राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता कार्य बन्द

साउन ३०, रामेछाप ।  राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले आज सूचना जारी गरि सो कार्य साउन ३२ गते देखि बन्द गर्ने भएको छ ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाईरसको संक्रमणको जोखिम बढ्दै गएकोले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता कार्य अर्को सूचना नआए सम्म विवरण दर्ता कार्य बन्द गरिएको सूचनामा छ ।