सुनरपानीमा कुकुरको टोकाईबाट ३ महिला घाईते

साउन २५, रामेछाप ।

मन्थली नगरपालिका वडा नं. ५ सुनारपानीमा कुकुरको टोकाईबाट ३ जना घाईते भएका छन् । दिउसो करिब १२ बजेको समयमा यो घटना भएको हो । कुकुरको टोकाई बाट स्थानिय अन्दाजी वर्ष ४० की राधा कार्की, अन्दाजी वर्ष २८ वर्षकी विन्दारम्तेल र अन्दाजी २५ वर्षकी अम्बिका रम्तेल घाईते भएका छन् ।

कुकुरको टोकाईबाट घाईते भएकाहरूलाई मन्थली नगरपालिकाको गाडीमा मन्थली प्राथामिक स्वास्थ्य केन्द्र ल्याउने तयारी भै रहेको छ ।