खुल्ने भए नगरपालिकाका वडा कार्यालयहरु

भदौ ०२ । जनता भ्वाइस संवाददाता, रामेछाप
मन्थली नगरपालिकाले केही दिन अघिदेखि बन्द गरेको आफ्नो नगरभित्रका वडाहरुको कार्यसंचालन सुरु गर्ने भएको छ । आज एक सूचना मार्फत कोरोना भाइरसका कारण आफ्नो कार्यालयका एक कर्मचारी संक्रमित देखिएपछि १४ वटै वडाहरुबाट संचालन हुने नियमति कार्यसम्पादन रोकेको थियो ।


नगरपालिकाले आज एक सूचना जारी गर्दै कोभिड १९ को स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गर्दै कामकाज सुचारु गर्न वडा कार्याहरुलाई निर्देशनात्कम सूचना जारी गरेको हो । यस सूचनाको मर्मानुसार भदौ ३ गतेबाट मन्थली नगरपालिकाका सबै वडा कार्यालयहरु संचालन हुने प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ।