किशोरी शिक्षा र यसको महत्व

एक महिला पूर्ण तबरले समावेशीकृत हुन, राज्य अनि समाजको मूलप्रवाहमा आउन र सशक्तिकरणको मूलधारमा हुनका लागि विशेष गरी लैङ्गिक समता, प्रजनन स्वस्थय, पुगिसरी समपन्नता हुनुका साथै संस्थागत सहभागिता अनि उसमा जीवनोपयोगी शिक्षा तथा उसमा भएको सीपले धेरै महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । यसरी कुनैपनि महिला पूर्ण रूपमा परिपक्वता हुनुका लागि शारीरिक, मनौवैज्ञानिक, सामाजिक, भावनात्मक, तथा व्यवहारिक तबरले उमेर अनुसारको वृद्धि र विकास हुनु जरुरी हुन्छ ।

यसै कुरालाई मध्यनजर गर्ने हो भनें महिलालाई महिला भनेर चिनिनुका साथै पहिले बालिका तथा किशोरी भनेर चिनिनु पनि उत्तिकै महत्वपूर्ण हुन्छ र सोहि उमेर अनुसार हुने गरेको चौतर्फि बृद्धि तथा विकासले नै एक कुशल तथा सशक्तिकृत महिला हुन मद्दत पुग्दछ । त्यसैले विशेष गरी यसका लागि किशोरी अवस्थामा दिइने उचित शिक्षाले नै महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।


विभिन्न अध्ययन तथा अनुसन्धानहरूले बताए अनुसार शिशुको जन्म हुने उमेर बढ्नु भनेको स्वस्थ शिशुको जन्म हुनु हो र आमालाई गर्भावस्थामा र शिशु जन्माउँदा हुने खतरा जस्तै ः कम तौलको शिशु जन्मने, उमेर नपुगी जन्मने, गर्भ तुहिने जस्ता समस्याबाट बचाउनु हो ।
त्यसैगरी, कम उमेरमा विवाह गर्नेहरूमा छिट्टै गर्भवती हुने अनि गर्भपतन गराउने क्रम बढ्छ । जसबाट तनाब उत्पन्न भएर धेरै दम्पत्तिहरू मानिसक रोगको शिकार हुने गर्छन् ।


किशोरी शिक्षाले बालविवाहलाई न्यूनीकरण, यौन तथा प्रजनन स्वास्थ्य लगायतका क्षेत्रमा उल्लेखनीय परिवर्तन गर्न सक्छ ।
तसर्थ, किशोरी शिक्षा उचित भएमा केहीहद् सम्म समस्याबाट महिलालाई छुटकारा दिलाउन सकिन्छ ।


किशोरीलाई शिक्षित बनाउनु पर्ने कारणहरू ः


१. पढाई तथा सुसूचित गराउन ः शिक्षा बाट वञ्चित भएका किशोरीहरूका साथै पढाई बीचैमा छोडेका किशोरीहरूलाई समयमै प्रेरणा दिई उचित शिक्षा दिन सके उनीहरूकको भविष्य तथा जीवन उज्ज्वल बन्न सक्छ । साथै प्रत्यक्ष रूपमा शिक्षा दिन नसकेपनि जीवनोपयोगी सीप प्रदान गरी समूहमा आवद्द गराई विभिन्न गतिविधिमा संलग्न गराएको खण्डमा पनि व्यवहारिक ज्ञान प्राप्त गरी जीवनको बाटो पहिल्याउन सक्नेछन् ।

२. बालविवाह ः आपूmलाई चिन्ने, साथी सङ्गीमाझ रमाउने, संसार बुभ्mने, तथा व्यक्तित्व विकास गर्ने समयभन्दा पनि अगावै बाल्यकालमै विवाह गरिदिएको खण्डमा पछि गएर विभिन्न किसिमका दुष्परिणामहरू आउन सक्ने हुनाले सो को बारेमा सजग तथा सावधानी गराउन सकिनेछ ।


३. कुपोषण ः पोषणको विषयमा किशोरीहरूलाई जानकार तथा शिक्षित बनाएको खण्डमा शारीरिक तथा मानसिक आरोग्यमा निकै नै फरक पार्न सकिन्छ ।


४. किशोरी गर्भधारण ः समय नगुग्दै आप्mनै शरीरको राम्रोसँग बुद्धि र विकास हुन नपाउँदै अप्रतयशित रुपले गर्भवती भएको खण्डमा शारीरिक तथा मानसिक तबरले असामञ्जस्य स्थिति सृजना भई ज्यानै समेत जान पनि सक्ने छ ।


५. अपराधबाट आत्मरक्षा ः यही उमेरमा श्रम शोषण, यौनजन्य दुव्र्यवहारदेखि बेचविखन सम्मको खतराबाट जोगिनका लागि पनि किशोरीहरूलाई उचित शिक्षा प्रदान गरी आत्मरक्षामा स्वनिर्भर बनाउन सकिन्छ ।


६. सन्देश सञ्चारिका ः किशोरीहरूले आपूmले सिकेका कुरा आपैंmमा सीमित नराखी आप्mनो परिवार, आफन्त, इष्टमित्र, साथीभाई तथा समाजमा जानकारी पैmलाएको खण्मा समाजिक कुरीतिलाई पनि हटाउन वा कमी गर्न पनि एउटा सामुदायिक सञ्चारकर्मीको भूमिका निर्वाह गर्न सकिन्छ ।


७. अभियन्ता तथा स्वयंसेवी ः आपूmले भोगेको व्यवहार र आपूmले पाएको शिक्षालाई समानान्तर रुपले एक अर्कामा ठिक बेठिक छुट्याउँदै समदृष्टिको माध्यमबाट समाजमा शिक्षाको माध्यमबाट अभियन्ताको भूमिका निर्वाह गर्न सकिनेछ ।


किशोरी शिक्षाका सम्बन्धमा निम्न तथ्यको ख्याल राख्नु पर्दछ ः
-किशोरीहरूमा परस्पर सहयोग र सम्बन्ध स्थापना गरी आपसीभावनाको विकास गराउने ।
– किशोरीहरूको आत्मसम्मान, आत्मबल, आत्मविश्वास बढाउने ।
– किशोरीहरूलाई आफ्नो उमेरमा परिआउने जोखिमहरूबाट बच्न सक्षम बनाउने ।
– किशोरा प्रजनन स्वास्थ्य समस्याको उपचारमा किशोरीहरूलाई सहायता जुटाउने ।
– जीवनमा आइपर्ने विभिन्न समस्याहरूको समाधान गर्न जीवनोपयोगी सीप सिकाउने ।
– लैङ्गिकतामा आधारित हिसां र विभेदपूर्ण व्यवहारहरू बारे किशोरीहरूलाई जानकारी दिलाएर अरूलाई पनि सचेत पार्न समर्थ बनाउने ।
– किशोरीहरूलाई आयआर्जन गरी आफ्नो र परिवारको आर्थिक अवस्थामा सुधार ल्याउन सहयोग पु¥याउने ।
– विद्यालय नगएका किशोरीहरूलाई विद्यालयमा भर्ना भएर नियमित रूपमा पढ्ने अभिप्रेरणा दिने ।
– किशोरीहरूका लागि आवश्यक परामर्श सेवामा पहँुच स्थापित गराउने ।