मन्थली नगरपालिकामा नै पहिलो वडा कार्यालय बनाउन २ नम्बर सफल, आज भयो उद्घाटन

साउन २३, जनता भ्वाइस संवाददाता, रामेछाप

मन्थली नगरपालिका वडा नं २ को वडा कार्यालय भवन उद्घाटन भएको छ । सोही वडाको टेकनपुरमा बनेको नवनिर्मित वडा कार्यालय भवनलाई आज एक कार्यक्रमका बीच नगर प्रमुख रमेशकुमार बस्नेतले उद्घाटन गरेका हुन् ।

मथली नगरपालिकाका १४ वटै वडा मध्ये यस वडामा पहिलो कार्यालय भवन बनेको हो । कार्यक्रममा आएका अथितिहरूलाई स्वागत गर्दै वडा सदस्य प्रमिला सुवेदीले नगरपालिका भित्रका सबै वडा मध्ये आफूहरूले पहिले कार्यालय भवन बनाउन सफल भएकोमा जग्गादाता लगायत सबै आभारको पात्र भएको धारणा व्यक्त गरेकी छिन् ।

जिल्ला स्थित सरकारी कार्यालयका कर्मचारी, मन्थली नगरपालिकाका कर्मचारी, स्थानीयवासी, विभिन्न वडाका वडाध्यक्ष र पत्रकारहरू सहित १ सय जनाको उपस्थिति रहेको थियो । कार्यक्रम मन्थली वडा नं. २ का कार्यवाहकअध्यक्ष जनक खत्रीको नेतृत्वमा भएको थियो ।