रामेछाप जिल्लामा प्रवेश गर्न पास जारी गर्दा यस जिल्लाको अनुमति लिनु पर्ने

साउन ३०, रामेछाप ।

अन्य जिल्लाबाट रामेछाप जिल्लामा प्रवेश गर्न पास जारी गर्दा यस जिल्लाको अनुमति लिएर मात्र पास जारी गर्न रामेछाप जिल्ला प्रशासन कार्यलयले आदेश जारी गरेको छ । साउन २९ गते बसेको जिल्ला स्तरिय संकट व्यवस्थापन केन्द्र (DCCMC) को बैठकले सो निर्णय गरि प्रशासन कार्यालय रामेछापले सबै जिल्लाहरूमा परिपत्र समेत गरि सकेको छ ।