तास खेलिरहेको अवस्थामा १० जना पक्राउ

साउन २३ काठमाडौं ।
काठमाडौं महानगरपालिका-२६ कपुरधारा मोहन गल्लीस्थित शम्भु थापाको घरमा तास खेलिरहेको अवस्थामा थापा र सोही ठाउँ बस्ने गोरखाका ४२ वर्षीय तोपबहादुर गुरुङ सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । नगद १ लाख ८५ हजार ९ सय ४० रुपैयाँ र ६ बुक तास सहित बुधबार दिउँसो उनिहरूलाई प्रहरीले पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।