पालिकाका अध्यक्ष प्रक्राउ

लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कालाइ आज प्रहरीले प्रक्राउ गरेको छ । आज बिहान अन्दाजी ११ बजे गाउँपलिका केन्द्र धोबीबाट जिल्ला प्रहरी कार्यालय मन्थली बाट खटिएको प्रहरी टोलीले खड्कालाई पक्राउ गरेको हो । खड्कालाई आर्थिक अनियमितता र जग्गा लगायत अन्य विषयमा अनुसान्धान गर्नको लागि पक्राउ गरिएको जानकारी प्राप्त भएको छ । थप विवरण आउन बाँकी छ ।