आजै मात्र ९७ संक्रमित थपिए उपत्यकामा, स्थिति भयावह बन्दै

साउन ३१, काठमाडौं ।
दिनानुदिन कोरोना संक्रमितहरु बढ्दो क्रम छ । आज शनिबार मात्रै उपत्यकामा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार काठमाडौंमा ८० ललितपुर र भक्तपुरका ९–९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले गरेको कोरोना ब्रिफिङमा बताइएको छ ।

आज शनिवार मात्रै काठमाडौंको बिध ल्याबमा १० जनामा कारोरोना संक्रमण पुष्टि भएको छ भने ललितपुरका १ व्यक्तिमा समेत संक्रमण पुष्टि भएको छ ।

त्यस्तै वीर अस्पताल काठमाडौंमा भक्तपुरका १ र काठमाडौंका ३ जनामा समेत पुष्टि भएको मन्त्रालयले जनाएको छ ।


काठमाडौंकै बिएन्डबी अस्पतालमा ललितपुरका १ जना, नेपाल कोरिया मैत्री अस्पतालमा भक्तपुरका ८ र काठमाडौंका ४ जनामा कोरोना पुष्टि भएको छ ।


समुदायस्तरमा गतिशील भएर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) का संक्रमितहरु नेपाल प्रहरी अस्पतालमा काठमाडौंका २४ जनामा एकैसाथ कोरोना संक्रमण पुष्टि भएको हो ।


राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा काठमाडौंका २४जना, वीरेन्द्र सैनिक अस्पतालमा काठमाडौंका ३ जना, सूर्य हेल्थ केयरमा काठमाडौंका २ र स्टार अस्पतालमा काठमाडौंका १० र ललितपुरका ७ जनागरि कूल ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।