महिलालाई यौन दुव्र्यवहारको आरोपमा सिन्धुलीमा जनप्रतिनिधि पक्राउ


सम्झना श्रेष्ठ,
भदौ २, सिन्धुलीमाढि । सिन्धुलीमा एक जनप्रतिनिधि महिलालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका छन् । दुई जना महिलालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पुजारी समेत रहेका हरिहरपुरगढी गाउँपालिका –८ क्यानेश्वरस्थित भित्री जमुने र काँस बगर खोलाको बीचमा रहेको जलेश्वर महादेव स्थानका पूजारी अर्थात् जंगबहादुर माझी पक्राउ परेका हुन् । ३७ वर्षीय माझी ८ नम्बर वडाका निर्वाचित वडा सदस्य हुन् । पूजा गर्न महादेवस्थान गएका दुई जना महिलालाई यौन दुर्व्यवहार गरेको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
आरोपित माझीलाई पक्राउ गरी हिजो सोमबार जिल्ला अदालत सिन्धुलीमा जबर्जस्ती करणीअन्तर्गत मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार मुद्धा दर्ता गरी अनुसन्धानका लागि अदालतबाट सात दिनको म्याद लिएको छ । २०७७ साउन ३० गते जलेश्वर महादेव स्थान पुगेका २५ र ३८ वर्षका महिलाहरु पुजारी माझीबाट बलात्कार भएको भन्दै उजुरी परेको बताइएको छ ।