मुख्यमन्त्रीको सवारी पहिरो ग्रस्त क्षेत्रमा, एकीकृत बस्ती व्यवस्थापन बारे निर्णय हुँदै

लिदीमा शुक्रबार गएकाे पहिराे

साउन ३२ । सिन्धुपाल्चोक


सिन्धुपाल्चोकको जुगल गाउपालिकामा २ लिदिमा शुक्रबार भयानक पहिरो गएको छ । पहिरोमा परेर ज्यान गुमाउने र बेपत्ता हुने बाहेक बाँचेका हरुको अवस्था बुझ्न र राहत वितरण गर्न बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेल सिन्धुपाल्चोक पुगेका छन् । मुख्यमन्त्रीको साथमा आत्यावश्यक स्वास्थ्य सामग्री समेत रहेको छ ।


मुख्यमन्त्री पौडेल सँगै राहत बोकेको टोलीमा बागमती प्रदेशकै सामाजिक विकास मन्त्री युवराज दुलाल, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, पूर्वमन्त्री शेरबहादुर तामाङ, प्रदेशका अर्थ तथा विकास समिति शरेस नेपाल, प्रदेशका प्रमुख सचिव मानबहादुर विश्वकर्मा, बागमती प्रदेश प्रहरी प्रमुख डिआईजी वसन्त लामाको टोली समेत सो स्थानमा पुगेको हो ।


सामाजिक विकास मन्त्री युवराज दुलाल पीडितहरुले चाहेका बस्ती स्थानान्तरण गरेर एकीकृत रुपमा बसोबास गर्ने व्यवस्था मिलाउन प्रदेश सरकार लागेको बताउँछन् ।

त्यसका लागि स्थानीय प्रशासन, स्थानीय सरकार र सरोकारवालाहरुसँग समन्वय गर्नुपर्ने उनको धारणा रहेको छ ।