मोरङका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु

२८ साउन, विराटनगर । मोरङका ५५ वर्षीय एक पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बुधबार बिहान मृत्यु भएको हो ।उनको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मृतक पुरुष मोरङको बुढीगंगा गाउँपालिका–२ गंगा चोकका बासिन्दा हुन । श्वाश्सप्रश्वासमा समस्या र ज्वरो देखिएका पुरुषलाई गम्भिर अवस्थामा २६ साउनमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो ।