स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा पूर्व सचिव उप्रेती

साउन २०, काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नयाँ पदस्थापन गरेको छ ।स्वास्थ्य बिमा बोर्डको नयाँ अध्यक्षमा डा शेनेन्द्रराज उप्रेती नियुक्त भएका हुन् । उप्रेती पूर्व स्वास्थ्य सचिवमा रहेर कुशल कार्यसम्पादन गरिसकेका व्यक्ति हुन् । यस अघिका स्वास्थ्य बिमा बोर्डका अध्यक्ष उमाशंकर प्रसादले आफ्नो पदबाट राजिनामा दिएसँगै उप्रेतीले यस्तो जिम्मेवारी पाएका हुन् । सोमबार मन्त्रीपरिषद् बैडकले उप्रेतीलाई बोर्डको अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको थियो । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बिमाको कार्यक्रममा सबै नेपालीहरुलाई सरिक गराउनका लागि उप्रेतीको कार्यकाल सफल हुने विश्वास गरेको सो सँग सम्बन्धित सरोकारवालाहरुले बताएका छन्