सिन्धुलीमा थप एक जनामा कोरोना पुष्टि, २४५ जनाको रिपोर्ट आउन बाँकी

सम्झना श्रेष्ठ,भदौ २ सिन्धुलीमाढि ।

सिन्धुलीमा आज पुनः एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । जनकपुरको नेपाल–बंगलादेश बैंकमा कार्यरत सिन्धुलीका २१ वर्षका युवालाई कोरोना संक्रमण देखिएपछि सिन्धुली नै ल्याइएको सिन्धुली अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार संक्रमण देखिएका ति पुरुषलाई सिन्धुलीको एपोलो अस्पतालमा आइसोलेसनमा भर्ना गरिएको छ ।
अहिले सिन्धुलीमा कोरोना संक्रमण पुष्टि भएका १७ जनाको सिन्धुलीमा उपचार भैरहेको छ । कमलामाई नगरपालिका–६ स्थित एपोलो हस्पिटलमा १६ जना संक्रमित पुरुषको उपचार भैरहेको समाचार छ । यस्तै सिन्धुली अस्पतालमा कार्यरत एक महिलाको भने सिन्धुली अस्पतालमै उपचार भैरहेको छ ।

सिन्धुलीबाट स्वाव संकलन गरि परिक्षण गरिएका मध्ये ३२ जनामा संक्रमण भएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहको भनाई छ । जिल्लाबाट अहिलेसम्म १२ जनाले कोरोना जितेर घर फर्किसकेका छन् ।


पछिल्लो समय स्वाव पठाइएका २४५ जनाको कोरोना परीक्षण रिपोर्ट भने आउन बाँकी छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानियमा त्रास फैलिएको छ ।