कहाँ छ कृषि ? कहाँ छ विकास ? कि कृषिमा आधुनिकिकरण भनेको यही हो ?

साउन ३२, काठमाण्डौ ।

कृषि विकास बैंकको एक विज्ञापनले यतिबेला ट्वीटरमा होहल्ला मच्चाएको छ । कृषि र कृषकसँग प्रत्यक्ष जोडिएर विशुद्ध कृषिको विकासका लागि लाग्ने भनेर चलाइएको सरकारी संस्थाको यतिबेलाको विज्ञापन शैलीले ट्वीटरमा भने उधुमै मच्चाएको छ ।

यसै विषयमा प्रख्यात हास्यकलाकार मनोज गजुरेलले ट्वीटरमा “कृषि विकास बैंकको यो विज्ञापन हेरेपछी सोध्न मन लाग्यो – कहाँ छ कृषि ? कहाँ छ विकास ? कि कृषिमा आधुनिकीकरण भनेको यही हो ? यसमा कहाँनेर छन् किसान ? कसरी सम्बोधन गरिएको छ कृषकलाई ? कि मैले नबुझेको हो ?” लेखेका छन् ।

यता अर्काे ट्वीट मार्फत् सागर शर्माले पनि अलग्गै अाक्राेस पोखेका छन् । उनले भनेका छन् कृषि मन्त्री घनश्याम भुषाललाई यस्तो आरोप साथ गजुरेलको ट्वीटमा रिप्लाई गरेका छन्।


“सरकारको मन्त्री पदमा नपुन्जेलसम्म चौबिसै घन्टा आफ्नै दलकाे सरकारलाई बिराेधमात्रै गरेर दिन कटाउने मन्त्री भुषालले कृषिको क्षेत्रमा माखाे पनि मार्देन भन्ने कुराकाे जानकारी याे बिज्ञापनले जनाउछ । आईफाेन, म्याकबुक र मिनीस्कट मन्त्री भुषालका प्राथमिकता रहेछन् । गरे प्रचार…”

अर्का प्रताप नारायण (कान्छा) यसै सम्बन्धमा ट्वीट मार्फत यसो भन्छन् :

कौसी खेती हुने देश हो सर कौसी खेती गर्नेलाई १ लाखसम्म अनुदान दिने देश हो नेपाल ! बास्तबिक किसानले माछापालन, बाख्रा फार्म, गाई भैंसी पालन ऋण दिँदैन #कृषि_विनाश_बैंक दिए पनि ५० लाखको जमीनको मूल्याकंन २० लाख गरेर १०-१५ लाख ऋण दिन तैयार हुन्छन्

यता सदीक्षा कार्की Sadiksha Karki भने @gajureal@gsbhusal and @yogesbhattaraiगुगलको जमाना छ हजुर, अन लाइन धान रोपिन्छ, अन लाईन मकै गोडिन्छ, धान दाइ त भर्च्युअल हुन्छ हिजोआज । भन्दै रिट्विट गर्छन ।