सुर्खेतको वीरेन्द्रनगरमा १९ जनामा कोरोना पुष्टि

२८ साउन, सुर्खेत । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणबाट १९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख चेतनिधी वाग्लेले जानकारी दिएका छन् ।

केही दिन अगाडि सुर्खेतमा सरकारी कार्यालयका ४, हलुका सवारी चालक, पर्साबाट आएका ३ कामदार, २ सैलुन कामदारमा पनि कोरोना संक्रमण देखिएको छ ।

बुधबार संक्रमण पुष्टि भएका १९ जनामध्ये ८ जना भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरु हुन् । ६ जना कन्ट्याक्ट ट्रेसिङ्मा परेका र ५ जना समुदाय स्तरमा गरिएको परीक्षणमा संक्रमण देखिएको प्रमुख वाग्लेले जानकारी दिए ।