कर्णाली प्रदेशका तीन जिल्लामा निषेधाज्ञा जारी

१ भदौ, सुर्खेत ।

कर्णाली प्रदेशका तीन जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाईरस संक्रमितको संख्या बढ्दै गएपछि कर्णाली प्रदेशको सुर्खेत, जुम्ला र मुगुमा जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारहरूले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेका हुन् ।