“कान्छी – कथा मजदुर परिवारको”

“ए कालेका बा, ए काले भान्सा तयार भइसक्यो। अाज मानेले रहर गरेकाले अलिकति मासु किनेर ल्याएकी छु, खान आअो।” कान्छी भान्सा बाट चिच्यायी।
खाना खाँदै गर्दा कालेले हिच्किचाउदै भन्यो ” अामा एस ई ई परिक्षाको फर्म भर्न समय सकिन लाग्यो। सरले भन्नुभएको सबै बिल क्लिएर नगरि परीक्षा दिन पाइँदैन रे।” खान उचालेको गाँस बिचैमा रोकेर माने (कालेको बाबा) ले भन्यो ” मैले मालिकसँग कुरा गरेको छु भोलि अलिकति पैसा लिएर तिरौँला नि, तँ पिर नगरीकन राम्रोसँग पढ बाबू।”
यति भनिसक्दा माने र कान्छी दुबैका आँखा रसाएका थिए।


अाफु जस्तो मजदुर बनेर छोराले पनि अाफुजस्तै दुःख खेप्न नपरोस् भनेर दुःख सुख कालेलाई बोर्डिङ स्कुलमा पढाएका थिए माने र कान्छीले। तर महंगो शुल्कको भारीले ज्याला मजदुरि गरेर जीविकोपार्जन गर्ने उनिहरुलाई थिचेको थियो। फेरि कालेको बर्षभरिको शुल्क सबै बाँकि थियो, अनि मानेले फेरि केही पैसा पहिले नै कान्छी बिरामी परेका बेला मालिकसँगबाट लिईसकेको थियो । यही पिरले दुबैलाई निन्द्रा परेको थिएन।


” हेलो” भोलिपल्ट मालिकको घरमा कपडा धूँदै गरेकी कान्छीलाई अाएको फोनले ऊ छाँगाबाट खसेझैँ भई।हातखुट्टा लल्याकलुलुक भए,मोबाइल हातबाट खसेर पानीको बाँटामा खस्यो। दैवले पनि गरिबलाई नै देख्छ। इटा बोकेर सिँडी चढ्दै गर्दा माने लडेर देब्रे खुट्टा भाँचिएछ। त्यो गरिब परिवारको आशा पनि मानेको खुट्टासंगै भाँचिएको थियो।

उता कान्छिले कालेको स्कुलले शुल्क तिर्नको लागि मानेले बिबाहमा ल्याइदिएको मानेको मायाको चिनो तिलहरि बेचिदिई।


अब मानेको स्कुलको लागि बचाएको पैसा पनि मानेकै उपचामा खर्चिनु पर्यो। हुन त त्यतिले कहाँ पुग्नु कम्पनीको सहयोग र केही चन्दा उठाएरै भए पनि मानेको खुट्टाको उपचार गरेर घर ल्याए। उता कान्छिले कालेको स्कुलले शुल्क तिर्नको लागि मानेले बिबाहमा ल्याइदिएको मानेको मायाको चिनो तिलहरि बेचिदिई।


परिवारको सबै बोझ कान्छीको थाप्लोमा परेको थियो । उसले दिनभरि काम गरेर जेनतेन दुई छाक खानाको जोहो गरेकी थिई। यसैबीच कोरोना नामको महामारीले संसारभरि प्रभुत्व जमाउदै गयो । कालेको एस ई ई परीक्षा पनि रोकियो, अब कैले हुन्छ थाहा थिएन। संगै रोकिएको थियो कान्छीको काम पनि। काम नभएपछि त उनिहरुलाई दुई छाक खाना पनि नशिब भएन। सबै दुःख हर्छु भनेर चुनावताका सपना देखाउने नेताहरु पनि कहाँ थिए उनिहरुलाई थाहा भएन।

गरिब नै भए पनि स्वाभिमान त थियो नि त्येसैले यो सब सहन सकेकी थिइन कान्छीले। कालेको कलिलो दिमागमा पनि नराम्रो चोट परेको थियो। महामारी पनि गरिबकै गलाको पासो बन्छ।

सरकारले छुट्टाएको राहत रकम पनि ठुला ठुला घर गाडी हुनेले सुनका गहना लगाउनेले लिदै छन भन्ने सुनेकी थिई कान्छीले। समाजका हुनेखाने र बुद्धिजीवी मानिनेहरुले एक किलो चिलेसा परेको चामल दिएर दस वटा फोटा खिचेर सामाजिक सन्जालमा छ्यापछ्याप्ति राखेर समाजसेवी पल्टिन्थे। गरिब नै भए पनि स्वाभिमान त थियो नि त्येसैले यो सब सहन सकेकी थिइन कान्छीले। कालेको कलिलो दिमागमा पनि नराम्रो चोट परेको थियो। महामारी पनि गरिबकै गलाको पासो बन्छ।


राहतमा मिलेको माखिएको चामलको भातसंग जिराको झोल पकाएर काले र मानेलाई खान दिएर अाफ्नो लागि पनि पस्की कान्छीले। सबैले आसुका ढिका गालासम्म झारेर खाँदै थिए। कान्छीले पनि आँखाबाट पनि आँसु बगाउँदै मनमनै भनिरहेकी थिई ” मलाई माफ गरिदेउ कालेबा बा, माफ गर है छोरा , अाफ्नो स्वाभिमानमा ठेस पुर्याएर पनि पछि भोकले छटपटाएर मर्न भन्दा एकैपटक एकैचिहान हुन राम्रो लाग्यो। तिमीहरूलाई त थाहा पनि छैन खाना संगै मुसा मार्ने विष पनि खाएका छौँ भन्ने।” यति सोचसंगै अाफ्नो भागको विषसंगको खाना कपाकप मुखमा राखेर निल्न थाली।
💞💕💞
सरकारले बाँडेको राहत वास्तविक पिडितसम्म पुगोस। कसैलाई सहयोग गरेपछि फोटो खिचेर सामाजिक सन्जालमा राख्न सबैलाई मन लाग्छ तर कान्छी र मानेजस्ता गरिब मजदुरहरुको पनि अाफ्नै स्वाभिमान हुन्छ। त्येसैले उनिहरुको स्वाभिमानमा नै ठेस पुग्ने गरि अाफ्नो प्रसिद्धिमात्र नहेरौँ। यस्ता बिपत्तिको मिलेर सामना गर्नुपर्छ।