धुलिखेल अस्पताल सिल , आकस्मिक बाहेकका सबै सेवा बन्द

साउन ३० । जनता भ्वाइस संवाददाता, रामेछाप ।
कोरोना संक्रमणदर बढेपछि धुलिखेल अस्पताल बन्द गरिएको छ । कोरोना भाइरसको कारण संक्रमण भएको कारण उक्त अस्पताल सिल गरिएको हो ।


जिल्ला प्रशासन कार्यालय, काभ्रेमा हिजो बसेको बैठकमा उपस्थिति सरोकारवालाहरुको निर्णयानुसार धुलिखेल अस्पताललाई सिल गर्ने निर्णय भएको हो ।

अस्पताल सिल गरिएको भएपनि आकस्मिक सेवा भने बन्द नहुने बताइएको छ । सिल गरिएको उक्त अस्पताल परिसरको ५ सय मिटर भित्र कसैलाई आवतजावत गर्न प्रतिबन्ध लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय, काभ्रेले अस्पताल वरपर व्यवसाय गरी बस्ने सर्वसाधारण व्यवसायीहरुलाई अर्को सूचना नआउँदा सम्म घरमै बस्न भनेको छ ।