२४ घण्टामा थपिए ३ सय ७८ संक्रमित, डिस्चार्ज भए ४ सय ९९

साउन २४,काठमाडाैं ।

देशभर पछिल्लाे २४ घन्टामा ३ सय ७८ काेराेना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गाैतमले यसबारे जानकारी दिएका हुन्।  त्यसैगरी पछिल्लाे २४ घन्टामा देशभर ४ सय ९९ जना पनि काेराेना जितेर डिस्चार्ज भएका उनले बताए। काठमाडाैं उपत्यकामा पछिल्लाे २४ घन्टामा ६२ संक्रमित थपिएका छन्