युवा दिवसमा हुने भो रक्तदान र निबन्ध लेखन

साउन २२, जनता भ्वाइस संवाददाता, रामेछाप
मन्थली नगर युवा सञ्जालले युवा दिवसका अवसरमा रक्तदान कार्यक्रम गरी मनाउने निर्णय गरेको छ । मन्थली नगर युवा संजालको अगुवाईमा आउँदो साउन २७ गते उक्त कार्यक्रम गर्न लागिएको हो । साउन २१ गते मन्थली युवा संजालको बैठकले यस्तो निर्णय गरेको युवा संजालका अध्यक्ष पुष्कर भट्टराईले बताए ।


साथै उक्त दिन वातावरण संरक्षण परियोजना मन्थलीको कार्यक्षेत्र भित्र गठित युवा क्लब सहभागी हुने गरि निबन्ध लेखन प्रतियोगिता आयोजना गरिने भएको छ । उल्लेखित कार्यक्रमहरुमा मन्थली नगर युवा संजाल र वातावरण संरक्षण परियोजनाको सहभागिता रहने बताइएको छ ।