रामेछाको अझै २०५ जनाको स्वाब परिक्षण रिपोर्ट आउन बाँकी

२८ साउन, रामेछाप ।

रामेछाप जिल्ला बाट स्वाब संकलन गरि पठाईएको २०५ जनाको स्वाब परिक्षण रिपोर्ट अझै आउन बाकी रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापको आजको प्रतिवेदन अनुसार २०५ जनाको स्वाब परिक्षण रिपोर्ट आउन बाँकी छ ।

जिल्ला स्वास्थ्य कार्यालयको रिपोर्ट अनुसार हाल सम्म ६१९ जना स्वाव परीक्षण Report Negative आएको छ भने स्वाव परीक्षण Report Positive आएको ३१ जना छन् ।

आज मात्रै जिल्ला स्वास्थ्य कार्यालय रामेछापले १०४ जनाको स्वाब संकलन गरि परिक्षणका लागि पठाएको छ ।