको बताउछन् ।
सभापती न्यौपानेका अनुसार संसद विघटनको विरुद्धमा नेपाली कांग्रेस लागि रहने बताउछन् ।
कांग्रेसले पौष २५ गते देश भर विरोध प्रदर्शन गर्ने तयारी गरि रहेको छ ।
ओलीले तोकेको समयमा अवश्य चुनाब हुने उपप्रधानमन्त्री ईश्वर पोखरेलले बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओलीपक्षले रामेछापमा गरेको तेस्रो जिल्ला कमिटि बैठकलाई संवोधन गर्दै उपप्रधान मन्त्री ईश्वर पोखरेलले सो कुरा बताएका हुन् ।
उनका अनुसार अब संसद पुनर्स्थापन हुने कुरा नसोचे पनि हुन्छ । बरु अब चुनाबको तयारीमा लाग्दा हुन्छ । ओलीले आफू प्रधानमन्त्री भएको हैसियतले जनता सामु जानु संवैधानिक भएको र गलत हातमा सरकार जानबाट जोगाउन संसद बिघटनको बाटो रोजेका हुन् ।
१७ पुस, काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभा विघटन भए पनि स्थायी सदन राष्ट्रियसभाको बैठक आज पहिलो पटक बस्न लागेको हो । बैठक अपराह्न चार बजे बोलाइएको छ ।
आजको बैठकको सुरुमा राष्ट्रपति विद्यादेवी भण्डारीले बैठक आह्वान गरेको सम्बन्धी पत्र पढेर सुनाइने छ । यस्तै मन्त्रिपरिषद पुनर्गठनबारे पनि जानकारी गराइने छ ।
अधिवेशन नचलेको अवस्थामा बाधा अड्काउ फुकाउबाट भएका चार समिति गठनको आदेश अनुमोदन गर्ने सम्भावित कार्यसूची पनि छ ।
त्यसपछि अधिवेशन प्रारम्भ भएको अवसरमा संसदीय दलका नेताहरुले बोल्ने कार्यसूची राखिएको छ ।
अधिवेशन नचलेको अवस्थामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी गरिएका विभिन्न ७ वटा अध्यादेशहरु पनि पेस हुने छन् ।
यसबीचमा संवैधानिक परिषदको काम कर्तव्य र अधिकार सम्बन्धी पहिलो संशोधन अध्यादेश, नेपाल प्रहरी तथा प्रदेश प्रहरीको कार्यसन्चालन तथा सुपरिवेक्षणसम्बन्धी अध्यादेश, सामाजिक सुरक्षा अध्यादेश, तेनाब तथा अन्य घातक रासायनिक पदार्थको नियमन सम्बन्धी अध्यादेश, औषधि तेस्रो संशोधन अध्यादेश, हिंसाविरुद्ध केही नेपाल ऐन संशोधन अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी अध्यादेश जारी भएका थिए ।
अन्तिममा बहालवाला तथा पूर्वसांसदको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि छ । यसबीचमा सानु शिवा, सूर्यबहादुर केसी, ओमकार प्रसाद गौचन, दीपकबहादुर गुरुङ र इन्द्रहाङ लिम्बुको निधन भएको थियो । अनलाईन खबरले लेखेको छ ।
पुस १६,काठमाडौं। चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट सालकको खपेटा सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङ धुनिबेशी नगरपालिका-५ घर भएका १९ वर्षीय मनोज राई र नुवाकोट बेल्कोटगडि नगरपालिका-२ घर भएका २३ वर्षीय सूर्य तामाङ रहेका छन् । धादिङबाट काठमाडौंतर्फ आउदै गरेको बा.३ ख ६१३८ नम्बरको बसलाई महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले जाँच गर्दा बसमा सवार राईको झोलामा उक्त खपेटा फेला पारेपछि राई र उक्त खपेटा लिन आएका तामाङ समेतलाई सितापाईलाबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ
नेपाली कांग्रेस रामेछापले संसद बिघटन विरुद्ध र्याली गरेको छ । मन्थली नगरपालिका वडा नं. १ स्थित विपि चोकबाट सुरु भएको र्याली कटहरबोट हुँदै देवकोटाचोकमा आएर कोणसभामा परिणत भएको थियो । र्यालीमा ओली सरकार विरुद्ध अनेकानेक नारा लगाईएको थियो ।
हरेक प्रधानमन्त्रीले यसरी संसद विघटन गर्दै जाने हो भने देशमा स्थायी सरकार नहुने र देशको विकास ठप्प हुने कारण देखाउदै यो विरोध र्याली गर्न परेको नेपाली कांग्रेस रामेछापका पुर्व सभापती रामचन्द्र खड्काले बताए ।
नेपाल कम्युनिष्ट पाटीको यस्तै हर्कत रहिरहने हो भने नेपाली जनतालाई हक अधिकारका दिलाउनकालागि नेपाली कांग्रेसको सरकारको विकल्प नरहेको नेपाली कांग्रेस रामेछापका सभापती लवश्री न्यौपानेले बताए ।
८ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । संसद विघटनविरुद्ध परेको १२ वटा रिटको बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाई भएको थियो ।
इजलासले सबै रिटहरु संवैधानिक इजलासबाट सुनुवाई गर्ने गरी पठाउन आदेश दिएका छन् । तर संसद विघटनको कदम रोक्ने गरी अन्तरिम आदेश दिन अस्वीकार गरे । अब यी सबै रिटमा शुक्रबार संवैधानिक इजलासमा सुनुवाई हुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्न गरेको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको स्वीकृति असंवैधानिक भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीसमेत रिट लिएर सर्वोच्च अदालत पुगेका थिए ।
बुधबार कञ्चनकृष्ण न्यौपाने, समृत खरेलसमेत, लोकेन्द्र केसीसमेत, ज्ञानेन्द्रराज आरणसमेत, शालिकराम सापकोटासमेत, कमलबहादुर खत्री, मनिराम उपाध्याय, दिनेश त्रिपाठी, अनिता गौतम पौडेलसमेत, दीपक राईसमेत, तुलसी शिंखडाले पनि रिट दायर गरेका थिए ।
सबैजसो रिटमा संसद विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदम बदर गर्न माग गरिएको छ र मुद्धाको किनारा नलाग्दासम्म संसद सञ्चालनको अन्तरिम आदेश दिन माग गरेका थिए ।
‘प्रधानमन्त्री र राष्ट्रपतिको कदम असंवैधानिक’
बुधबार संसद विघटनसम्बन्धी रिटमाथिको सुनुवाईमा कानुन व्यवसायी र संवैधानिक कानुनका जानकारहरुले प्रधानमन्त्री र राष्ट्रपतिलाई संसद विघटन गर्ने अधिकार संविधानले नदिएको भन्दै उनीहरुले गरेकाे काम असंवैधानिक भएको जिकिर गरेका थिए ।
बहसमा भाग लिने शम्भु थापा, हरिहर दाहाल, कृष्णप्रसाद भण्डारी, गोविन्द बन्दी लगायतले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएको भन्दै अन्तरिम आदेश माग गरेका थिए ।
वरिष्ठ अधिवक्ता थापाले प्रधानमन्त्रीले संसद छलेको बताए । उनले भने, ‘प्रधानमन्त्री निवेदक र राष्ट्रपति सीडीओ जस्तो हुनुभयो । तोक लगाइदिनुभयो । यो इजलासले आजको मितिमा राष्ट्रपतिको पत्र स्थगत गर्न गर्नुपर्छ । अन्तरिम आदेश होस् ।’
अर्का वरिष्ठ अधिवक्ता दाहालले पनि अन्तरिम आदेशसहित पूर्ण इजलासमा बहस गर्नुपर्ने बताएका थिए । नेकपा प्रमुख सचेतक देव गुरुङको तर्फबाट बहस गर्दै अधिवक्ता गोविन्द बन्दीले अविश्वासको प्रस्ताव आउने भएपछि संसद भंग गरेँ भनेर प्रधानमन्त्रीले भनेको भन्दै त्यसो गर्न पाइन्छ भनेर प्रश्न गरेका थिए ।
रिट निवेदकहरुको तर्फबाट बहस सुनेका प्रधानन्यायाधीश जबराले सबै रिटलाई संवैधानिक इजलासमा पठाउने निर्णय सुनाए । ‘प्रतिनिधिसभा विघटन गर्ने एउटा धारा ७६ मात्र छ, त्यो कसरी गर्ने भन्ने सर्वोच्च अदालतले निर्क्यौल गर्छ’ उनले भने । अनलाईन खबरले लेखेको छ ।
मन्थलीको देवकोटा चोकदेखि पुरानो कटहरबोटसम्म डिभिजन सडक कार्यालय, खुर्कोट सिन्धुलीले गरेको रोड मार्किङको सम्बन्धमा आलोचना सुरु भएको छ । उक्त स्थानको सडकको बीच भागमा ठेकेदार उमेश कडरिया मार्फत् गरिएको रोड मार्किङ, मार्किङ् गर्दागर्दै लत्पत्तिएर हेरिनसक्नु भएको छ ।
दिउँसोको समयमा सडक अतिव्यस्त हुँदा उक्त सडक मार्किङमा समस्या देखिएको मन्थली बजारका स्थानीयहरुले बताएका छन् । सेतो इनामेलले लगाउँदा लगाउँदै उक्त मार्किङ् लाइनबाट सवारीहरु आवतजावत गर्दा इनामेल लत्पत्तिएको छ भने मार्किङ समेत पुछिएको छ । उक्त कार्यका ठेकेदार कडरियालाई टेलिफोन सम्पर्क गरी मार्किङ कार्यमा समस्या देखाउँदा सवारी चालकहरुले आफ्नो कार्यलाई सहयोग नगरी इनामेल नसुक्दै सवारी चलाएर समस्या देखिएको बताएका छन् ।
उक्त मार्किङको बारेमा कुराकानी गर्दै कडरियाले भने, ‘म आफ्ना कामदारहरुलाई काम लगाएर विशेष कामले सिन्धुली आएको छु । सडकमा लगाएको मार्किङ् कामै नलाग्ने भएर लत्पत्तिएको रहेछ भने पुनः त्यसलाई भोलि मार्किङ गर्नेछु । भन्न त मैले स्थानीय ट्राफिकलाई सडक मार्किङको बारेमा जानकारी गराएको थिएँ । मैले सडक विभागले तोकेको मापदण्ड अनुसार नै काम गरेको हूँ ।’
सडक मार्किङमा इनामेललाई निकै पातलो बनाई लगाउनुले पनि सो समस्या आएको स्थलगत अवलोकन गर्दा देखिएको छ । यस सम्बन्धमा थप जानकारी लिन डिभिजन सडक कार्यालय खुकोर्टका इन्जिनियर रामबहादुर विश्वकर्मालाई टेलिफोन सम्पर्क गर्दा उनले फोन उठाएनन् ।
Fiber To The Home – FTTH सर्भिस छिटो र सस्तो हुने टेलिकम रामेछापका प्रमुख विष्णुप्रसाद भण्डारीले बताएका छन् । रामेछापमा यो सेवा छिट्टै सुरु हुने जानकारी उनले दिए ।
Fiber To The Home – FTTH सर्भिस सुचारु भए पश्चात टेलिकमले दिने ईन्टरनेट सेवा झनै प्रभावकारी हुने उनको भनाई छ । उनका अनुसार ,ADSL सेवा लिई राखेका ग्राहकहरूले केहि समय पुरानै सेवा चलाउन चाहे पनि केहि समय पछि नयाँ सेवामा अपग्रेट हुन पर्नेछ ।
नेकपा सरकारको विरोध नेपाली कांग्रेस, मानव अधिकार तथा अन्यहरूले मात्रै नगरि नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) आफैले गरिरहेको प्रष्ट देखिएको नेपाली कांग्रेस रामेछापका नेता रत्न कार्कीले बताए । नेपाली कांग्रेस रामेछापले आयोजना गरेको विरोध जुलुसमा संवोधन गर्दै कार्कीले यस्तो बताएका हुन् ।
सभा संवोधन गर्दै कार्की भन्छन् : ‘नेकपालाई भ्रष्टचार गर्न हरेक तहबाट छुट हुन्छ । वडा देखि नै भ्रष्टचार हुन्छ । तर सबै भ्रष्टचार गरेको पैसा ‘सेन्टर कलेक्शन’ हुन्छ । सो रकम उनिहरूले आफ्नो पार्टीलाई मजबुद बनाउन लगाउछन् । र मूलुक कब्जा गर्न खोज्छन् ।’
उनका अनुसार: ‘ नेकपाको सरकार अधिनायकवाद तर्फ लागेको छ । नेकपाले कांग्रेसका वरिष्ट नेतालाई समेत लाठ्ठी चार्ज गराउन पछि नपरेकोले नेकपा सरकारको नैतिकता प्रष्ट देखिन्छ ।’
मंसिर ३०, प्रकाश न्यौपाने / कुमार श्रेष्ठ, रामेछाप
रामेछाप र मन्थली नगरपालिकाका केही वडाहरुमा लागु भइरहेको कृषि वन कार्यक्रमले गरेको बदमासीका बारे उक्त संस्थाका फिल्ड सहजकर्ता तथा शाखा प्रमुख सरोज लामा सहित्को कर्मचारीको टोलीले आफ्नै कार्यालयको विरोधमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । आइतबार उक्त कार्यक्रमका मन्थली शाखा प्रमुख सरोज लामा तथा संस्थाका ८ जना फिल्ड स्तरका कर्मचारीहरुले संयुक्त दस्तखत गरी ‘समुचित न्यायिक पलह गर्न गराउन’ भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
विगत लामो समयदेखि जिल्लाका २वटै नगरपालिकाहरुमा संचालन भइरहेको उक्त कार्यक्रमको पारदर्शिता निकै धमिलो बन्दै गएको थियो । प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रको विवरण यस्तो रहेको छ :
श्री प्रमुख जिल्ला अधिकारीज्यू, जिल्ला प्रशासन कार्यालय मन्थली रामेछाप
विषय : समुचित न्यायिक पहल गर्न गराउन अनुरोध
प्रस्तुत विषयमा बागमती प्रदेश, रामेछाप जिल्लामा संचालित ‘एसोसियशन अफ एग्रिकल्चर नेपाल (आन ) नामक संस्थाको एग्रोफरेष्ट्री प्रोजेक्ट २०७५ सालको अन्त्यतिर संचालनमा आएको जसको हो । कर्मचारी विज्ञापन रामेछापको स्थानीय पत्रपत्रिका, एफएम रेडियोद्वारा सुनेपछि तपशिलका हामीहरुले संस्थाको नियमानुसार निवेदन ग¥यौँ, परीक्षा पनि दियाँै । त्यसपछि धेरै सहभागीहरु मध्यबाट छनोट भई कामका लाग्यौँ । समुदायमा गएर हमीलाई जानकारी भएसम्म कार्यक्रमको जानकारी गराउँदै संस्थाको नियमानुसार सदस्य बन्न प्रत्येक कृषकले रु ५०० (अक्षरेपि पाँच सय रुपैँया मात्र) उठायाँै । सो पछि केही सदस्यहरुलाई बिरुवा वितरण ग¥यौँ भने केही सदस्यहरुलाई तरकारीका बिऊ, केहीलाई खाद्यान्नको बिऊ वितरण गरि दश वर्षका लागि १५ प्रतिशत ढुवानी शुल्क भनि रू. १,५००÷– (अक्षरेपि एक हजार पाँच सय रूपैयाँ मात्र) उठायौँ । उक्त रकम जिल्ला शाखाका प्रमुखलाई जिम्मा लगाउनु पथ्र्याे । शाखा प्रमुखले केन्द्रीय अध्यक्षले भनेको नम्बरमा जम्मा गरिदिनु पर्ने प्रावधान बनाइएको थियो । त्यो पनि २०७६ साल असोज १० मा कोषभर ५ महिनालाई हामी मध्येको सरोज लामालाई शाखाको जिम्मेवारी दिएपछि जानकारी भएको अवगत गराउन चाहन्छौँ । त्यसपछि केण्द्रीय कार्यालयका आधिकारिक व्यक्ति कोही पनि जिल्लामा आउनुभएन । मात्र फोनबाट जिम्मा दिने ÷लिने थियो । बढीमा पाँच महिनालाई जिम्मेवार दिएर शाखा प्रमुख डबल रोकाय भन्ने व्यक्ति गएपछि नफर्किएको र उहाँको विकल्पमा सरोज लामालाई शाखा प्रमुख बनाइएको थियो । त्यस पछि तोकिएका शाखा प्रमुख र २ सय जना भन्दामाथि सदस्यहरु बनाई ढुवानी १५ प्रतिशत असुल गरिसकेको नीरा पाख्रिनलाई स्थायी लेटर पठाई दिएर कार्य गर्न गराउन फोनबाट आदेश वा निर्देशन आउने र शाखामा जम्मा भएको रकम पठाउन भन्ने र सो रकम बैङ्कबाट वा आई.एम.ई बाट पठाउने गरेको थियो । अस्थायी रहुन्जेल रु. १,०००÷– (अक्षरेपि दश हजार रुपैयाँ) र नियुक्ति पत्र पाएपछि रु. १६,५००÷– (अक्षरेपि सोह्र हजार पाँच सय मात्र) र दैनिक भ्रमण भत्ता वा फोन खर्च पाउने भनि सहमति गरिएकोमा अहिलेसम्म तलब भनेर एक रुपैयाँ नदिएको आफूहरुले काम गरेको तलब माग गर्दा भोलिभोलि भनेर टार्ने, फोनमा सम्पर्क गर्दा फोन नै नउठाउने जस्ता व्यवहार गर्न थाले । खर्च कसरी चलाउने भन्दा पाउनु पर्ने तलबको २५ प्रतिशत खर्च लिनु भनिन्थ्यो । सोही बमोजिम गरियो । कार्यक्रम सुस्त चलिरहेको समयमा लकडाउन भयो । लगभग ६ महिनाको लकडाउन पछी खुलेको महिनौँ हुँदासम्म केन्द्रीय कार्यालयले कार्यक्रम सुचारु तर्फ कुनै चासो नदिएको र सदस्य हामी आफै आफन्तहरु रहेको र गाउँले ईष्टमित्र रहेका छन् । बन्दाबन्दी पश्चात खैत कार्यक्रम भनेर सोधिन्छ हामी सँग कुनै जवाफ हुदैन । फोन ग¥यो केही दिनमा हामी आउदैछौँ भन्छन् आउदैनन् । हामीहरुले हाम्रो आफ्नै गाउँले, छिमेकी, आफन्त सदस्य बनाएका छौँ । समाजमा हाम्रा नकरात्मक कुरा काट्न थालिएको छ । नत हामीले तलब पायौँ नत कार्यक्रम नियमित संचालन भएर गाउँले आफन्त सन्तुष्ट भए । हामी गाउँमा सिर ठाडो गरेर हिड्न नपाउने स्थिति भएको छ । त्यसैले हाम्रो समाजमा बाच्न पाउने अधिकारको सुनिश्चित गराउन हाम्रा गाउँले आफन्त छन् । न्यायका लागी किट कार्यक्रम किट रकमको फिर्ता गर्न गराउन यो निवेदन लेख्दैछौँ । हामीले हालसम्म १४९६ जना सदस्यता वितरण गरेका छौँ । जस मध्ये ४२२ जना सक्रिय कृषकको रुपमा कार्ड वितरण गरेका छौँ । रामेछाप र मन्थली नगरपालिकामा जम्मा गरि १४९६ कृषकको न्यायका लागी तपशिल हामीहरुको समाजमा तिरस्कृत हुनबाट बचाउनका निम्ती र हामीले काम गरेको दिनका पारिश्रमिक प्राप्त गर्नका निमित्त अफिस संचालन घरको घरभाडा प्राप्तिका लागी र कार्यक्र हुनेभए नियमित क्रियाकलाप गर्न गराउँन यदि नहुने भए जनताको यानी कृषकहरुको आफ्नो रकम फिर्ता गराउँनका लागि केन्द्रीय सरहरु झिकाई स्थानीय तहको समपस्थितिमा छलफल गर्ने गराउँने वातावरण मिलाउन सादर अनुरोध गर्दछौ । केन्द्रिय कार्यलय सिनामङ्गल काठमाडँौमा रहेको छ भन्ने सुनिएको हो । र हाल कहाँ छ थाहा छैन । केन्द्राध्यक्ष गणेशदत्त भट्ट धेरै वटा मोवाईल नं. मध्ये ९८६८८६८२२३ सम्पर्क हुन्छ । तर जिल्लामा वा शाखामा कर्मचारीहरुले के गरेका छन् कसरी बसेका छन् कुनै साची नगरी छोटो फोनमा कुराकानी गर्दै टार्दै गरी रहेकोले निज केन्द्राध्यक्ष लगाएतका टिमलाई जिल्ला झिकाई स्थानीय तह स्थानीय संचारकर्मिहरुको सहरोहबरमा छलफल गराउदै हामीहरु र कृषक न्ययिक पहल गरिदिनु हुन नम्र आवेदन पेश गर्दछौँ । तपशिल : सरोज लामा (शाखा प्रमुख) सामाजिक परिचालकहरु ः क्रमस. नीरा पाख्रिन सविताकुमारी सुनुवार, सविना कार्की, कविता मगर, अप्सरा कार्की, सविता सुनुवार, निर्मला श्रेष्ठ, विकेस सुनुवार बोधार्थ रामेछाप नगरपालिका कार्यालय मन्थली नगरपालिका कार्यालय (जानकारीका लागि)
(यस संस्थाको बारेमा रामेछापको चर्चित खोजमूलक साप्ताहिक पत्रिका ‘मालश्री’ ले फागुन २० मंगलबार, २०७६ को अंकमा प्रकाशन गरेको ब्यानर न्यूज जस्ताकोतस्तै)
रामेछाप र मन्थली नगरपालिकालाई कार्यक्षेत्र बनाएर संचालन भइरहेको कृषि वन कार्यक्रमले धेरै कृषकहरुलाई निराश बनाएको छ ।
रामेछाप र मन्थली नगरपालिका भित्रका प्राय सबै वडाहरुमा आफ्नो कार्यक्षेत्र बनाएर संचालन भइरहेको परियोजनाले न त नगरपालिकाभित्र कुनै आधिकारिक अनुमति नै लिएको छ न त अनुज्ञा नै ।
रामेछाप नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत ईश्वरराज दाहालले रामेछाप नगरपालिकाभित्र कृषि वन कार्यक्रम नामक परियोजना संचालनका लागि अनुमति दिएको भएता पनि नगरक्षेत्र भित्रको गैरसरकारी संस्थाको गतिविधि तथा नियमन गर्ने निकाय स्वरुप उपप्रमुखलाई समेत थाहै नदिई सो अनुज्ञा लिएको स्वयं उपप्रमुख बताउँछिन् । ‘कृषि वन कार्यक्रमले रामेछाप नगरपालिकाभित्र के कस्तो अनुमति लिएर काम गरिरहेको छ ? भन्ने मालश्रीको जिज्ञासामा रामेछाप नगरपालिकाकी उपप्रमुख सिर्जना खड्का भन्छिन्, ‘यो संस्थाको कुनै पनि आधिकारिकता नगरपालिकासँग आएको छैन । पहिलाको प्रमुख प्रशासकीय अधिकृतले त्यस संस्थालाई अनुमति दिनुभएको भन्ने जानकारी सम्म प्राप्त भएको छ । बाँकी कुरा मलाई थाहा छैन । मेरो अन्डरमा नगरभित्रका गैरसरकारी संस्थाहरु हुने भएता पनि यो संस्थाको बारेमा मैले कुनै लिगल जानकारी पाएको छैन । गाउँगाउँमा कृषकहरुलाई ठगी गरिरहेको छ यो संस्थाले भन्ने विभिन्न व्यक्तिहरुबाट मौखिक गुनासो आउन थालेपछि पटक पटक यो संस्थालाई आफ्नो कागजपत्र लिएर कार्यलयमा आउनू भन्दा पनि कोही व्यक्ति सम्पर्कमा आएको छैन । अब यो संस्थाको वास्तविकता बुझी कानुनी बाटोमा जानुपर्ने देखिएको छ ।’
तस्वीर : मालश्री फागुन २०, २०७६ मा प्रकाशित समाचार । मालश्री ब्यूराे ।
रामेछाप नगरपालिका जस्तै मन्थली नगरपालिकाभित्र पनि यो संस्थाले काम गरिरहेको छ । स्थानीय सरकारको कार्यक्षेत्रभित्र कुनै गैरसरकारी संस्थाले काम गरिरहेता पनि मन्थली नगरपालिकालाई पनि सो संस्थाको बारेमा कुनै अत्तोपत्तो नभएको जानकारी नगर प्रमुख रमेशकुमार बस्नेत बताउँछन् । उनी भन्छन्, ‘म यो संस्थाको बारेमा अनविज्ञ छु । वातावरणसंरक्षण परियोजना मात्रै मन्थली नगरपालिकासँग समन्वय गरेर काम गरिरहेको संस्था हो । नत्र भने कृषि, वन सँग सम्बन्ध राखी हाल कुनै कार्यक्रम लिएर आएको संस्था अरु मेरो जानकारीमा छैनन् ।’
कृषक ठगीको गजबको पाटो
स्थानीय सरकारको गठन भइसकेपछि गाउँगाउँमा कृषि क्षेत्रमा निकै मोटो रकम खर्च भइरहेको छ । त्यसको उपादेयता कति हदसम्म छ, त्यो त भोलिका दिनले समीक्षा गर्ला । तर पनि कृषकहरुलाई विभिन्न अनुदान तथा सहयोग गर्ने धेरै निकायहरु स्थानीय क्षेत्रमा संचालनमा छन् । यता यो संस्थाले भने कृषकहरुलाई अनुदान दिनुको साटो उल्टो रकम असुलेर बिल्लीबाठ बनाएको पाइएको छ । हरेक नगरका वडाहरुमा एक÷एक जना सामाजिक परिचालकहरु खटाएर १० जनाको समूह बनाउँदै समूहमा विभिन्न सपना बाँढ्न लगाएर प्रति व्यक्ति ५ सय रुपैयाँ देखि २ हजार रुपैयाँ सम्म असुलेको हो । यसमा प्रत्येक समूहमा कृषकहरुलाई भेला गर्दै विभिन्न सिजनल कृषि बिऊ, बिजन, कृषि औजार लगायतका सामग्री दिन्छु भनेर सो करम असुल्न लागइएको र कतिपय २ हजार रुपैयाँ तिर्ने कृषकदेखि ५ सय रुपैयाँ तिर्ने हरेक कृषकहरुले आफ्नो लगानी बापतको मूल्य २ हजारबाट ७ वटा मलेसियन सालको बिरुवा र पौष महिनामा एक÷एक पोका प्याजको बिऊ पाएको एक सामाजिक परिचालकले मालश्री लाई जानकारी दिएका छन् ।
गत २०७५ चैत्रदेखि संचालनमा आएको सो परियोजनाको केन्द्रीय कार्यालय सिनामंगल, काठमाडौंमा रहेको जानकारी प्राप्त भएको छ । तर आफ्नो केन्द्रीय कार्यालय सिनामंगलको कुन ठाउँमा रहेको छ ? भन्ने कुरा हाल कृृषि वन कार्यक्रमको रामेछाप शाखा प्रमुखको रुपमा रहेका सरोज लामालाई समेत थाह छैन ।
असुलेको रकम हातहातै, बैंकमार्फत गएन
कृषि वन कार्यक्रमले कृषक समृद्धिको लागि भन्दै असुलेको ५ सयदेखि २ हजार रुपैयाँ सम्मको रकम सामाजिक परिचालकहरुले कुनै बंैक खातामा जम्मा नगरी हातहातै बुझाएको जनाएका छन् भने बुझेको रकम पनि यस कार्यक्रमले बैंक खातामार्फत खुलाएको छैन । यस्तो जानकारी पाएपछि ‘यत्रो परियोजना संचालन गरिसकेपछि पनि बैंक खाता किन नखोल्नु भएको ?’ भन्ने मालश्रीको जिज्ञासामा शाखा प्रमुख लामा भन्छन्, ‘हामीलाई केन्द्रले नै बैंक खाता खोल्न अनुमति दिएको छैन । केन्द्रले चिठी नपठाई हामीले यहाँ कुनै बंैकमा पनि खाता संचालन गर्न मिल्दैन ।’ लामाको यस्तो गैरजिम्मेवारीपूर्ण कुराले कृषकहरुबाट असुलेको यस किसिमको रकमको दुरुपयोग हुनसक्ने सहज अनुमान लगाउन सकिन्छ । करिब १ वर्ष अघिदेखि रामेछाप जिल्लामा संचालनमा आएको परियोजनाको बैंक खाता समेत नहुनुलाई निकै शंकास्पद रुपमा लिन सकिने ठाउँहरु छन् ।
सामाजिक परिचालकहरु गाउँ जान सक्दैनन्
यस कार्यक्रमका लागि छनोट भएका सामाजिक परिचालकहरु गाउँ फर्कन नसक्ने अवस्थामा पुगेका छन् । गाउँमा गएर २ सय जना सम्मको समूह बनाएर पैसा असुल गरिसकेकी एकजना सामाजिक परिचालकले भनिन्, ‘अब म गाउँ फर्कन सक्ने अवस्था छैन । मेरो अफिसले कृषकहरुलाई जुन सपना बाँढ्न लगाएको थियो, सो अनुसार कृषकलाई दिने भनेको न बिऊ दिन सक्यो, न त अन्यकुनै कृषि सामग्री नै । अहिले गाउँबाट फोन आको आयै छ । फोन उठाउँन नपाउँदै ‘आफ्नो बिहे खर्च उठाइस् होला नि हैन ?’ भनेर प्रश्न तेर्सिन थालेको छ । यस्तो अवस्थामा न संस्थाले कुनै रेस्पोन्स दिएको छ, न त हामीले नै केही गर्न सकिने अवस्था छ ।’
कार्यक्रमको ढाँचा, नेटवर्किङ्ग बिजनेश जस्तै
कृषि वन कार्यक्रमको कार्यशैली जस्तै झण्डै हिजोका हर्बो, युनिटी लगायतका गैर कानुनी नेटवर्क बिजनेश जस्तै देखिएको छ । सामाजिक परिचालकहरु छनोट गर्ने समयमा प्रति परिचालक १ हजार रुपैयाँ मासिक तलब दिने भनिएता पनि मासिक १० हजार तलब कसैले पनि पाएका छैनन् । गाउँमा गएर कृषकहरुलाई झुटो सपना देखाएर ल्याएको प्रति सदस्य ५ सय रुपैयाँ रकमबाट १ सय २५ रुपैयाँका दरले सामाजिक परिचालकहरुलाई दिएएको छ । एक परिचालकले २ सय जना सदस्य अर्थात् २० समूह बनाएपछि मासिक १७ हजार रुपैयाँ दिने, संस्थामा इनडोर काम दिने र अफिस पोशाक समेत दिने भनि मौखिक सहमति गरिएको अवस्थामा न कोही इनडोर स्टाफ बन्न सके, न त कसैले अफिस पोशाक नै पाए ।
नियुक्ति पत्रको समेत आधिकारिक व्यवस्था नगरी गाउँमा कृषकहरुलाई भ्रममा पारी रकम असुल्न पाठाएको उक्त संस्थाले आफ्नो कानुनी प्रावधान समेत कार्यरत क्षेत्रमा पु¥याएको छैन । यस्तो गतिविधिलाई नियाल्दा कृषि, वन कार्यक्रको गतिविधि निकै शंकास्पद देखिएको छ । हाल रामेछापका २ वटा नगरपालिकामा कार्यक्षेत्र बनाएको संस्थाको कार्यालय, बसपार्कमा रहेको छ ।
वर्तमान ओली नेतृत्वको सरकारको विरोधमा नेपाली काँग्रेसको देशब्यापि विरोध ¥यालीको क्रममा सोमबार मन्थलीमा पनि विरोध ¥याली निकालिएको छ । जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरुको सभागितामा भैसेश्वर चोकदेखि कटहरबोटसम्म आइपुगेको ¥यालीमा करिब २ सय जना भन्दा बढिको सहभागिता रहेको थियो । पछिल्लो समयमा वर्तमान सरकारको कार्यशैली तथा केही दिन अघि तनहुँमा नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलमाथि प्रहरीले गरेको ज्यादतीको विरोध स्वरुप उक्त ¥यालीको आयोजना गरिएको हो । आइतबार बेलुका मन्थलीको देवकोटा चोकमा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता भेला भई सिटी जुलुस पछि आयोजना गरिएको कोणसभामा सोमबार विरोध ¥याली गर्ने घोषणा गरिएको थियो । सोमबार भएको विरोध ¥याली पछि देवकोटा चोकमै कोणसभाको समेत गरिएको थियो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक नजिकै गरिएको सभामा नेपाली काँग्रेसका जिल्लास्तरका नेताहरुले वर्तमान सरकारको चर्को विरोध गर्दै मन्तव्य राखेका थिए । ‘केपी ओलीको चमत्कार, जताततै भ्रष्ट्राचार’ भन्ने जस्ता नारा लगाउँदै गरिएको कार्यक्रममा बोल्ने सबै वक्ताहरुले वर्तमान सरकारको कामगर्ने तरिका र नेता रामचन्द्र पौडेलमाथि भएको प्रहरी दमनको विरोध गरेका थिए । नागरिकहरुको प्रत्यक्ष मतदानबाट स्थापना भएको कम्युनिष्ट सरकारबाट नागरिकहरुकै कुनैपनि अत्यावश्कीय मुद्धाहरुको सम्बोधन नभएकोमा काँग्रेस नेतृ गङ्गा अधिकारीले ठाडो कटाक्ष गरेकी थिइन् । नागरिकमैत्री सरकार बनेपछि स्वयं नागरिकहरुका अधिकार र पहुँच स्थापित हुनुपर्ने भन्दै नेतृ अधिकारीले नागरिकहरुले अहिलेको सरकारको कार्यशैली देखेर अबको कार्यकालका लागि नेपाली काँग्रेसलाई मतदान दिनुपर्ने धारणा राखेकी छिन् । कोणसभालाई सम्बोधन गर्दै अधिकारीले अगाडि भनिन् ‘नागरिकहरुको शिक्षा र स्वास्थ्यको विषयलाई गहनसँग उठानका लागि समेत अबको कार्यकालका लागि नेपाली काँग्रेसलाई जिताउनु पर्छ ।’ नागरिकहरुका हक र अधिकारलाई सुनिष्चित गर्ने बहानामा संविधानसँग बाझिने गरी विभिन्न विध्येकहरु वर्तमान सरकारले ल्याउने गरेको तर्फ अर्का नेता धु्रव लामाले प्रहार गरेका थिए । पहिलो वर्ष विभिन्न बहाना गरेर कार्यकाल बिताएको वर्तमान सरकारले दोस्रो वर्ष व्यापारिहरुको ढाड सेकिनेगरी बढाएको करको बारेमा लामाले आफ्नो अभिमत व्यक्त गरेका थिए । विकास र संवृद्धिको सुनिष्चितताका खातिर वर्तमान सरकारले बढाएको करको दायराले नेपाली नागरिक र विशेषगरी व्यापारीहरुमा प्रत्यक्ष प्रभाव परेको तर्फ लामाको मन्तव्य केन्द्रीत थियो । मन्तव्यकै क्रममा लामाले अगाडि भन्छन्, कोरोना भाइरसको समयमा विभिन्न खाले मेडिकल माफियासँग मिलेर यो सरकारले करोडमा होइन, अरबौं अबर भ्रष्ट्राचार गरेको छ । डब्लुएचओबाट आएका करोडौं करोड रकम भ्रष्ट्राचार गरेको छ । वर्तमान ओली सरकारको कार्यशैलीका कारण नागरिक सुरक्षा लगायतका ३ वटा ठूलाठूला समस्याहरु चुनौतिको रुपमा खडा भएको छ । वर्तमान संघीय लोकतान्त्रीक व्यवस्थामा माथिको चुनौति समेत खडा भएको छ ।’ बिहान ११ बजेदेखि सुरु भएको ¥याली बाट कोणसभा सम्पन्न हुँदा सम्म करिब ३ घण्टाको समय बितेको थियो । जन उपस्थिति भन्दा पनि बढी कार्यकर्ताहरुको जमातलाई नेपाली काँग्रेसका जिल्लास्तरीय नेताहरुले सम्बोधन गरेझैं लाग्दथ्यो । सम्बोधनका क्रममा नेपाली काँग्रेसका नेता तथा निर्माण व्यवसायी पूर्णबहादुर तामाङ कान्छारामले पनि सम्बोधन गरेका थिए । गत एक वर्षमा आफूले जिल्लाको विभिन्न स्थानमा बाँढेका एम्बुलेन्समाथि आफैंप्रति प्रश्न तेर्सिएको तर्फ इङ्गित गर्दै तामाङ्ले कोरोना भाइरसका कारण भएको लकडाउनमा आफैंले मान्छे ओसार्न एम्बुलेन्स प्रयोग गरेको भन्ने आरोप लागेको समेत उनको धारणा थियो । वर्तमान प्रदेश सभा सांसद तथा बागमती प्रदेशका अर्थमन्त्री समेत रहेको कैलाश ढुङ्गेलले आफूमाथि विभिन्न आरोप लगाएको समेत तामाङ्ले कार्यक्रममा बताएका थिए । नेपालका कम्युनिष्ट हरुले २०६३ सालमा फालि सकिएको राजा पुन ल्याउन लागेको आरोप समेत उनले लगाएका थिए । विभिन्न संरचना निर्माणका लागि आवश्यक पर्ने फलामे रडमा प्रतिकिलो २२ रुपैयाँ सम्म मूल्यवृद्धि गरेर वर्तमान सरकारले अर्को निर्वाचनका लागि नगदको जोहो गर्न लागेको धारणा तामाङ्ले राखेका थिए । सभालाई सम्बोधन गर्दै नेता तामाङले अगाडि भने, ‘वर्तमान समयमा नेपालका सम्पूर्ण प्रदेशहरुमा ३ अरबको भ्रष्ट्राचार भएको छ । भ्रष्ट्राचार नभएको जिल्ला सिन्धुली र रामेछाप मात्रै हो । रामेछापमा उपभोक्ता समिति बनाएर काम गर्नुपर्छ भन्ने कुरा नमान्दा कैलाश ढुङ्गेलले एक इन्जिनियरको सरुवा नै गरिदिएका छन् । आफूले खान पाए ठिक, नपाए बेठिक । कैलाश ढुङ्गेलको त्यो व्यवहार हो ?’ तामाङले प्रश्न उठाएका थिए । सभामा बोल्ने सबैजसो वक्ताहरुले वर्तमान सरकारको कार्यशैलीको ठाडो विरोध गरेका थिए ।
(पछिल्लो समय नागरिकहरु राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै सडकमा उर्लिएका छन्। ठूलो आन्दोलन र संघर्षले जन्मिएको गणतन्त्रप्रति किन नागरिकको वितृष्णा बढ्दै छ? कतै नेकपाको सरकारकै कारण त यस्तो भएको हैन? यसै सन्दर्भमा लामो समय देखि तत्कालिन नेकपा माओबादीबाट राजनीति सुरु गरी हाल नेकपाबाट निर्बाचित बर्दीबास नगरपालिका वडा नं ७ का अध्यक्ष फाल्गुण सुस्लिङ मगरसंग संवार्ताकार उद्धव अविचलले गर्नुभएको संवादको संपादित अंश।)
———————————-
पछिल्लो समयमा जनताहरु सरकारसंग पूर्ण रुष्ट भएको अनुभूति गर्न सकिन्छ, तपाई पनि स्थानीय सरकारको प्रतिनीधित्व गर्नु हुन्छ, तपाईको चाँहि के बिचार छ ?
कम्युनिस्ट सरकार सत्तामा आयो भने जनमुखी काम गर्नेछ भन्ने चुनाव अघि जनता को भरोसा र आसा थियो । त्यस्तै सोचवीच दुई ठुला पार्टी को कार्यगत एकता समेत भयो र निर्वाचन मा तीन तहमा नै जनता ले अमुल्य मत दिई कम्युनिस्ट पार्टीलाई दुई तिहाइ नजिक को म्यान्डेड दियो । जुन आशा र आकाङ्क्षा जनताले राखेका थिए विभिन्न कारण ले जनताले सोचेको र चाहेको जस्तो काम हुन सकेन।सरकारले कर बढायो यसले जनता को ढाड सेक्ने काम गर्यो बास्तवमा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्ति पश्चात् तीन तहमा राज्यका अधिकारहरु प्रत्यायोजन भयो । हिजोका दिनमा झै जनकपुर जलेश्वर र काठमाण्डौ जानु पर्ने प्रशासनिक बाध्यता हटेर गएको छ। अहिले संविधान बनेपछि को पहिलो निर्वाचन भएको ले विभिन्न ऐन कानुन कार्यविधीहरु बन्न बाकी रहेकोले पनि समस्या उत्पन्न भएको नै हो । कामै नभएको चाहिँ होइन तर जन अपेक्षा अनुसार नभएको ले पनि जनता रुष्ट भएका चाहि पक्का हुन् ।
राजतन्त्र र हिन्दुराष्टको माग गर्दै स्वतन्त्र नागरिकहरु सडकमा उर्लिरहेका छन्, के यो तपाईहरु प्रतिको जनताको बितृष्णा हैन र?
शान्तिपूर्ण आन्दोलन जुलुस सभा गर्न पाउनु नागरिकको स्वतन्त्र अधिकार हो। अहिले जुन किसिमले राजतन्त्रको समर्थनमा जुलुसहरु निस्की रहेका छ्न् त्यो हाम्रै सरकारको कारणले हो जस्तो लाग्छ, किन भने हिजो “सिंहदरवार गाउँ- गाउँमा ” भन्ने नारा सहित चुनाव मा होमियौ र जित हासिल गर्यौ। अहिले एक जना मेयर अथवा प्रदेश माननीयलाई भेट्न चिट काटेर तीन दिन अघि नै समय लिनु पर्ने अवस्था आएको छ । यही सिस्टम हो त आम नागरिकले चाहेको? अर्कातर्फ चरम भ्रष्टाचार कमिशन को खेल भइरहेको छ।आफूलाई छोटे राजाको रुपमा प्रस्तुत गरेका छ्न जन निर्वाचित केही जनप्रतिनीधिहरुले। चित बुझ्दो काम सबैतिर भएको छैन । त्यही आक्रोस र वितृष्णाका कारण नागरिकहरुले विकल्प खोज्दै सडकलाई रोजेका हन् नै। तर अहिलेको परिवेशमा यो सम्भव छैन जुलुस र नारा लगाँउदैमा राजतन्त्र फर्की हाल्छ जस्तो लाग्दैन मलाई?
तपाई लामो समयदेखि राजनीतिमा सक्रिय व्यक्ति हुनुहुन्छ । तपाईल गरेको राजनीतिले तपाईको वडाका नागरिकहरुले कतिको सेवा सुविधा लिएका छन्?
मेरो राजनैतिक यात्रा को सुरुवात ०४९ साल मा अ .ने .ज.युवालिगको सदस्यता प्राप्ती पछि भएको हो। विभिन्न पारिवारिक समस्या को कारण होलटाइमर भएर हिड्न सकिएन । मैले सकृय राजनैतिक यात्रा २०६४ बाट शुरु गरेको हु। तत्कालिन नेकपा माओवादीमा रही शुरु भएको हो। पार्टीको जनबर्गिय सङठन वाइसियल (YCL) नेपाल महोतरी जिल्ला बरिष्ठ उपाध्यक्ष , मगर मुक्ती मोर्चाको जिल्ला सचिव र पार्टी जिल्ला सदस्य हुँदै राजनैतिक यात्रा अघि बढेको हो। म निर्वाचित भए पछि म जनप्रतिनिधि भन्दा पनि जनताको सेवक भएर काम गरिरहेको छु ।जनताका हरेक समस्यामा डटेर लाग्ने र जनताको पक्षबाट उभिएर समस्याको सामना गरेको छु। प्रशासनिक सेवा छिटो, छरितो र बिना झन्झट काम गरिरहेको छु । हामी जनतामाथी शासन गर्न निर्वाचित भएका होइनौ । उहाँ हरु लाई छरितो सेवा प्रवाह दिन निर्वाचित भएका हौ । म दावाका साथ भन्न सक्छु प्रशासनिक र मेरो वडाबाट पाउने सेवामा जनता बेखुसी छैनन् ।
पछिल्लो समयमा खेल क्षेत्रमा पनि यहाँको सक्रियता देखिन्छ, एउटा नागरिक अगुवाको भूमिका पनि निर्वाह गरिरहनु भएको छ? सबै क्षेत्रमा काम गर्न अलि कठीन भएको महशुस गर्नुहुन्न?
म पूर्व फुटवल खेलाडी पनि हुँ। त्यसैले खेलप्रतीको मोह र माया म भित्र ज्यादा छ। पछिल्लो समयमामा बर्दिवास नगरभित्र खेलकुद गतिविधि ढप्प भएको महसुस भयो। विभिन्न खेलाडी भाइहरुले गुनासो गर्नुभयो । उहाँहरुले म प्रति आशा गरेकोले मैले त्यो कर्तव्य पूरा गरे । मैले आफ्नो व्यक्तिगत रममबाट र मैले पाउने मासिक प्रशासनिक खर्च मिलाई करिव रु१२५०००/- बरावर को खेककुद सामाग्रीहरू बितरण गरेको छु। साथै खेलकुद मा युवा बर्गलाई आकर्षित गर्न र खेल लाई व्यवसायिक बनाउन सकिए विभिन्न कुलतबाट युवालाई जोगाउन सकिने रहेछ भन्ने महशुस गरेको छु मैले। साथै युवालाई खेल क्षेत्रबाट जोविकोपार्जन गराउन सकिने रैछ भनेर अघि बढेको हुँ । यसको अलवा नागरिकको हकहितमा काम गर्दा मैले आजसम्म कही कतै पनि आफूलाई अप्ठेरो महशुस गरेको छुँइन।
देश कोरोना भाईरसको संक्रमणले ग्रसित छ । यस्तो विषम् परिस्थितिमा तपाईको वडाले कस्तो सजगत अपनाइरहेको छ?
अहिले देश कोभिड महामारी को चपेटा मा छ। त्यसमा मेरो वडा अछुतो रहने कुरै भएन । पछिल्लो चरणमा भारत लगायत अन्य मूलुकबाट आउने व्यक्तीहरुलाई बोर्डर सम्म ज्यान जोखिम मोली नगर को क्वारेन्टाइन मा राखियो । विभिन्न सचेतना र जनचेतताको लागि घरदैलो देखि मास्क बितरण, हात धुने स्टेसन सार्वजनिक स्थान मा राख्ने काम भयो । लकडाउन को कारण काम गर्न नसक्ने भोका परिवार लाई राहतको अभाव हुन दिइन। लगभग सवै वडा भन्दा धेरै चोटि राहत मेरो वडामार्फत बितरण भयो। जनतालाई भोको रहन दिइएन ।अहिले बिस्तारै बिधालय खुलेका छन बिद्यार्थीहरु लाई सुरक्षित रुपमा पठनपाठन गराउन प्रत्येक बिधालयमा हेन्डवास स्टेसन बनाइएको छ। स्वास्थ्य सचेतना अपनाइएको छ । अझ संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै , हामीहरुले थप सजगता र होशियारी अपनाइरहेका छौ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कामको स्वाद लिने बेला नभएको बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले बताएका छन् । मन्थली नगरपालिका वडा नंं १३ मा रहेका श्री मा.वि. हर्रे चिण्डेको नव निर्मित विद्यालय भवन उद्घाटन गर्ने क्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।
उनका अनुसार एउटा किविको फल खान त ३ वर्ष कुर्नु पर्छ भने सरकारको कामको प्रतिफल लिन अझै समय कुर्नु पर्छ । नेकपाको सरकार आएपछि सडक कालोपत्रे धेरै भएको छ र बिजुलीबत्ती समेत धेरै बलेको छ । नेकपा सरकारको यस्तो काम देखेर नागरिकहरू आत्तिई सकेको मन्त्री ढुङ्गेलको कथन छ ।
ढुङ्गेल थप्छन्:अब हामीले भोट माग्ने ठाउँ नै छैन । नागरिकलाई चाहिने जति सेवा सुविधा हामीले दिई सकेका छौँ । अब के भनेर भोट माग्ने ? कालो पत्रे चाहिँदैन भने भोट देउ भनेर माग्ने ? कि विद्यालयहरू चाँहिदैन भनेर भोट माग्ने ? हामीले सुविधा सम्पन्न विद्यालय बनाई सकेका छौँ । हामीले सडकहरू धमाधम कालोपत्रे गरेका छौँ । गाँउगाउँमा बिजुली बत्ती पुर्याएका छौँ ।’
मन्तव्यका क्रममा नेपाली कांग्रेसले कहि कतै बाटो नबनाएको मन्त्री ढुङ्गेलले आरोप लगाएका छन् । मन्त्री ढुङ्गेलका अनुसार काम गरे पछि बिग्रने भत्कने हो । नेकपाको सरकारले काम गरेको छ, बाटो बनाएको छ र त भत्किन्छ । नेकपाको सरकारले गरेको विकास देखेर डाहा गरेको प्रष्ट देखिन्छ ।
पर्यापर्यटनले भरिपूर्ण रहेको गोकुलगंगा गाउँपालिकाको चुचुरेमा रहेको ठूलो ढुङ्गा प्रचारप्रशारको अभावमा ओझेलमा परेको छ । आध्यात्मिक बौद्ध दर्शनलाई जीवन्त राख्न सफल भएको यो ढुङ्गा सरोकारवाला निकायको दूरदृष्टिको अभावका ओझेलमा परेको हो ।
गोकुलगंगा गाउँपालिका वडा नं. १ चुचुरेको साङ्बाडाँडा सँगै रहेको यो ढुङ्गा ठूलो ढुङ्गा नामले परिचित छ । यो ढुङ्गा सम्भवतः यस पालिका भित्रकै साँच्चै नै ठूलो ढुङ्गा हो भने चुचुरे क्षेत्रको चाहिँ ठूलै ढुङ्गा भएको स्थानीयहरु बताउँछन् । यस ढुङ्गामा १ हजार ८ बौद्ध धर्मका लामा गुरुहरुले उच्चारण गर्ने मन्त्रहरु कुँदिएका छन् । करिब २ सय मिटर भन्दा बढी गोलाई रहेको यो ढुङ्गाको वजन कति छ ? भनेर सिधा आँखाले अनुमान लगाउन सकिँदैन । हेर्दा साँच्चै अजङ्गको ढुङ्गा देखिन्छ । यस ढुङ्गामा कुँदिएका लामा मन्त्रहरु सामान्य मान्छेले पढ्न सक्ने खालका छैनन् । यस ढुङ्गाको बारेमा निकै रोचक किंवतन्दी भएको स्थानीय होमप्रसाद दाहाल बताउँछन् । दाहालले पनि यस ढुङ्गाको किंवदन्तीलाई सुनेको आधारमा आफूले सुनाउन सकेको हामीलाई बताएका छन् । उनका अनुसार यस ढुङ्गा भएको ठाउँमा परापूर्व कालमा ठूलो पोखरी थियो । एक पटक कुनै स्थानबाट बिहेको जन्ती आएको र रात परेका कारण ती जन्तीहरु यसै ढुङ्गाको ओडारमा बास बसेको साथै खानपिन समेत सोही ठाउँमा गरेका थिए । बास बस्ने व्यक्तिहरुले पोखरीको पानी प्रयोग गरी पोखरीमा जुठो गरेको कारण दैवी शक्तिमा क्रोध पालाउन गई ढुङ्गा पल्टिएको र सो ढुङ्गाले किचेर दुलाहा दुलही सहित् सबै जन्तीहरु किचिएको जन आहान रहेको छ ।
शाक्यमुनी गौतम बुद्धको आराधानामा प्रयोग गरिने मन्त्रहरु कुँदिएको अहिले प्रत्यक्ष देख्दा भने साँच्चै अचम्म लाग्ने गर्दछ । मार्तोल र छिनोको प्रयोग गरेर मात्र यी मन्त्रहरु यस ढुङ्गामा कुँद्न सकिने अवस्था भएको वास्तविकतामा विगत लामो समय पहिला यी अक्षरहरु कसरी कुँदिए भनेर जो कोहीको मनमा पनि प्रश्न चिन्ह खडा हुने नै गर्दछ । अजङ्गको ढुङ्गामा यति मेहनत गरेर आखिर यी मन्त्रहरु कति वर्ष अघि कुँदिएको होला ? प्रश्न आफैँमा अनुत्तरित छ । कसलाई सोध्ने या को बाट बुझ्ने ? सोच्न मन लाग्ने खालको छ ।
यस ढुङ्गाको उत्तरपट्टी देवीको मन्दिर समेत रहेको छ । यस मन्दिरमा हरेक चण्डीपूर्णिमा र बाल चतुर्दशीमा मेला लाग्ने गरेको दाहाल बताउँछन् । नेपाल आफैंमा धार्मिक सहिष्णुता भएको देश हो । नेपालमा धर्मका नाममा न यहाँ कहिल्यै झगडा भयो न त दंगा फसाद् नै । यसैको उदाहरण स्वरुप यस ढुङ्गामा कुँदिएका बौद्ध धर्मका मन्त्रहरु र सँगै रहेको देवी मन्दिरको समान सार्थकता र महत्वले यस क्षेत्रलाई अझ भक्तजनहरुको मिश्रित उपस्थितिको सम्भावनालाई बलियो बनाएको छ ।
शाक्यमुनी गौतम बुद्ध आफैंमा नेवारी समुदायका व्यक्ति हुन भन्ने समेत कहिँकतै विश्वास गरिएको छ । यद्यपि गौतम बुद्ध नेवारी समुदायका हुन् कि हैनन् भन्ने यकिन गर्न सकिएको छैन । विभिन्न समयमा प्रकशन भएका विविध शोध सामग्री तथा अनुसन्धानलाई समेत मध्यनजर गर्ने हो भने उनी शाक्य वंशका हुन् । हालका दिनमा शाक्यहरु नेवारी समुदायका हुनु र हिनायाना बुद्धको रुपमा नेवारहरुले बौद्ध धर्मलाई मानिरहेका हुनुले गौतम बुद्ध नेवारी समुदायका हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ । जो कोहीले गर्ने अनुमानलाई अझ बलियो बनाउन यस ढुङ्गामा प्रयोग गरिएको रञ्जना लिपिलाई लिन सकिन्छ । यहाँ कुँदिएका अधिंकाश मन्त्रहरु चीनको स्वशासित क्षेत्र तिब्बतमा प्रयोग हुने भोटे भाषाको सम्बोटा लिपि प्रयोग भइरहेको अवस्थामा नेवारी भाषाको रञ्जना लिपि समेत यस ढुङ्गामा प्रयोग हुनुले यहाँ जातीय तथा भाषिक सहिष्णुताको सन्देश समेत अझ बलियो भएको छ ।
हाल यो ढुङ्गामा कुँदिएका लिपिहरुलाई विभिन्न रङ्ग लगाएर कलात्मक बनाइएको छ । अघिल्लो वर्ष गोकुलगंगा गाउँपालिकाद्वारा विनियोजित ४ लाख बजेटले अक्षरहरुमा रंग लगाउँदा यसको प्राकृतिक सुन्दरता केही खस्केको जस्तो देखिएको छ । विभिन्न रंगका इनामेल लगाइको कारण यस ढुङ्गामा अक्षर कुँदिएका भन्दा पनि रंगले अक्षर लेखिएको जस्तो देखिएको छ । परापूर्व कालमा जे जस्तो महिमा र गरिमा रहेको भएपनि साविक झैं यहाँ अझै पनि बलिप्रथा चल्दै आएको छ । शाक्यमुनी गौतम बुद्धको उपदेशमा भनिए झैं अहिंशावादी सोचको खिलाफ हुनेगरी यस स्थानमा बली पूजा हुनुले यस ढुङ्गाको बौद्ध दार्शनिक मर्ममा भने चोट पुगेको छ । हुन त ढुङ्गाको उत्तरतर्फ रहेको देवी मन्दिरमा बलि चढाउने गरिएको छ । यसै पनि देवी भगवतीलाई बलि चढाउने गरिएको सन्दर्भमा अहिंशावादी बौद्ध परम्परालाई साँक्षी राखेर बली प्रथा समेत सँगै लैजानु सान्दर्भिक नभएको र निकट भविष्यमा नै बुद्धिष्ट समाजसँग समन्वय गरी बलिप्रथालाई अन्त्य गर्ने कुरामा आफूहरु लागिरहेको दाहाल बताउँछन् ।
गोकुलगंगा गाउँपालिकाले आफ्नो पालिका क्षेत्रभित्र भएका पर्यटकीय क्षेत्रहरुको संरक्षणका लागि गरेको प्रयासलाई निकै प्रशंसनीय मान्न सकिन्छ । चुचुरेको खिम्ती किनारमा रहेको स्टोन गार्डेन देख्दा मुस्ताङ्को झल्को आउने गर्दछ । यहाँ पुगेपछि देखिने नजारा निकै मनमोहक छ, जसको शब्दमा कुनै वर्णन नै सम्भव छैन । छिमेकी जिरी नगरपालिका १ नं. वडासँगै रहेको यस क्षेत्र र साङ्बाडाँडामा रहेको ठूलो ढुङ्गा जस्ता क्षेत्रहरुलाई अझ धेरै प्रचारप्रशार गरी आन्तरिक र बाह्य पर्यटन प्रवर्धन गर्न सकिने यसै वडाका वडाध्यक्ष मणीकुमार लामा बताउछन् ।
दोखलाको जिरी हुँदै गोकुलगंगाको तामे, जट्टापोखरी र सोलुको सगरमाथा बेस क्याम्प सम्म पुग्ने पदमार्गमा पर्ने चुचुरे क्षेत्र पर्या पर्यटन प्रवर्धनका लागि गतिलो सम्भावना बोकेको क्षेत्र हो । चुचुरेका चौंरीको दूधबाट बनेको चिजलाई चपाउँदै र छुर्पीलाई चुस्दै गर्ने पदमार्ग यात्रा निकै हितकारी बन्ने प्रक्षेपण गर्न सकिन्छ ।
मंसीर १९, रामेछाप । मन्थली बजार नजिकै आज आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय नजिकै रहेको ॐ केसीको घरमा राती ११:५० बाट लागेको आगो करिब १ घन्टाको प्रयास पछि नियन्त्रणमा आएको हो । घटनामा कुनै पनि मानवीय क्षति भएको नभएता पनि करिब २५ लाख भन्दा बढीको भौतिक क्षति भएको अनुमान गरिएको छ । ग्याँस सिलिन्डर विष्फोटबाट भएको आगलागीमा सो घरका कुनै पनि सामान सग्ला नरहेको घटनस्थल निरिक्षणमा देखिएको छ । आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, दमकल तथा स्थानीय सहितको सहयोगमा नियन्त्रणमा लिइएको छ भने घरधनी ॐ केसी कामको सिलसिलामा काठमाण्डौमा रहेको र उनको परिवार पुर्ख्यौली घर फुलासीमा हालको लागि बसोबास गरिरहेकोले कुनै मानवीय क्षति हुन नपाएको केसीका दाजु सुन्दर केसीले जानकारी दिएका छन् ।
मंसीर १५, प्रकाश न्यौपाने / कुमार श्रेष्ठ, रामेछाप
गोकुलगंगा गाउँपालिका वडा नं. १ चुचुरेका आङ् टेण्डी शेर्पाले आफ्नो व्यवसायिक कृषि फर्मबाट वार्षिक साँढे चार लाख कमाउने गरेका छन् । विभिन्न ६ प्रजातिको स्याउ, अर्गेली, लौठ सल्लाको नर्सरी तथा चिया खेतीमा विगत १ दशकदेखि रमाउँदै आएका शेर्पा कृषि पेशामा नै आफ्नो भविष्य देख्नेहरुका लागि उदाहरण बनेका छन् ।
गौरीशंकर एप्पल फर्म एण्ड टेक्ससवालिचियाना नर्सरी मार्फत कृषि व्यवसायमा रमाउँदै गरेका कृषक शेर्पाको जीवनको विगत निकै रोमाञ्चकारी रहेको छ । शेर्पाको छोरा हुनुको नाताले पनि बृटिश लाहुरे बन्न रहर भइहाल्छ । तर पनि उनले त्यो रहरलाई थाँती राखेरै २०४२ सालदेखि विभिन्न रुपबाट कृषि कर्ममा लाग्ने र त्यसैलाई धानेर आफू बच्ने, अरुलाई पनि बचाउने कर्ममा लाग्ने प्रण गरे । आफ्नो केही समयको शिक्षण पेशालाई बिट् मारेर शेर्पाले २०७२ सालदेखि यो फर्मको जन्म दिएर त्यसैमा आफूलाई भिजाउने प्रयत्न गरिरहेका छन् ।
शेर्पाको जीवनमा देखेको सपना युएस जाने त पुरा भएन भएन । तर युएसको सपना पुरा नभएपछि उनले जापान जाने र केही कमाउने लाससा भने मनमा बाँकी नै थियो । यसो हुँदा त्यसले आफू र आफ्नो परिवारको मुहारमा खुशी ल्याउने भरमग्दुर प्रयास गर्न बाँकी राखेनन् । यस्तो अवस्थामा पनि शेर्पाले आफूलाई सफल नपाउँदा उनी अन्नतः आफ्नै माटोमा फर्किएर कृषि कर्ममा लागेका छन् । शेर्पाको कृषि फर्म कूल ७८ रोपनीमा फैलिएको छ । ३० रोपनी जग्गालाई शेर्पाले स्याउ खेतीका लागि प्रयोग गरेका छन् भने ४ रोपनी लौठसल्ला नर्सरीका लागि प्रयोग गरिरहेका छन् । बाँकी जमिन चिया खेतीका लागि उनले प्रयोग गरिरहेका छन् ।
जीवनमा कृषि कर्ममा नै किन लाग्नुभयो भन्ने हाम्रो जिज्ञासामा शेर्पाले निकै गहन जवाफ दिए । उनी भन्छन्, ‘सबै खुशी सपनाको खोजीमा नै कहाँ सकिन्छ र ? आफूले चाहेको खुशी खोज्न वास्तविकतामा पनि त आउन सक्नु प¥यो नि ? मैले पनि जीवनमा ठूलो खुशी खोज्दा खोज्दै धेरै उमेर कटाएँ तर वास्तविक खुशी मलाई यही मेरो माटोमा मिलेको छ । अब यसैलाई आफ्नो जिउने आधार बनाउँछु ।’
शेर्पाको यो भनाईले हामीलाई पनि निकै सोचमग्न बनायो । हामीले पनि सोच्यौं, शेर्पाको यो सोचमा दम छ । वास्तवमा नै हामीले खोज्ने खुशी हामीसँगै हुँदो रहेछ । २०७२ सालको भूकम्पको धक्का अझै उनको मनमा ताजै छ । भूकम्पले जमिन हल्लाए पनि उनको मनको योजना र दिमागी सोचमा भने कहीँ कतै क्षति पु¥याउन सकेन । देश भूकम्पको थर्काइमा थर्किइरहँदा उनको मनमा भएको कृषि फर्मको योजना भने विस्तारै विस्तारै अगाडि बढ्दै गयो । अन्तत शेर्पाको सोही वर्ष गौरीशंकर एप्पल फर्म एण्ड टेक्ससवालिचियाना नर्सरी नामक कृषि फर्म दर्ता गरेर काम सुरु गरे । हाल उनको नर्सरीमा भएका स्याउहरु निकै राम्रा देखिन्छन् । केही बोटहरुमा स्याउका चिचिला लागेका छन् भने कोही बोटहरुमा फूलहरु ढक्मकाउन थालेका छन् । आफ्नो स्याउ फर्मको बारेमा जिज्ञासा राख्दा शेर्पा भन्छन्, ‘अझ मैले सोचे जस्तो स्याउको बगान बन्न सकेको छैन । मेरो सोचमा त स्याउलाई साँच्चै स्याउ बगान नै बनाउने थियो । हाल स्याउमा बोक्रा खुइलिने रोग लागेकाले त्यसको उपचार खोजिरहेको छु । लाग्छ अबको केही समयमा यसलाई झनै बढाउँदै लैजाने छु ।’
शेर्पाले हालसम्म आफ्नो कृषि फर्मको लागि ५० लाख भन्दा बढी लगानी गरिसकेका छन् । स्याउ बगाउन बनाउने सपनालाई साकार पार्नका लगि मात्रै २० लाख भन्दा बढीको लगानी भइसकेको शेर्पा बताउँछन् । आफ्नो फर्म संचालन गर्नुभन्दा पहिला पनि स्याउको बारेमा आफूले भरपुर ज्ञान लिएकाले गर्दा आफूलाई स्याउ खेती गर्न मनले हुट्हुटी लगाएको शेर्पा बताउँछन् । उनी भन्छन्, ‘यो फर्म संचालन गर्नुभन्दा पहिला मैले पशुपालनमा आफूलाई लगाउँछु भन्ने सोचेको थिएँ तर समयले त्यसो हुन दिएन । ललितपुरको गोटीखेलमा आफ्ना केही साथीहरुले गरेको पशुपालनलाई देख्दा मनमा निकै लोभ लाग्थ्यो तर भनेजस्तो भएन । त्यो बेला मेरो सोच सफल भइदिएको भए आज ललितपुरतिरै म पशुपालनमा रमाइरहेको हुन्थें । २०÷२५ लाख लागनी पनि हुन्थ्यो होला । तर आज यो फर्म संचालन गर्दा निकै आनन्द लागिरहेको छ ।’
गोकुलगंगा गाउँपालिकाले व्यवसायिक कृषि कर्ममा लाग्ने आफ्ना नागरिकहरुका लागि निकै फराकिलो नीति अख्तियार गरेको छ । कृषकहरुलाई लागि अनुदान मात्रैका लागि वार्षिक ७ करोड भन्दा बढी रकम छुट्याएको गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवार बताउँछन् । राज्य पुर्नसंरचनाको अभ्यास भएपछि बनेका रामेछापका ८ वटै पालिकाहरु मध्ये गोकुलगंगाले कृषिलाई निकै बढावा दिइरहेको हो । आफ्नो गाउँपालिकामा अर्गानिक कृषि उत्पादनलाई प्रोत्साहित गर्ने लक्ष्य लिए बमोजिम शेर्पाले संचालन गरिरहेको कृषि फर्मले पनि अर्गानिकतालाई मुख्य मन्त्र बनाएको छ ।
तपाईंले अर्गानिक उत्पादनमा नै लाग्नुपर्छ भन्ने मनासाय कसरी बनाउनु भयो ? भन्ने जिज्ञासामा शेर्पा भन्छन्, ‘रासायनिक मल र किटनाशक औषधिको व्यापक प्रयोगले न त माटो नै बच्न सक्यो, न त त्यस्ता मलहरुबाट उत्पादित उत्पादनलाई खाएर मान्छेहरु नै दीर्घजीवि बन्न सके । आज मान्छेलाई अर्गानिक वस्तुहरुको सेवन गर्नु आवश्यक छ । यो ३ हजार फिट भन्दा माथीको हाइटमा उत्पादन भएका कृषि सामग्रीहरुको सेवनले मान्छेलाई निकै स्वस्थ बनाउने छ । पैसा त जे गरेपनि कमाउन सकिन्छ नि । तर मान्छेको स्वास्थ्यलाई पैसाका लागि खेलवाड गर्नु हुँदैन ।’ आफूले सिर्जना गरेको स्याउ फर्म विल्कुलै अर्गानिक रहेको उनले बताएका छन् । देख्दा मुस्ताङ्को जस्तो स्याउ नदेखिने भएपनि स्वादमा भने मुस्ताङ्गी स्याउ भन्दा केही फरक नभएको स्थानीय ललिता श्रेष्ठ बताउँछिन् ।
शेर्पा यस गौरीशंकर एप्पल फर्म एण्ड टेक्ससवालिचियाना नर्सरीका एकल संचालक हुन् । उनका २ छोरा र श्रीमती राजधानीमा नै बस्छन् । २ छोराहरु उच्च शिक्षाको सिलसिलामा छन् भने श्रीमती छोराहरुको देखभालमा । तपाईंलाई फर्म संचालन गर्न र अन्य सरसहयोगका लागि कसले साथ दिएको छ त ? भन्ने जिज्ञासामा शेर्पा भन्छन्, ‘२ भाइ छोराहरु कलेजको पढाईका लागि काठमाडौंमा नै छन् । उनीहरुको हेरचाहका लागि श्रीमती उतै छिन् । आवश्यक पर्दाको घडीमा उनको सहयोग पाइनै रहेको छु । फर्म संचालन यता मैले गर्दा व्यवहार पनि एउटै गतिमा अगाडि बढ्न सक्छ नि ?’ आङ् टेण्डी शेर्पाले हालसम्म कुनै पनि सरकारी स्तरको कृषि अनुदान लिएका छैनन् । गोकुलगंगा गाउँपालिकाले कृषिमा अधिक अनुदान खन्याए पनि उनको तहसम्म अनुदान पुग्न सकेको उनले बताएका छन् । यस सम्बन्धमा हामीले शेर्पालाई जिज्ञासा राख्यौं, ‘किन अनुदानका लागि पहल गर्नु भएन ? या अनुदानमा नै यहाँको रुची नभएर ?’ यस जिज्ञासामा शेर्पा भन्छन्, ‘पहिलो कुरा त अनुदानका लागि मैले पहल नै गरिँन । दोस्रो कुरा, पहल गरेर अनुदान लिँदा पनि उस्तो धेरै आउने पनि हैन । आफूलाई लगानी गर्नका लागि पुगेकै छ । कुनै दिन आवश्यक प¥यो भने त्यसका लागि पहल गरौंला ।’
कतिपय कृषकहरु आफूलाई नामुद कृषक हूँ भन्दै अनुदानका लागि विभिन्न सरकारी स्तरमा धाउने गर्दछन् । विभिन्न नामका कृषि फर्महरुको डकुमेन्ट तेस्र्याउँदै झोलामा अनुदान पार्नेहरुको लाममा शेर्पा कहिल्यै परेनन् । आजसम्म जति कृषिका नाममा शेर्पाले लगानी गरेका छन्, त्यो सबै आफ्नो मात्रै भएको शेर्पा बताउँछन् ।
शेर्पा जस्ता धेरै कृषकहरु गोकुलगंगा गाउँपालिकामा व्यवसायिक कृषि फर्ममा व्यस्त छन् । अझ भन्दा गोकुलगंगा रामेछाप जिल्लाको कृषिको हब् भनेपनि हुने गाउँपालिका भित्र पर्दछ । चुचुरेमा आफ्नो सम्पूर्ण रगत पसिन बगाएर कृषि कार्यमा लीन भएका शेर्पा जस्ता अन्य धेरै कृषकहरुको व्यवसायिक कृषि फर्मलाई अझ विस्तार गर्न वडाको तर्फबाट पालिकासँग गर्ने समन्वय के हो ? भनेर हामीले गोकुलगंगा गाउँपालिका वडा नं. १ का वडाध्यक्ष मणीकुमार लामालाई सोधेका थियौं । उनी भन्छन्, ‘पालिकाभित्र गरिने यस्ताखाले व्यवसायहरुलाई अझ प्रवर्धन गर्ने लक्ष्य स्वरुप हामीले उहाँहरुलाई चाहिने प्राविधिक सहयोगको लागि वडाले सदैव पहल गर्नेछ । लगानी गर्नका लागि आवश्यक पर्ने अनुदानको व्यवस्था गर्न गाउँपालिकाले नीति नै बनाएर अघि बढेको अवस्थामा अन्य कृषकहरुलाई पनि व्यवसायिक कृषि फर्ममा आकर्षिक गराउन विभिन्न उत्प्रेरणमूलक कार्यक्रम मार्फत् अगाडि बढ्ने लक्ष्य लिएका छौं र त्यसै अनुसार अगाडि बढ्ने छौं ।’
स्याउ, अर्गेली, लौठ सल्ला तथा चिया खेतीको व्यवसायमा रमाउँदै गरेका शेर्पा जस्तै अन्य धेरै कृषकहरु गोकुलगंगा गाउँपालिकामा अनवरत कृषि पेशामा लागिरहेका छन् भने स्वदेशमा आम्दानीको बाटो नदेखेर विदेश पलायन हुनेहरुका लागि शेर्पा उदाहरण बनेका छन् ।
जिल्लाको सुनापति गाउँपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई जनतचेतामूलक ¥याली तथा कोणसभा गरी मनाइरहेको छ । पालिकाका पाँचवटै वडाहरुमा पुगि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी घरघरमा हुने लैङ्गिक हिंसालाई न्यूनिकरण गर्ने प्रयास स्वरुप यस्तो कार्यक्रम गरिएको उपाध्यक्ष तथा न्यायिक समिति संयोजक गीता विष्टले जानकारी दिएकी छिन् ।
आफ्ना गाउँपालिका भित्र भएका सबैखाले घरेलु हिंसाजन्य विषयवस्तुहरु न्यायिक समितिसम्म आइपुगेको खण्डमा न्याय निरुपणका सिद्धान्तहरुको न्यायिक पालना गरी दुबै पक्षलाई आघात नपर्ने तरिकाबाट आपसी मेलमिलाप गराउँदै आफूहरुले न्याय सम्पादको कामहरु गर्दै आएको संयोजक विष्टले बताएकी छिन् । आफ्नो गाउँपालिकामा भएका सबैखाले हिंसाहरुलाई अन्त्य गर्ने जिम्मेवारी आफूलाई प्राप्त भएकोमा सो जिम्मेवारीलाई जुनसुकै हालतमा भएपनि पुरा गरेरै छाड्ने आफ्नो प्रतिवद्धता रहेको विष्टले बताएकी छिन् ।
‘जनचेतनामूलक कार्यक्रम गर्दैमा वास्तविकतामा घरघरमा हुने लैङ्गिक हिंसाको अन्त्य हुन सक्ला ?’ भन्ने जनता भ्वाइसको जिज्ञासामा विष्ट भन्छिन्, ‘घरमा हुने आफू विरुद्धको हिंसाको बारे न्यायिक समितिमा आयो भने त्यसको सही समाधानको बाटो हामी खोज्छौं नै । त्यो सँगसँगै केही कसैले आफूमाथि भएको हिंसालाई बाहिर ल्याउन नसकेको रहेछ भने उसका लागि आफ्ना कुरा राख्ने ठाउँ पालिकामा छ, भनेर देखाउन र बुझाउनका लागि पनि यो जनचेतनामूलक र्यालीको आवश्यकता छ । यस्ता र्यालीहरुले वडावडामा प्रभाव पार्ने भएकाले नै आयोजना गरिएको हो ।’
यता गाउँपालिकाका अध्यक्ष धावा लामा कुनैपनि खाले लैङ्गिक हिंसा कोही सकैले गरेको थाहा पाएमा उसलाई राज्यस्तरबाट पाउने कुनैपनि सुविधा प्राप्त गर्नबाट बञ्चित गरिने बताउँछन् । ‘भनेको भरमा मात्रै राज्यस्तरबाट दिने सुविधा नै बञ्चित गर्न मिल्ला त ? राज्यस्तरको सुविधा पाउनु उसको अधिकार नै होइन ? भन्ने जनता भ्वाइसको जिज्ञासामा लामा भन्छन्, ‘यो कुरा हामीले भनेका मात्रै होइनौं । पालिकास्तरीय नीतिगत निर्णय समेत गरेका छौं । वडाभित्र जहाँसुकै लैङ्गिक हिंसा सम्बन्धी घटना भएको थाहा भएमा गाउँपालिकामा जानकारी दिन र पीडितले बिना संकोच आफ्ना पीडाहरु पालिकामा बताउन आग्रह गर्दछु ।’
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई भव्यताका साथ सफल बनाउन गाउँपालकाले जनचेतनामूलक कार्यक्रमका साथै कोणसभा र अभियानको अन्त्यमा गाउँपालिका केन्द्रमा सरोकारवालाहरुसँगको कार्यक्रम समेत गरिने उपाध्यक्ष विष्टले बताएकी छिन् ।
कृषिको प्रचुर सम्भावना बोकेको पालिका गोकुलगंगालाई कृषिमय बनाउन वा गाउँमै व्यवसायिक खेती गरी उक्त पालिकालाई आर्थिक समृद्धिमा लैजानका निमित्त सोही गाउँपालिका वडा नं. ३ रस्नालुका वडाध्यक्ष नरविक्रम कार्की अत्यन्तै मेहनतका साथ जागरुक भएर लागि परेका छन् ।
यस वडामा अनेकौँ उद्योग धन्दादेखि लिएर कृषिको सम्भावना रहेको आफ्नो पालिकालाई देख्दा उनको मनमा यस्तो उर्जा र उत्साह छाएको हो । उनले वडामा रहेका लगभग ७० प्रतिशत कामहरु सम्पन्न गरिसकेका छन् । आफू वडाध्यक्ष पश्चात विभिन्न प्राईभेट कम्पनीहरू भित्र्याई ३ हजार रोपनीमा आलु खेती र ६ सय रोपनीमा किवीका दाना समेत यो मौसममा फलाउन सफल भएका छन् । आफुलाई यो कामका लागि पालिका अध्यक्ष, उपाध्यक्ष, सिङ्गो कार्यपालिका तथा सरोकारवालाहरूले भरपुर सहयोग गरेको उनि बताउछन् ।
कार्की आफ्नो वडामा गरिएको खेतीबाट राम्रो उत्पादन भएको देखेर अत्यन्तै खुसि लागेको बताएका छन् । उनी भन्छन्
‘वडाभित्र रहेका निम्न आयस्तर भएका मानिसहरुलाई आर्थिक समृद्धिको बाटो देखाउनका निमित्त ९० प्रतिशत अनुदानमा ८२ घरधुरीलाई एक घर बराबर २ वटा बङ्गुरका पाठापाठीहरु वितरण गरेको छु । यो वर्षपनि १८ लाखको कार्यक्रम रहेको छ, त्यो रकम समेत यस्तै कामका लागि प्रयोग हुनेछ । फेरि पनि बङ्गुरका पाठापाठी वितरण गर्ने छौ । यस्तो कार्यले निम्न आयस्तरमा रहेका व्यक्तिहरुलाई केही माथी उठ्ने मौका मिलेको छ ।’
सिङ्गो वडालाई नै आर्थिक समृद्धि मार्फत कृषिमय वडा बनाउने ठूलो लक्ष्य लिएका कार्कीले अन्य नागरिकहरूलाई कृषिकार्यमा संलग्न हुन अनुरोध गरिरहेका छन् ।
भावी दिनहरुमा सबैले आ-आफ्नो व्यवसाय संचालन गर्न सकुन् भन्ने उनको उद्धेश्य हो । उनले आफ्नो कार्यकालभित्र गाउँमा भएका हरेक अप्ठ्याराहरुलाई सुल्झाउनका निमित्त टोलटोलमा सडक पुर्याएर कुनै बिरामी पर्दा पनि हरेक व्यत्तिहरुको घरघरमा नै एम्बुलेन्स पुग्नेगरी सडको विस्तारको काम सम्पन्न गरेका छन् । यस्ता कार्यलाई निरन्तर अगाडि बढाएर व्यवसायिक खेती संचालन गरी वडालाई कृषिमय बनाउने उनको लक्ष्यलाई पुरा गर्नका लागि स्थानीय व्यक्ति, गाउँपालिका अथवा जुनसुकै ठाउँ वा व्यक्तिहरुको ठूलो सहयोग रहेको उनको भनाई छ ।
अध्यक्ष कार्कीको अनुसार उनले देखेको कृषीमय वडा निर्माणका लक्ष पुर्तीका लागि स्थानियहरूले समेत २०० भन्दा बढि कृषी फार्महरू दर्ता गरि केहिले काम समेत सुरु गरिसकेका छन् ।
अबका दिनमा ठुला, मझौला, तथा साना कृषकहरुलाई समेट्ने गरि कार्यक्रम अगाडी बढाउन आवश्यक रहेको कृषी ज्ञान केन्द्र रामेछाप र दोलखाकी प्रमुख निर्मला गुरुङको भनाई रहेको छ ।
गुरुङका अनुसार-जिल्लामा भएका किसानहरुको बालीनालीमा आएका विभिन्न समस्याहरुलाई प्रत्यक्ष अनुगमन मार्फत समन्वय गर्दै समस्याको समाधान गरिएको छ ।
रामेछाप जिल्लामा खाद्यान्न बालीमा भन्दापनि फलफुलमा धेरै रोगले सताएको उनी स्वीकार्छिन् । उत्पादित वस्तुहरुको बजारीकरणमा केही समस्या रहेपनि उत्पादित वस्तु भने नघटेको गुरुङ बताउछिन ।
रामेछाप धान खेतीका लागी उपयुक्त छ भने गहुँ र मकै खेतीको लागी दोलखामा उपयुक्त भएको पाईन्छ । गुरुङको भनाई अनुसार खाद्यान्न वालीमा धानको उत्पादनलाई हेर्दा हाइब्रेट धानमा किसानहरु अधिक मात्रामा पल्कीएपनि भविष्यमा यसको ठुलो असर पर्ने छ ।
कृषी ज्ञान केन्द्रले ५ टन भन्दा बढी उन्नत विउ (धान, गहुँ, मकैको ) उत्पादन गरे वापत प्रति केजी २० रुपैयाँको दरले किसानहरुलाई अनुदान दिने व्यवस्था गरको छ । यो कार्यले खाद्यन्न बालीको विस्तार गर्ने छ ।
गुरुङ भन्छिन् : ठुलाठुला अनुदानमा कार्यक्रम गरिने हुदा साना किसानहरु कार्यक्रबाट बन्चित हुने गरेका छन् । जुन अनुदानमा रहेको कार्यक्रम साना किसानहरुले गर्न नसक्ने भएको कारण नै साना किसानहरु छुटेका हुन् । साना किसानहरुलाई कसरी समेट्ने भन्ने विषयमा मन्त्रालयबाटै छलफल कार्य अगाडी बढाएर एकिकृत बनाउने लक्ष्य कृषी ज्ञान केन्द्रको रहेको छ ।
गुरुङको भनाई अनुसार उन्नत विउ र बजारीकरणलाई सहजीकरण गर्न सकियो भने उत्पादनमा बढावा आउने छ ।
रामेछाप र दोलखाको कृषी क्षेत्रलाई रामेछापमै बसेर हेर्नुपर्दा धेरै समस्या रहेको र थोरै कर्मचारीले धेरै ठाउँमा सेवा प्रदान गर्नु पर्दा रामेछापका किसानले लिए जति फाइदा दोलखाका किसानहरुले नलिएको उनले बताएकी छिन् ।
समय अनुसार आउने विभिन्न प्रकारका मौसमी रोगहरुलाई समयमै अनुगमन गरेर फलफुलमा किरा पर्ने जस्ता समस्याको नियन्त्रण गर्न सकिने कुरामा गुरुङ विस्वस्त छिन् । उनका अनुसार, यस्ता समस्याहरुको समाधान गर्नको लागी किसानलाई तालिमको आवश्यकता पर्छ । तालिम संचालनका लागी बजेटको अभाव रहेको छ । बजेट नहुदापनि अन्य कार्यक्रम अन्तर्गत प्राविधिक ज्ञान सीपहरु दिइरहेको छ।
गोकुलगंगा गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को विनियोजित रकमको सात करोड पचास लाख बजेट कृषि क्षेत्रमा अनुदानका लागि छुट्टयाएको छ ।
स्थानीय सरकारले कृषि क्षेत्रको अनुदानका लागि छुट्ट्याको सबै भन्दा बढि रकम नै यहि रहेको अध्यक्ष खड्ग बहादुर सुनुवारको भनाई छ ।
खड्ग बहादुर सुनुवार, अध्यक्ष, गोकुलगंगा गाउँपालिका
कृषि अनुदानमा उल्लेख्य बजेट छुट्ट्याएर कृषिमा आत्मनिर्भर पालिका बनाउने लक्ष्य अध्यक्ष सुनुवार बताउँछन् ।
पालिका भित्र उत्पादन गरिएका विभिन्न वस्तुहरुलाई आफ्नै पालिकाभित्र बजारीकरण गर्ने र बाँकी रहेका उत्पादित वस्तुहरुलाई पालिका बाहिर सम्म पु¥याउने लक्ष्य लिएको सुनुवारको भनाई छ ।
अध्यक्ष सुनुवारका अनुसार सम्भावनाका क्षेत्रहरु मध्ये कृषि क्षेत्रबाट पर्याप्त मात्रामा लाभ लिन सकिने उद्देश्यका साथ गोकुलगंगा गाउँपालिकाले कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिएको हो । अहिलेसम्म उत्पादन गरिएका वस्तुहरुबाट सोचे जत्तिकै नतिजा प्राप्त गर्न नसकिएपनि केही नतिजा भने प्राप्त हुँदै गएको छ ।
गोकुलगंगामा स्कुस धेरै मात्रामा उत्पादन भएको छ ।आलु र किवीको उत्पादन पनि बढिरहेको छ । आलु, स्कुस र किवीलाई प्याकेजीङ गरेर बेच्न सकियो भने धेरै लाभ लिन सकिने सुनुवारको भनाई रहेको छ ।
अध्यक्ष सुनुवार थप्छन् -” ‘हाम्रो गाउँपालिका कृषिमय हुन्छ र समृद्ध पनि हुन्छ । अहिले हामी किसानलाई व्यवसायिक कृषितर्फ आकर्षित गरिरहेका छौँ । सधैभरी यस्तो अनुदानको व्यवस्था नहुन सक्छ । भोलीका दिनमा उत्पादनलाई बढाएर ठुला ठुला कृषि फार्म संचालन गर्न सक्षम हुनु पर्छ ।
गोकुलगंगा गाउँपालिकाले १ दिने कृषि सम्मेलन आयोजना गरेको छ । गाउँपालिका केन्द्र रहेको रस्नालुको पालिका सभाहलमा आज भएको कार्यक्रममा पालिका क्षेत्र भित्र भएका व्यवसायिक कृषक, कृषिका सरोकारवाला, स्थानीयबासी लगायत २ सय जनाको सहभागिता रहेको थियो । कोरोना भाइरस कोभिड १९ को संक्रमणलाई उच्च सतर्कताका साथ संचालन भएको कार्यक्रममा विशेषगरी अर्गानिक उत्पादनमा गाउँपालिकाको योजना, कृषिमा आत्मनिर्भरताको सम्भावना र कृषकहरुलाई कृषि उत्पादनमा जोड दिनका लागि गाउँपालिकाले गर्ने सहजिकरण आदि विषयलाई विशेषरुपमा उठाइएको थियो ।
बिहान ११ बजेबाट सुरु भएको कार्यक्रम बेलुका ६ बजेसम्म चलेको थियो । कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत गर्दै गाउँपालिका उपाध्यक्ष राधिका श्रेष्ठ नेवारले यदि गोकुलगंगा गाउँपालिकालाई साँच्चै समृद्ध पालिका बनाउने र आर्थिक स्तरलाई उँभो लगाउने हो भने आधुनिक कृषि कर्ममा लाग्नुपर्ने धारणा व्यक्त गरेकी छिन् । जनता भ्वाइसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेवारले भनिन् ‘गोकुलगंगाको एकमात्र गहना भनेको यहाँको प्रकृति हो । यस प्रकृतिमा कृषिका व्यापक सम्भावनाहरुको खोजी जरुरी छ । यहाँ उत्पादन हुने किवी, छुर्पी, आलु लगायतका कृषि उत्पादनहरुलाई निर्यातमुखी बनाउनका लागि अब चाहना मात्रै होइन, काम गरेरै फल प्राप्त गर्ने दिशामा लाग्नु पर्छ । त्यसका लागि गाउँपालिकाले कृषकहरुलाई के कस्तो सहयोग गर्नुपर्ने हो, त्यो गर्न जुनसकै बेला पनि गाउँपालिका तयार छ । कृषकहरुले बगाएको पसिना अन्ततः गाउँपालिकाको शान नै हो । त्यसैले आफ्ना पालिकाबासी दाजुभाइ, दिदीबहिनीहरुलाई कृषिलाई आफ्नो मिसन बनाउनु पर्छ भन्ने मेरो आग्रह छ ।’
त्यस्तै गाउँपालिका अध्यक्ष खड्कबहादुर सुनुवारले आफ्नो पालिकाको कृषिलाई अझ मजबुद बनाउँदै आयस्तरमा बढावा गर्न गाउँपालिकाले गहकिलो योजना बनाएको बताएका छन् । कार्यक्रमको सुरुआतीसँगै आफ्नो विचार राख्दै सुनुवारले गाउँपालिकाको कृषि सम्बन्धी नीति, कार्यक्रम र उद्धेश्यहरुलाई प्रष्ट्याएका थिए । सुनुवारको नीति, कार्यक्रम र उद्धेश्य लगानीको अभावमा कृषि कार्यलाई आधुनिकीकरण गरी आयआर्जन बढाउन नसकेका पालिका बासीहरुलाई समूह मार्फत् काम गर्न र समस्या परे गाउँपालिकासँग सहयोग माग्न आग्रह गरेका थिए । गाउँपालिकाको स्थापनासँगै हाल ३ वर्ष बितिसकेको अवस्थामा अहिलेसम्म २ हजार रोपनी जग्गामा किवीखेती विस्तार गरिसकेको उनले जनाएका छन् । त्यस्तै ४ वटा व्यवसायिक नर्सरीको स्थापना, ३० वटा आधुनिक बाख्रापालन व्यवसाय संचालन गरिएको अध्यक्षले प्रस्तुत गरेको दृष्य सामग्रीमा उल्लेख गरिएको छ ।
पालिका क्षेत्रभित्रका विभिन्न ४० वटा कुखुरापालन व्यवसाय संचालन गरेको बारे बोल्दै सुनुवार भन्छन्, ‘गाउँपालिकाले अनुदानको व्यवस्था गरिरहेको अवस्थामा व्यवसायिक कृषि कार्यमा अब युवाहरुको अझ जोश बढ्नु पर्छ । तब मात्रै हामीले सोचेको पालिकाको स्तरोन्नति हुनेछ ।’ करिब २ सय रोपनी जग्गामा व्यवसायिक लसुन र प्याजको खेती सहित १ सय ५० रोपनी जग्गामा सेतो सिमी खेती बिस्तारको कार्यबारे सुनुवारले प्रस्तुति दिइरहँदा सभाहलमा उपस्थितहरुले निकै चासो दिएका देखिन्थे ।
कृषकहरुलाई अनुदान मार्फत् उत्प्रेरणा जगाउने कार्यमा गोकुलगंगा गाउँपालिका निकै उदार देखिएको छ । धेरै कृषि फर्म तथा समूहहरुलाई विविध कृषि शिर्षकमा अनुदान प्रदान गरेको बारे बोल्दै अध्यक्ष सुनुवारले भने, ‘गाउँपालिकाले गरेको अनुदान लागनीले प्रतिफल आउनु पर्छ । काम गर्ने इच्छाशक्ति देखाउने जो कोहीलाई पनि गाउँपालिका अविभावक भएर साथ दिन पछि पर्दैन । तर पालिकाले गरेको अनुदानको लागनीलाई भने उल्फाको धन, फूपूको सराद्धे भनेजस्तो हुनु हुँदैन ।’
कृषि सम्मेलनलाई काठमाडौंमा रहेको जिबिडी ग्रुप कम्पनीले सह आयोजकको भूमिकामा सहयोग गरेको थियो भने बागमती प्रदेशका सांसद शान्तिप्रसाद पौडेलको प्रमुख आत्थ्यितामा कार्यक्रम सम्पन्न भएको थियो ।
मंसीर ४, रामेछाप नेपाल तरुण दलले जिल्ला कार्यसमिति रामेछापले आज मन्थलीमा पत्रकार सम्मेलन गर्दै एक प्रेस विज्ञप्ती जारी गरेको छ । केही दिन अघि जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं. ५ नामाडीमा भएको कुटपिटको घटनामा तरुणदल जिल्ला कार्यसमिति रामेछापका अध्यक्ष काजीबहादुर खड्का ‘दिनेश’ विरुद्ध प्रहरीमा उजुरी परेपछि तरुण दलले यस्तो विज्ञप्ती जारी गरेको हो ।
तरुणदल जिल्ला कार्यसमितिका उपाध्यक्ष बासुदेव फुँयाल र सचिव विश्वराज कोइरालाद्वारा हस्तक्षरित विज्ञप्तीमा भनिएको छ, ‘नेपाली काँग्रेसको सालिनता, अनुशासनलाई कमजोरीको रुपमा ठानेर सत्ता र शक्तिको आडमा गरिने निरंकुशता गतिविधि अघि बढ्दै गए नेपाल तरुणदल चुप लागेर नबस्ने र सोबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मा प्रशासन स्वयमले लिनुपर्ने चेतावनी समेत दिन चाहान्छौं ।’
यस्तो छ विज्ञप्तीको पूर्ण पाठ :
आफ्नो स्थापना कालदेखि नै नेपाल तरुण दलले आफ्नो बर्गिय चरित्र अनुरुप गलत प्रवृत्तिको डटेर खबरदारी गरिरहेको इतिहास जगजाहेरै छ । यसै सन्दर्भमा रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं. ५ नामाडीको घटना प्रक्रियालाई लिएर जे जसरी वास्तविकतालाई तोडमोड गर्दै घटनाको प्रक्रियामा कुनै पनि संलग्नता नरहेका व्यक्तिहरु माथि जबरजस्त ढंगबाट राजनीतिक प्रतिशोध साँध्ने र पूर्वग्राही ढङ्गले बद्नियत तरवले व्यक्तिको चरित्र हत्या गर्ने गरी नेपाल तरुणदल रामेछापका अध्यक्ष काजीबहादुर खड्का ‘दिनेश’ लगायतका व्यक्तिमाथि प्रहरीको समेत मिलेमतोमा मिति २०७७।०८।०३ गते जिल्ला प्रहरी कार्यालय रामेछापमा ज्यान मार्ने कसुर अन्तर्गत मुद्दा दर्ता गरिएको प्रति नेपाल तरुण दल रामेछाप जिल्ला कार्य समितिको गम्भिर ध्यानकर्षण गराउन चाहान्छौं ।
लोकतन्त्रको दीप गाउँगाउँमा बाल्नुपर्छ अनि समाजको सर्वाङगीण विकास हुनुपर्छ भनेर गाउँको सेवामा तल्लिन रहेको व्यक्ति जसको समाज प्रतिको बढ्दो आकर्षण अनि हरेक खालका विकासका गतिविधिमा पहरेदारी गरेको देख्न नसक्ने तत्वहरुले जाल र षड्न्त्र रची आज सत्ता र शक्तिको आडमा निर्दोश व्यक्तिमाथी घटनाको प्रकृतिको यर्थाथ नै नबुझी जुन ढंगले घटना क्रम विकसित हुदै गएको छ । त्यो सत्यता बाहिर आउने छ र वास्तविकता के हो भन्ने कुरा सबैले बुझ्ने छन् । अनि कानुन भन्दा माथि कोही छैन् भन्ने कुराको पूर्ण आभाष हुने छ भन्ने विश्वास हामीले लिएका छौं र सत्यतथ्य छानविन होस् दोषी उपर कार्वाही होस् र निर्दोष व्यक्तिलाई फसाउने तवरले तानाबाना नबुनियोस् भनि जोडदार माग गर्दछौं । नेपाल तरुण दल कानुनी राज्यको पूर्ण पालना गर्दै समाजमा रहेका हरेक खालका कुरीति र कुसंस्कारको रुपमा रहेको तत्वहरुको भण्डाफोर गरिरहेका छौं र आगामी दिनमा पनि त्यस्ता खालका गतिविधिका विरुद्धमा भण्डाफोर गर्ने प्रतिबद्धता जाहेर गर्दछौं ।
नेपाली काँग्रेसको सालिनता, अनुशासनलाई कमजोरीको रुपमा ठानेर सत्ता र शक्तिको आडमा गरिने निरंकुशता गतिविधि अघि बढ्दै गए नेपाल तरुणदल चुप लागेर नबस्ने र सोबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मा प्रशासन स्वयमले लिनुपर्ने चेतावनी समेत दिन चाहान्छौं ।
मन्थली नगरपालिका १२ भुर्लेमा कातिक ७ मा बिधुतिय माध्यम बाट आगोलागी भई ५ बर्षे बच्चा गम्भीर घाइते भएको थियो। आगोले छाना, नाना र दाना त नष्ट बनायो नै तर बच्चालाई पनि गम्भीर घाईते बनायो।
उक्त बच्चालाई उपचारका लागि एम्बुलेन्समा काठमाडौ स्थित किर्तिपुरको स्किन अस्पतालमा भर्ना गरिएको थियो। उक्त बच्चाको आर्थिक अवस्था निम्न भएकोले उपचारमा समस्या नहोस भनेर रामेछाप काठमाडौ सिर्जनशीलले अभियान सुरु गर्यो जसको संयोजक जनता भ्वाइस डट कमका समाचारदाता समेत रहेका बोहरा अंकल बने ।
बिरामीको हेरविचार भने सोम बुढाथोकीले गर्नु भएको थियो। जसमा आर्थिक सहयोग आह्वान पछि बोहरा अंकल दिन रात नभनी रामेछापका विभिन्न तह तप्काका ब्यक्तिहरुलाइ सम्पर्क गरि सहयोगको अनुनय विनय गर्नुभएको थियो।
यो मानविय काम भनेर आफ्नो रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रा देबि शर्मा देखि सामान्य किसान र बिद्यार्थी समेत अभियानमा सहभागी जनाए ।
बच्चा आज अस्पताल बाट डिस्चार्ज भएको छ । अस्पताल जम्मा जम्मी ५० हजार लाग्यो भने केहि छुट पनि ब्यवस्थापन गरेको सोम बुढाथोकीले जनाएका छन। बाकी रहेको पैसा बच्चाको लागि दिने र घर बनाउनको लागि किर्नेटारमा रहेको हाइड्रो पावर सँग अनुरोश समेत गरिइको छ ।
पीडितलाई सहयोग जुटाउन सरकारको मुख ताक्नु नपर्ने र धेरै सहयोगी मन रामेछाप पनि भएको अनुभव पनि बोहरा अंकलले बताउनुहुन्छ ।
रामेछाप, कार्तिक २५ । गोकुलगंगा गाउँपालिकामा मुद्दा मिलाउन सहज भएको पालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक राधिका नेवार बताउँछिन् ।
आफूसम्म आएका गुनासाहरू सुल्झाउन पालिका अध्यक्ष, वडा अध्यक्ष लगाय सम्पूर्ण जनप्रतिनिधिहरूले सहयोग गरेका कारण गोलुकगंगामा यस्तो समस्या नभएको उनी बताउँछिन् । गोकुलगंगामा मेलमिलाप केन्द्र समेत सक्रिय भएको र ३ सदस्यीय अर्को सञ्जाल समेत गठन गरिएकोले नागरिकलाई न्याय दिन गोकुलगंगा सफल भएको उनको भनाइ छ । आफू नभएको बेला ३ सदस्यीय सञ्जालले मुद्दा मिलाउने गर्छन् र उनीहरूलाई चिया खर्च भनेर ७ सय समेत दिने गरेको उपाधयक्ष श्रेष्ठ थप्छिन् ।
विशेष गरेर जनजातिको बसोबास बढी भएका कारण झगडा मिलाउन गाह्रो नभएको उनको ठम्याई छ । उनका अनुसार बेलुका रक्सी पिएर झगडा गर्छन्, बिहान मिलिहाल्छन् । जिल्ला अदालतमा पुगेको सम्बन्ध विच्छेदको मुद्दा समेत पालिकाले मिलाएको र आज ती दम्पती हाँसीखुसी जीवनयापन गरिरहेको देख्दा आफूले सही निर्णय गरेकोमा उनी खुशी छिन् ।
केही समय अगाडि घर बनाउँछु भनेर ठेक्काको पैसा लिएर भागेको ठेकेदारका कारण आएको पीडितको अनुहारको दुःखले भने धेरै दुखाएकोले प्रहरी प्रशासनले सो मुद्दाका लागि यथासक्य छिटो पहल गरिदिए पीडितले न्याय पाउने बताउँछिन् ।
रामेछाप कार्तिक २३। उमाकुण्ड गाउपालिकाका गर्भवती तथा सुत्केरी महिलाको लागि निशुल्क हवाइ उद्दार सेवा सुचारु हुने भएको छ। उमाकुण्ड गाउपालिका रामेछापको सबै भन्दा दुर्गम गाउपालिका भएको र सो पालिकाका गर्भवती तथा सुत्केरि महिलाहरुको उपचार नपाएकै कारण आमा र बच्चाको अकालमा मृत्यु नहोस भनि यो सेवा सुचारु गर्न पहल गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा बताउछिन। प्रजिअ शर्माका अनुसार जिल्ला प्रशासन कार्यालयले गर्भवती तथा सुत्केरी महिलाहरुको लागि निशुल्क हवाइ सेवा संचालन गर्ने निर्णय गरि मन्त्रालय पठाइ सकिएको छ।
कार्तिक १९ रामेछाप। सविना कार्की गोकुलगंगा गाउँपालिकाका नागरिकहरू नेपाल टेलिकमको कार्यशैली र हेलचेक्राई देखेर आजित भएका छन् । गत साउन महिनादेखि मोबाइलको नेटवर्क र एडिएसएल इन्टरनेटमा आएको समस्या आज सम्म समाधान भएको छैन ।
स्थानीय उमेश गुभाजु टेलिकमको सेवा देखेर दिक्क भएका छन् । ४ महिनादेखि आएको नेटवर्कको समस्याका कारण बिहान करिब ८ बजेदेखि इन्टरनेट नचल्ने र साँझ ५ बजे पछि मात्र चल्ने गरेको उनले गुनासो गरेका छन् । ‘केही दिनदेखि इन्टरनेट नै नचलेको कारण र नेटवर्कमा आएको समस्याका कारण समस्या नै समस्या भएको छ ।’ गुभाजु बताउँछन् ।
केहि दिनदेखि नेट नै नचलेकोले चुचुरेका नागरिकहरु इन्टरनेटको पहुँचबाट बाहिरिएको दुखेसो पोख्छन् स्थानीय रामु कार्की । ‘इन्टरनेट चल्दा मोबाइलको नेटवर्क नहुने र मोबाइलमा नेटवर्क हुँदा इन्टरनेट नहुने समस्या समेत पहिलेदेखि हुने गरेको छ ।’ उनी थप्छन् ।
कार्की अजित् हुँदै भन्छ्न, ‘जडान गर्दा ५१२ केबिपिएस् स्पीडको इन्टरनेट दिने भनिएको भए पनि अहिले सो स्पीडको सेवा सेवा प्रदायकले दिन सकेको छैन । जडान गरेको एक हप्तासम्म इन्टरनेटको स्पीड लोभ लाग्दो थियो तर त्यसपछि भने इन्टरनेट नाम मात्रैको मात्र बनेको छ । देखाउनका लागि मात्रै राखे जस्तो भएको छ ।’
गोकुलगंगा गाउँपालिका कार्यपालिका सदस्य ललिता श्रेष्ठका अनुसार ‘नेपाल टेलिकम रामेछापलाई यो समस्या बारम्बार सुनाउँदा पनि उसले समाधानको बाटो खोजेको छैन । विगत ४ महिनादेखि मोबाइलको नेटवर्क र एडिएसएलमा समस्या आउनाले छोराछोरीको अनलाइन कक्षा प्रभावित भएको छ । टेलिकम रामेछापले गुनासोको उचित् सुनुवाई नगरेपछि हेडक्वार्टरमा समेत गुनासो गरेकी थिएँ, तर केही पार लागेन । गाउँपालिका अध्यक्ष खड्गबहादुर सुनुवारले यो समस्याको बारेमा टेलिकम रामेछापमा खबर गर्दा समेत टेलिकमले वास्ता नगरी कानमा तेल हालेर बसेको झैं भएको छ ।
यता गाउँपालिकाका अध्यक्ष सुनुवार समेत आफूले टेलिकममा सेवा संचालन सम्बन्धी गुनासो राखेको र छिट्टै समाधान गरिदिन्छु भन्ने टेलिकमको जवाफ आए पनि सो समस्या ज्यूँका त्यूँ रहेको बताउँछन् ।’
नेपाल टेलिकम रामेछाप शाखाको भनाई भने सँधै रेडिमेड नै हुने गरेको छ । कार्यालय प्रमुख विष्णु भण्डारी तुरुन्तै समस्याको समाधान हुने बताउन कहिल्यै चुक्दैनन् । सदा जस्तै उनी उही जवाफ यसरी दिन्छन्, ‘हाम्रो प्राविधिक टोली शिवालयमा काम गरिरहेका छन्, यो समस्या आजभोलिमा नै समाधान हुन्छ । पहिले बाम्ती देउरालीको टावरमा समस्या थियो त्यो समस्या हाल समाधान भई सक्यो । अहिले फ्रिक्वेन्सीको समस्या पनि समाधान भएको सकेको छ । अब चुचुरेमा त्यस्तो कुनै समस्या आउँदैन ।’ ढुक्क हुनुस् ।