अन्ततः अर्थ मन्त्रालयले थप्यो अन्तःशुल्क इजाजत पत्र नवीकरणको म्याद

साउन ३२, जनता भ्वाइस ।
अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागले अन्तःशुल्क इजाजतपत्र नवीकरणको म्याद थप गरेको छ ।
मन्त्री परिषदको गत साउन ३० गते बसेको बैठकले कोरोना भाइरस (कोभिड १९) का कारण करदाताहरुलाई मार परेको भन्दै साउन मसान्तसम्म साविक अवस्थामा कायम रहेको समयलाई थप गरेको हो ।
बैठकले साउन मसान्तको समयलाई २ महिना लम्ब्याएर असोज मसान्त पुर्याएको हो ।